काठमाण्डौ । कोरोनाभाइरसको महामारीले ध्वस्त पारेको युुरोपको अर्थतन्त्रलाई पुनउर्त्थान गर्न युुरोपेली युुनियन (इयूू) का नेताहरुले १.१ ट्रिलियन डलरको कोष खडा गर्न सहमति जुुटाएका छन्।

इयूका २७ वटा सदस्य राष्ट्रका नेताहरुले बिहीबार भिडियो कन्फेरेन्समार्फत भनेका छन्, “यो कोष प्रभावित बनेका युुरोपका भौगोलिक भूभाग र विभिन्न क्षेत्रका लागि पर्याप्त स्रोत बन्ने छ र यो कोष महासंकटसँग जुुध्नका लागि समर्पित हुुनेछ।” 

युुरोपेली युुनियनका सरकारका प्रमुुखहरुले युुरोपेली कमिसनका अधिकारीहरुलाई पुनउर्त्थान कोषले कसरी २०२१–२०२७ सम्मको ब्लक बजेटलाई सम्बोधन गर्न सक्छ भनेर तत्कालै विस्तृत प्रस्तावहरु ल्याउन निर्देशन दिएका छन्। इयूले आफ्नो बजेटमा जीडीपीलाई  १.२ प्रतिशतबाट २ प्रतिशत पुुर््याउने र त्यसपछि बाँकी रहेको अतिरिक्त कोषलाई वित्तीय बजारबाट कम दरमा ऋण लिन ग्यारेन्टीका रुपमा प्रयोग गर्ने योजना बनाइरहेको छ। 

यति ठूलो रकम कसरी जुुटाइन्छ भन्ने पत्रकारको प्रश्नमा युुरोपियन कमिसनका अध्यक्षले भने, “हामी यहाँ बिलियनको कुुरा गरिरहेका छैनौँ, हामी त ट्रिलियनको कुुरा गरिरहेका छौँ, त्यसैले यसलाई एकदमै राम्रोसँग र सावधानीपूर्ण नजरले नियाल्न आवश्यक छ।” 

यसका साथै इयूका नेताहरुले बचाउका उपायका लागि ५३८ डलरको तत्काल राहत प्योकजमा पनि हस्ताक्षर गरेका छन्। जसलाई युुरोपका अर्थमन्त्रीहरुले यो महिनाको सुुरुआतमा प्रस्तुुत गरेका थिए। यो प्याकेजअन्तर्गत ११० बिलियन डलर कामदारको ज्याला कटौतीको बचाउन गर्न अनुुदानका रुपमा प्रयोग गर्न, विभिन्न व्यापार–व्यवसायलाई ऋण प्रदान गर्न र इयूका सरकारहरुलाई ऋण प्रदान गर्न प्रयोग गरिनेछ। 

इयूले पहिले नै एकीकृत रुपमा हजारौँ डलरको प्रोत्सान प्रयासहरुमाथि राष्ट्रियस्तरमा सहमति जुुटाइसकेको छ। जसले सन् १९३० को जस्तै यो क्षेत्रको गहिरो आर्थिक मन्दीबाट बच्न ठूलो रकमको सुुनिश्चता गरेको छ।

अन्तर्राष्ट्रिय मुुद्रा कोषले यो वर्ष इयूको जीडीपीमा ७ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरेको छ। 

ताजा आँकडाअनुुसार मार्च र अप्रिल महिनामा यस क्षेत्रको आर्थिक गतिविधमा क्रमशः २० र ३० प्रतिशतको कमी आएको छ। 

भिडियो कन्फेरेन्सपश्चात फ्रान्सका राष्ट्रपति इमानुुयल म्याक्रोनले जीडीपीलाई ५ देखि १० अंकमा कायम राख्न इयूका सदस्य राष्ट्रहरुबीच बलियो सहकार्यका प्रतिक्रयाहरु जुुटाउन सहमति बनेको बताए। 

कोष कसरी सञ्चालन गर्ने विषयमा मत भिन्नता रहेको छ। विशेषगरी स्पेन र इटलीजस्ता बढी प्रभावित देशहरुलाई ऋण प्रदान गर्ने वा अनुुदान प्रदान गर्ने भन्ने विषयमा मतभिन्नता रहेको छ। 

अनुुदान वा प्रत्यक्ष रकम हस्तान्तरण ऋण साझेदारीको एक हिस्सा हुुनेछ जसलाई नेदरल्यान्डस्, अस्ट्रिया, जर्मनीजस्ता देशहरुले लामो समयदेखि विरोध गरिरहेका छन्। विरोध र मतभेदका बाबजुुत पनि युुरोपेली युुनियनका नेताहरुले सदस्य राष्ट्रहरुबीच एकता कायम राख्ने प्रयासलाई जारी राखिराखेका छन्। – एजेन्सी