काठमाण्डौ । नेपालले कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा दिई आइतबारदेखि सेमी लकडाउन गर्दैछ । सरकारले सेमी लकडाउन गर्ने निर्णयसँगै भाइरसको त्रासले अति विपन्नहरुको रोजीरोटी गुमिसकेको छ । दैनिक ज्यालादारी गर्ने मजदूर, अति गरीब परिवार तथा वस्तीहरुमा भोकमरी लाग्ने संभावना बढेको छ । तर, यस्ता वर्गहरुको राहातका लागि नेपाल सरकारले कुनै पनि प्याकेज ल्याएको छैन । तर, छिमेकी भारतको राजधानी नयाँ दिल्ली राज्यमा चमात्कारिक ढंगले उदाएको आम आद्मी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले भने शनिवार निकै लोकप्रिय घोषणा गरेका छन् ।
केजरीवाललाई लगातार दोश्रोपटक समेत दिल्लीको मुख्यमन्त्री बन्ने अवसर केही साता मात्र प्राप्त गरेका हुन् । दिल्लीका निम्त र मध्यमवर्गीय मतदाताहरुले उनीमाथि निकै ठूलो भरोसा गरेर दोश्रो पटक पनि मुख्यमन्त्री बनाएका हुन् । जनताले आफूमाथि गरेको विश्वास र भरोसालाई केजरीवालले भूलेका छैनन् । उनको इमानको निरन्तरताको रुपमा गरीब, अति विपन्न र अशक्तहरुका लागि कोरोना भाइरसको संक्रमणबाट बच्न र ज्यान जोगाउने गरी उनले राहातका निकै राम्रा प्याकेज घोषणा गरेका छन् ।
कोरोना भाइरसको बढ्दो खतरालाई लिएर भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका जनतालाई सम्बोधन गर्दै घरबाहिर ननिस्किन अपील गरेका छन् । उनका अनुसार भोलि दिल्लीमा ५० प्रतिशत बसहरु चल्ने छैनन् ।
उनले नागरिकहरुले राज्यबाट पाउँदै आएको सेवामा समेत वृद्धिको लोकप्रिय घोषणा गरेका छन् ।
केजरीवालले दिल्लीमा प्राप्त हुने रासन कोटा बढाउने र यसलाई निःशुल्क गरिदिने घोषणा गरेका छन् । यो कार्यक्रम अन्तरगत दिल्लीका ७२ लाख नागरिकले मासिक ७.५ किलो रासन निःशुल्क पाउनेछन् । यस्तै, घरवारविहीनहरुलाई रात्रिकालीन सेल्टरमा सित्तैमा खाना समेत उपलब्ध गराइने उनले घोषणा गरेका छन् ।
तर, केजरीवालले रासनको दोकानमा भीड नगरिदिन नागरिकहरुसँग अपील गरेका छन् । उनले हाल दिल्लीमा पूर्ण लकडाउन नगरिने, आवश्यकता हेरेर भविष्यमा थप निर्णयहरु लिइने पनि प्रष्ट पारेका छन्।
यसबाहेक केजरीवालले दिल्लीका जेष्ठ नागरिक, एकल महिला तथा शारिरीक रुपमा अशक्तहरुले पाउने भत्ता डबल बनाइदिने घोषणा समेत गरेका छन् । दिल्लीमा ८ लाख ५० हजार नागरिकले भत्ताको सुविधा पाउँदै आएका छन् । मुख्यमन्त्रीको घोषणासँगै अब उनीहरुले मासिक ४ देखि ५ हजार भारु भत्ता पाउनेछन् ।
केजरीवालले विशेष गरी जेष्ठ नागरिकहरुलाई घरबाट बाहिर ननिस्किन समेत अपील गरेका छन् । उनले पाँचजना भन्दा बढी मानिस भेला नभइदिन पनि आग्रह गरेका छन् ।
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago