काठमाण्डौ । हालै मात्र चीनको केन्द्रीय बैंक पिपुुल्स बैंक अफ चाइनाले हाउजिङ लोन प्रदान गर्ने भारतको दिग्गज कम्पनी एचडिएफसिको १.७५ करोड कित्ता सेयर खरीद गरेको थियो । यो घटनापछि मोदी सरकार अचानक सतर्क भएको छ र चीनबाट आउने फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडिआइ)माथि कडाई गरेको छ । 

कोरोनाभाइरसबाट लकडाउनबीच चीनको यो मनी गेमले सबैको मनमा शंका पैदा गरेको भारतीय मिडियाहरुले जनाएका छन् । भारत सरकारका अनुुसार चीनबाट आउने सबै एफडिआइले पहिले सरकारी मञ्जुुरी लिनुुपर्ने छ । 

कोरोनाबाट आएको गिरावटको फाइदा 
भारतमा यतिबेला कोरोना संक्रमणलाई नियन्त्रण र रोकथाम गर्नका लागि लकडाउन लागू गरिएको छ । 

आर्थिक गतिविधिमा सुुस्तता छाएपछि भारतको अर्थतन्त्र खतरामा परेको छ । कोरोनालाई कसरी नियन्त्रणर रोकथाम गर्न सकिन्छ र अर्थतन्त्रलाई फेरि लयमा फर्काउन सकिन्छ भनेर भारत सरकार लागिपरेको छ । लकडाउनका कारण एचडिएफसिको सेयर मूल्यमा ३२.२९ प्रतिशतको गिरावट आइसकेको छ । 

जनवरीमा यसको सेयरको मूल्य करीब २५०० रुपैयाँ थियो । जुुन अहिले १६०० रुपैयाँमा सीमित बन्न पुुगेको छ । सेयरको मूल्य घटेपछि चीनले त्यसको फाइदा उठाउँदै एचडिएफसी लिमिटेडको सेयर ठूलो परिमाणमा खरीद गरेको छ । 

चीनमाथि शंकापूर्ण नजर 
पहिले चीनमाथि जानाजान कोरोनाभाइरस फैलाएको आरोप लागेको थियो । चीनलाई प्रयोगशालाबाट भाइरस फैलाएको भन्ने आरोप लागेको थियो । र, अहिले जब भारत यो महामारीसँग जुुधिरहेको छ, तब चीन भारतमा आफ्नो लगानी बढाउनतर्फ लागिरहेको छ । यस्तोमा भारतमा अहिले चीनले जानाजान भाइरस फैलाएर विश्वका देशहरुको अर्थतन्त्रलाई कमजोर पारेर सेयर किनेर त्यसको फाइदा त उठाइरहेको छैन भनेर आशंका गर्न थालिएको छ । 

भारतीय कम्पनीलाई बचाउने कार्यको थालनी 
भारतीय मिडियाका अनुुसार मोदी सरकार कोरोनाभाइरससँग जुुध्न व्यस्त भइरहे पनि उसको नजर बाँकी विश्वमाथि रहिरहेको छ । यहीकारण भारत सरकारले भारतका कम्पनीहरुलाई बचाउनका लागि प्रयासहरुको थालनी गरेको छ । 

बिएससिबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएअनुुसार चीनको यो लगानी पछि अब एचडिएफसि लिमीटेडमा चीनको केन्द्रीय बैंकको हिस्सेदारी १.०१ प्रतिशत पुुगेको छ । 

एचडिएफसि लिमिटेडमा यसअघि पनि कयौं कम्पनी र संस्थाहरुको योभन्दा धेरै हिस्सा रहेको छ । यसमा इनवेस्को ओपनहिमर डेभलपिङ मार्केट फन्डको ३.३ प्रतिशत, सिंगापुुर सरकारको ३.२३ प्रतिशत र भ्यानगार्ड टोटल इन्टरटेनमेन्ट स्टक इन्डेक्स फन्डको १.७४ प्रतिशत हिस्सा रहेको छ ।