काठमाण्डौ । अमेरीकाको न्युुयोर्क सहरमा कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न एक वरिष्ठ डाक्टरले आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्ने ४९ वर्षकी लोरेना ब्रीन न्युुयोर्कको एलेन हस्पिटलको आपतकालिन विभागमा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत थिइन् । कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा भइरहेको बिरामीहरुको मृत्युुबाट लोरेना दुुखी र हैरान थिइन ।
उनले आफ्ना परिवारका सदस्यहरु संग आफ्नो यो हैरानी र दुुखको बारेमा बताएकी थिइन । प्रहरीका अनुुसार आत्महत्यापछि आइतबार लोरेनाको मृत्युु भएको थियो ।
लोरेनाका बुुवा फिलीप ब्रीनले न्युुयोर्क टाइम्सलाई भने “उनले आफ्नो काम गर्ने प्रयास गरेकि थिइन । त्यहि कामले उनको ज्यान लियो ।”
अमेरीकामा कोरोनाबाट ५६ हजारभन्दा धेरैको मृत्युु भइसकेको छ । तर यीमध्ये अधिकांश मृत्युु न्युुयोर्क सहरमा भएको छ । लोरेनाका बुुवाका अनुुसार उनमा पहिलेदेखि कुुनै पनि मानसिक समस्या थिएन । अस्पतालमा काम गर्ने क्रममा लोरेनालाई पनि कोरोना संक्रमण भएको थियो । तर १० दिनसम्म घरमा बसेर उनी पुुनः काममा फर्किएकी थिइन । तर, अस्पताल प्रशासनले उनलाई फेरी घर पठाइदिएको थियो ।
लोरेनाका बुबाले छोरीसँग अन्तिम पटकको कुुराकानीका क्रममा आफू सामान्य रहेको र एम्बुुलेन्सबाट निकाल्नुु भन्दा पहिले नै मानिसहरुको मृत्युु भइरहेको बताएकी थिइन । लोरेना काम गर्ने अस्पतालमा कोरोनाबाट दर्जनौ मानिसहरुको मृत्युु भएको छ ।
लोरेनाबा बुवाले छोरीको तारिफ एउटा योद्धाको रुपमा हुुनुुपर्ने बताएका छन् । रिपोर्टका अनुुसार लोरेना आफ्नो काम र जिम्मेवारी प्रति सर्मपित डाक्टर थिइन र उनी आफ्नो परिवारसँग नजिक थिइन । उनलाई साल्सा र स्किइङ धेरै मन पर्ने गर्दथ्यो । उनी साताको एक दिन वृद्धाआश्रममा काम गर्न जाने गर्थिन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago