काठमाण्डौ । माछापुुच्छ्रे बैंक लिमिटेडले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण  रोकथाम तथा नियन्त्रणमा रु. १ करोड ६ लाखबराबरको सहयोग गरेको छ। 

बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रीय सरकारअन्तर्गतको कोरोना  भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु. ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने सातवटै प्रदेश सरकारलाई रु.५/५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ। बैंकले बिहीबार सातवटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई रु. ५/५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो । 

यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकीसहित हातधुने ठाउँको व्यवस्था गरेको थियो। साथै स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो। उक्त कार्यहरुमा बैंकले रु. २० लाख खर्च भएको जनाएको छ। 

बैंकले कोरोनाविरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रु. १ करोड ६ लाख सहयोग गरेको हो । 

बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ। साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका अन्य कामका लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरु उपयोग गर्न सबैंमा आग्रह गरेको छ। 

बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गरिदिनसमेत ग्राहकलाई आग्रह गरेको छ।