काठमाण्डौ । नर्थवेस्टर्न अमेरिकी देश इक्वेडरको पश्चिमी सहर ग्वायाकिल उजाड र सुुनसान बनेको छ, जहाँ सहरका केही बासिन्दा मात्रै देख्न सकिन्छ । यहाँ मानिसका लाशहरु सडकमै असरल्ल छोडिएको अवस्थामा भेटिन्छन् ।
इक्वेडरको सबैभन्दा धेरै जनसंख्या भएको यो सहरमा कोरोनाभाइरसको महामारीले सार्वजनिक सेवाहरु ध्वस्त भएका छन् । अस्पतालहरुमा बिरामी राख्नलाई बेड खालि छैनन्, मूर्दाघर र अन्तेष्ठि घरहरुमा तनावको अवस्था सिर्जना भइरहेको छ ।
अन्तेष्ठि गर्ने ठाउँ बाँकी नभएकोले लाशहरुलाई सडकमै छोड्नुु परिरहेको त्यहाँका बासिन्दाले बताएका छन् । त्यहाँ कतिजना मानिसहरु कोरोना संक्रमणबाट मरिरहेका छन् भनेर यकिन भएको छैन ।
अधिकांश परिवारले उनीहरुका प्रियजन र आफन्तहरुलाई कोरोनाको लक्षणहरु देखिएको बताएका छन् । कतिपयले भने अत्यधिक भिडभाडका कारण ग्वायाकिलका अस्पतालहरुले बिरामीको उपचार गर्न नसकिरहेको बताएका छन् ।
रोयटर्सले प्राप्त गरेको भिडियोमा फर्नान्डो इस्पानाले सरकारी अधिकारीहरु आफ्ना परिवारको सदस्यलाई उद्धार गर्न नआएपछिको संघर्षको बेलिबिस्तार लगाउँदै भने,“हामीले कुरिरहेको ५ दिन भयो । तर अझै आउने टुुंगो छैन । ९११ मा फोन गर्दा गर्दै हामी हैरान भइसकेका छौ । उनीहरुले हामीलाई दिने एउटा मात्रै आश्वासन भनेको प्रतिक्षा गर्न र समस्या हल गर्न प्रयासरत रहेको भन्ने मात्रै हो ।”
उनले यसो भन्दै क्यामेरालाई घुमाउँदै तल प्लास्टिकले बेरेको दुुईवटा लाश देखाए । “लाशबाट आइरहेको दुर्गन्धले बसिसक्नु छैन ।” इस्पानाको छिमेकी ग्लेण्डा लारिया भेराले सोही भिडियोमा भनिन् ।
सिएनएनलाई गत साता प्राप्त भएको खुुफिया भिडियोमा एकजना मोटरसाइकलमा आएका व्यक्तिले सडकमा लाश छोडेर जाँदै गरेको देखिएको थियो । केही घण्टापछि विशेष हज्मत पहिरनमा आएका मानिसले छोडेको त्यो लाशलाई उठाएर गाडीमा हालेर गएको भिडियोमा देखिएको थियो ।
सिएनएनलाई प्राप्त अर्काे एक भिडियोमा मानिसको समूहले कारबाट लाश निकालेको देखिएको थियो । मास्क लगाएका मानिसहरुले कालो वस्तुुले लाशलाई बेरेर सडकमा राखेको पाँच मिनेटपछि प्रहरीको गाडी आएको देखिएको थियो ।
भिडियोमा कारमा आएका मानिस र प्रहरीको वार्तालाप भएको देख्न सकिन्छ र वार्तालापपछि लाशलाई पुुनः कारमै राखेको देखिन्छ ।
सिएनएनले यो घटना बारे त्यहाँको प्रहरीसँग जान्न खोज्दा प्रहरीले कुुनै प्रतिक्रया दिएन ।
सरकारी आँकडा अनुुसार इक्वेडरका सरकारी अधिकारीहरुले ग्वायाकिलका घरहरुबाट ३०० लाश संकलन गरेका छन् । यो सहरमा २० लाख ९९ हजार मानिसको बसोवास रहेको छ । यो सहर गुुवायस नदिको किनारामा अवस्थित रहेको छ, जुुन देशको मुुख्य बन्दरगाह पनि हो ।
ब्रिटानिका डट कमका अनुुसार आर्थिक दृष्टिकोणले यो देशकै महत्वपूर्ण सहर हो । इक्वेडरमा कोरोनाको संकटसँग जुुध्न गठित मिलिटरी टास्क फोर्सका प्रमुुखले बुुधबार टेलिभिनमा दिएको अन्र्तवार्तामा भने, “हामीले पहिला दैनिक ३० वटा लाशहरु उठाइरहेकोमा अहिले १५० वटा उठाइरहेका छौ ।”
ग्वायाकिलका मेयर सिन्थिया भितेरीले गत साता आफ्नो ट्विटर अकाउन्टमा एउटा भिडियो पोष्ट गर्दै केन्द्रीय सरकारलाई सहयोगका लागि गुुहारेका थिए । “देशको सार्वजनिक स्वास्थ्य प्रणालीलाई के भइरहेको छ ? उनीहरु लाशहरु सडक र घरबाट उठाइरहेका छैनन् । कोही पनि लाश उठाउन मानिरहेका छैनन ।’ उनले भनिन्–“मानिसहरु किन मरिरहेका छन्, हामीले थाहा पाउनुुपर्छ ।”
(सिएनएनबाट अनुदित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago