काठमाण्डौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसविरुद्धको लडाइमा सम्पूर्ण विश्व लागिरहेको छ । कोरोनाभाइरसलाई निस्तेज गर्न कयौं कोशिशहरु भइरहेका छन् ।
विभिन्न प्रकारका अध्ययन र अनुुसन्धानहरु भइरहेका छन् । भ्याक्सिनका लागि पनि विभिन्न प्रयासको थालनीहरु भइरहेका छन् ।
सम्पूर्ण विश्व यो ज्यानमारा भाइरस विरुद्धको लडाइका लागि विभिन्न उपाय र तरिकाहरु खोजिरहेको छ ।
यसैबीच, भारतीय वैज्ञानिकहरुलाई एउटा ठूलो सफलता हात लागेको छ । गुुजरातका वैज्ञानिकहरुले कोरोनाभाइरसको जिनोम सिक्वेन्स पत्ता लगाएका छन् । यो एउटा ठूलो सफलता हो । किनकि विश्वका कयौं देशहरु यो भाइरसको जिनोम सिक्वेन्स पत्ता लगाउन अहोरात्र खटिरहेका थिए ।
गुुजरात वायोलोजि रिर्सच सेन्टरका वैज्ञानिकहरुले कोरोनाभाइरसको पुुरा जिनोम सिक्वेन्स पत्ता लगाएकाछन् । यसको जानकारी गुुजरात बायोटेक्नोलाजिका रिसर्च सेन्टरका निर्देशक चैतन्य जोशीले दिएका हुुन् । गुुजरातका मुुख्यमन्त्री कार्यालयले पनि ट्वीट यसको जानकारी दिएको छ ।
कोरोनाभाइरसको जिनोम सिक्वेन्स पत्ता लागेपछि यो भाइरसको उत्पत्ति, भ्याक्सिन विकास गर्न, भ्याक्सिनको टारगेट र भाइरसलाई निस्तेज पार्ने कयौं जानकारीहरु अगाडि आउनेछन् । अहिलेसम्म विश्वमा जति पनि जिनोम सिक्वेन्स पत्ता लागेका छन्, तिनको जिनोम सम्बन्धी सम्पूर्ण जानकारीहरु प्राप्त भएको थिएन ।
निर्देशक चैतन्य जोशीकाअनुुसार गुुजरातका कयौं कोरोना संक्रमितको शरीरबाट भाइरसको जिन्स लिइएको थियो ।
यसका लागि करीब १०० वटा स्याम्पलको डिएनए टेस्ट गरिएको थियो । त्यसपछि मात्रै यो सफलता प्राप्त भएको थियो । उनकाअनुुसार कोरोनाभाइरसमा ९ वटा बदलाव देखिएको थियो ।
यसले कोरोनाको भ्याक्नि पत्ता लगाउन सजिलो हुुनेछ । यसअघि अमेरिकाको कार्नेल युुनिर्भिसिटीका वैज्ञानिकहरुले पनि जिनोम सिक्वेन्समाथि अनुुसन्धान गरेका थिए ।
उक्त अनुुसन्धानमा कोभिड १९ को डिएनएमा सामिल जिनोम सन् २००२ मा देखिएको सार्स भाइरस जिनोम सिक्वेन्स जस्तै रहेको पत्ता लागेको थियो । तर, वास्तवमा कोरोनाको जिनोम सार्सको जिनोमसँग ९३ प्रतिशतसम्म मेल खान्छ ।
कोरोनाभाइरस मानिसको शरीरको कोषको बाहिरी सतहमा टाँसिएपछि त्यसलाई कमजोर बनाउने काम गर्दछ । यसको लागि भाइरसले कोषको सतहमा छेड्न सुुरु गर्छ । छेडिसेकपछि भाइरसले कोषमा आफ्नो जिनोम सिक्वेन्स पठाउन सुुरु गर्छ र यसले नयाँ भाइरस बनाउन सुुरु गर्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago