काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । 

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसको संक्रमण मृत्यु हुने मानिसहरुको संख्या १ लाख २६८ रहेको छ । 

यो समयसम्म कुल संक्रमितको संख्या १६ लाख ४७ हजार माथि पुगेको छ । 

यो अवधिसम्म विश्वभर ३ लाख ६९ हजार  १७३ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

पछिल्लो १६ घण्टामा विश्वभर कोरोना भाइरसबाट थप ४५०० माथिको मृत्यु भइसकेको छ । यो अवधिसम्म अमेरिकामा मृत्यु हुने संक्रमितको संख्या १२३६ थपिएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १८ हजार नजिक पुगेको छ । 

इटली र स्पेनमा यो दिन क्रमशः ५२३ र ५७० को मृत्यु भएको छ । बेलायतमा ९८० थप संक्रमितको ज्यान गएको छ भने बेल्जियममा थप ४९६ व्यक्तिको मृत्यु भएको छ । 

हालसम्म कोरोनाबाट सबैभन्दा बढी इटलीमा १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ । मृतकको संख्याको हिसाबले अमेरिका दोश्रो नम्बरमा छ भने स्पेन १५ हजार ९७० मृत्युसँगै तेश्रो स्थानमा छ । 

अमेरिकामा कुल संक्रमितको संख्या ४ लाख ७८ हजार माथि पुगेको छ । 

स्पेनमा १ लाख ५७ हजार, इटलीमा १ लाख ४७ हजार जर्मनीमा १ लाख १९ हजार र फ्रान्समा १ लाख १७ हजार संक्रमित फेला परिसकेका छन् ।