काठमाण्डौ । चीनले ज्यानमारा कोरोनाभाइरस विरुद्ध यो वर्षको सेप्टेम्बर महिनासम्म आपतकालीन प्रयोगका लागि र आम सर्वसाधारणका लागि भने अर्काे वर्षको सुुरुवाततिर भ्याक्सिन ल्याउने भएको छ । यसको जानकारी चिनियाँ सार्वजनिक स्वास्थ्य विशेषज्ञले दिएका साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
कोरोना विरुद्धको भ्याक्सिन विकास गर्ने बारे चीनीया अधिकारीले समय नै तोकेर आधिकारिक जानकारी दिएको यो पहिलो पटक हो । चीनको यो घोषणालाई विश्व महामारी अन्त गर्ने विषयमा एउटा महत्वपूर्ण कदमको रुप लिइएको छ ।
अमेरीकाको फुुड एण्ड ड्रग्स एडमिनिस्ट्रसेन पनि अमेरीकामा भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुुन कम्तीमा पनि एक वर्ष लाग्ने अनुुमान लगाएको छ ।
त्यस्तै विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बनाउन १२ देखि १८ महिनासम्म लाग्न सक्ने जनाएको छ ।
चीनको सेन्टर फर डिजिज कन्टो«ल एण्ड प्रिभेन्सनका प्रमुुख गाओ फुुले बिहिबार चाइना ग्लोबल टेलिभिजन नेटवर्क मार्फत प्रकोपको सम्भावित दोस्रो छाल सुुरु भएसँगै क्लिनिकल परीक्षणको दुुई वा तीन चरणमा भ्याक्सिन उपलब्ध हुुनसक्ने बताएका छन् । चीनले विकास गर्न लागेका तीनवटा भ्याक्सिनहले परीक्षणको पहिलो चरण पार गरिसकेका छन् ।
“हामी भ्याक्सिन विकास गर्ने मामिलामा फ्रन्टलाइनमा छौ र हामीले आपतकालीन प्रयोगका लागि सेप्टेम्बर महिना सम्म भ्याक्सिन ल्याइसक्छौ ।” गाओले भने, “परीक्षणकै क्रममा रहेका यी नयाँ विकास गरिएका भ्याक्सिनहरु विशेष समूह जस्तै स्वास्थ्य सेवामा खटिएका कामदारहरुका लागि प्रयोग गर्न सकिनेछ । स्वस्थ मानिसहरुका लागि भने अर्काे वर्षको सुुरुवातमा हामीसँग भ्याक्सिन उपलब्ध भइसक्नेछ ।”
इन्स्टिच्युुट अफ माइक्रोबायोलोजिका भाइरोलोजिस्ट सि यि का अनुुसार इन्फ्लुुएन्जाको मौसमी प्रकोपका लागि बारम्बार भइरहने उत्परीवर्तनको बारेमा भ्याक्सिन निर्माताहरुले पहिले नै अनुुमान लगाउनुु पर्दछ । तर सार्स कोभ २ भाइरले निम्त्याउने कोभिड १९ भने बारम्बार उत्परिवर्तन नहुुने र यो नयाँ “नम्स” बन्ने विश्वास लिइएको छ ।
“केही विशेषज्ञहरुले महामारीको रुपमा फैलिएको नयाँ कोरोनाभाइरस “नम्स” बन्ने र इन्फ्लुुऐन्जा भाइरस जस्तै फैलनसक्ने विश्वास लिएका छन् तर हामीले त्यस्तो हुुने सम्भावना तुुलनात्मक रुपमा कम हुुने विश्वास लिएका छौ । वर्तमान अवस्थामा नयाँ कोरोनाभाइरसको इन्फ्लुुयन्जा जस्तै परिवर्तनशिलता देखिएको कुुनै प्रमाण नदेखिएको छैन ।” सिले भने ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19