काठमाण्डौ । शुुक्रबार कोरोनाभाइरसको सम्भावित उपचारका लागि गरिएको अध्ययनले सकारात्मक परिणामहरु नदिएपछि उक्त प्रक्रिया रोकिएपछि विश्वको सेयर बजारमा गिरावट आएको छ ।
दक्षिण कोरियाको कोस्पी इन्डेक्समा १.४ प्रतिशतको गिरावट आएको छ । त्यस्तै जापानको निक्की २२५ मा ०.९ प्रतिशत, चीनको साङघाई कम्पोजिट मा १ प्रतिशत, र हङकङको हाङसेङ इन्डेक्समा ०.४ प्रतिशतको गिरावट आएको छ ।
बिहीबार हरियो रंगका साथ बन्द भएको अमेरिकाको डो फ्युुचरमा पनि हल्का गिरावट आएको छ । एस एण्ड पि ५०० फ्युुचरमा ०.३ प्रतिशत र नेस्डेक फ्युुचरमा ०.५ प्रतिशतको गिरावट आएको छ ।
एसियाका देशहरुले निराशाजनक आर्थिक तथ्याङ्कहरु सार्वजनिक गरेपछि र बजारमा तेलको मूल्य ऐतिहासिक रुपमा घटेपछि एसियाका प्रमुुख इन्डेक्सहरु पहिलेदेखि नै संघर्ष गरिरहेका छन् ।
अप्रिल महिनाको सुुरुवातमा औषधि निर्माता कम्पनीले रेमडिसीभिर औषधिको गर्ने भनेको परीक्षण अहिले विफल भएपछि बुुधबार वालस्ट्रिटमा ४.३ प्रतिशतको गिरावट आएको थियो । बुुधबार विश्व स्वास्थ्य संगठनको वेभसाइटमा पठाइएको कोरोनाको उपचारको अध्ययनको विवरणको स्क्रिनसट प्रकाशन भएको थियो ।
उक्त स्क्रिनसट नोट्सको विवरणमा २३७ जनामा परीक्षण गरिएको रेमडिसीभिरले भाइरसको उपचारमा फाइदा नपुुर्याएको पाइएको जनाइएको थियो ।
कोरोना उपचारको प्रभावकारी उपाय र भ्याक्सिन भेटिए विश्वका सरकारहरुले लकडाउन र प्रतिबन्धहरु फुुकुुवा गर्न र यातायातमा सहजता ल्याउन सक्नेछन् र अर्थतन्त्रको भरपाईलाई तीव्रता प्रदान दिन सक्नेछन् ।
जेपि मोर्गन एसेस्ट म्यानेजमेन्टका मार्केट स्ट्रयाटिजिस्ट हान्हा एन्डरसनका अनुुसार कोभिड १९ सँग लड्ने र यसबाट छुुटकारा पाउने विषयको प्रगति अर्थतन्त्रलाई उकास्नका लागि थालिएका विभिन्न प्रयासहरु जस्तो भने छैन । उनकाअनुुसार लगानीकर्ताले सबै एसेस्ट क्लासहरुमा अधिक स्थिरताको अनुुमान लगाउनुु पर्दछ, किनकि हामी कुुनै यस्तो चिजको उचित मूल्यको अनुुमान लगाइरहेका हुुन्छौ जुुन पहिले हामीले कहिल्यै अनुुभव गरेका हुँुदैनौ । कमजोर आर्थिक आँकडाहरुले पनि लगानीकर्तालाई चिन्तित तुुल्याएको छ ।
अमेरिकाको श्रम बजारमा साप्ताहिक रुपमा ४.४ मिलियन कामविहीन बनिरहेका छन् । जुुन पहिलेको आँकडाभन्दा पनि कम हो । पहिले ५ साताको दौरान २६.५ मिलियन मानिसले आफ्नो काम गुुमाएका थिए । नयाँ घरहरुको बिक्रीमा पनि मार्च महिनामा कमी आएको छ । एकल परिवारका लागि बनेका नयाँ घरहरुको बिक्रीमा मार्च महिनामा १५.४ प्रतिशतको गिरावट आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago