काठमाण्डौ । कोरोनाभाइरसको प्रकोप देखिएसँगै विश्वभरका मानिसहरुले यसको बचावका लागि मास्क लगाउँदै आइरहेका छन् । विश्व स्वास्थ्य संगठन र विश्वका सरकारहरुले कोरोनाबाट बच्नका लागि मास्क लगाउन अनिवार्य भएको भन्दै यसलाई अनिवार्य प्रयोग गर्न निर्देशिका जारी गरेका छन् । तर अहिले मास्कको विषयमा एउटा नयाँ सर्भे अगाडि आएको छ । 

जसअनुसार मानिसहरु मास्क लगाउँदा कोरोनाको संक्रमणबाट बचे पनि यसले शरीरमा पहिले जस्तो गरी स्वास पुुग्न पाइरहेको छैन । मास्कबिना मानिसहरु पहिले जसरी स्वास लिने गर्दथे अहिले मास्कले त्यसमा बाधा सिर्जना गरिरहेको छ । यहीकारण कयौ मानिसहरुमा अहिले स्वास सम्बन्धी समस्या देखिएको छ । 

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुुसार अमेरिकामा मानिसहरु मास्क केवल देखावटीका लागि मात्रै लगाइरहेका छन् । रिपोर्टका अनुुसार पार्क लागयतका ठाउँहरुमा घुुम्न आउने र साइक्लिङ गर्ने मानिसहरु मास्कलाई घाँटीमा झुुण्डाइरहेका भेटिन्छन् । जब उनीहरुको नजिकबाट कोही मानिस जान्छ भने मात्रै उनीहरु मास्कलाई माथि नाकसम्म सार्ने गर्दछन् । त्यसको अलावा अन्य समयमा उनीहरु मास्कलाई त्यसैगरी घाँटीमा झुुण्डाउने गर्दछन् । 

उनीहरुले सधैभरि मास्क लगाउँदा आफूहरुलाई स्वास लिन कठिनाई हुुने भएकाले यस्तो गरेको बताएका छन् । पहिले जस्तो स्वास लिन नसक्ने भएकाले आफूहरुले यसो गरेको उनीहरुको तर्क छ । 

रिपोर्टअनुुसार हाम्रो शरीरका विभिन्न अंगहरु तथा मांसपेशिहरुका लागि र विशेषगरी मस्तिस्कका लागि अक्सिजनको आवश्यकता पर्ने गर्दछ । यदि हामी हरसमय मास्क लगाइरहन्छौ भने शरीरलाई आवश्यक हुुने गरी अक्सिजन लिन सक्दैनौ । यस कारण शरीरको विभिन्न अंगमा समस्या उत्पन्न हुुने गर्दछ । 

मास्क नलगाउँदा हाम्रो स्वास लिने गतिमा परिवर्तन आउने गर्दछ । मास्क लगाइरहँदा यसले स्वास लिने प्रक्रियामा असर पुुर्याएको देखिएको छ । एउटा यो तथ्य पनि अगाडि आइरहेको छ  कि स्वास लिन गाह्रो भइरहेकाहरुले सही तरिकाले स्वास लिन र शरीरमा अक्सिजनको मात्रा पूरा गर्नका लागि अक्सीमिटर समेत खरीद गरिरहेका छन् । 

अक्सिमिटरको माध्यमबाट उनीहरु रगतमा रहेको अक्सिजनको मात्रा दिनहँुु जाँच गर्ने गरिरहेका र त्यसमा कमी देखिए सुुधार ल्याउने प्रयास गरिरहेका छन् । 

एनवाइडिका अनुुसार यो गर्मी मौसममा निरन्तर मास्क लगाएर काम गर्नेहरु र स्वास प्रस्वास सम्बन्धी समस्या भएका मानिसहरुलाई यसले धेरै नै हानी पुुर्याइरहेको छ । यसका साथै यसले अर्काे समस्या पनि सिर्जना गरेको छ । कान कम सुुन्ने र अरुको ओठ हेरेर कुुरा बुझ्ने मानिसहरुलाई मास्कको कारण अगाडि रहेको मानिसहरुको ओठ पढ्नमा पाइरहेका छैनन् । जसको कारण उनीहरुलाई कुुरा बुुझन् र अन्तरक्रिया गर्न मुुश्किल परिरहेको छ । 
यसको बाबजुुत पनि एउटा तितो यथार्थ के भने, कोरोनाको कुुनै भ्याक्सिन नबनेसम्म हामीहरुले यसको प्रयोगबाट छुुटकारा पाउने दैखिदैन । यस्तोमा अहिलेसम्म कोरोना विरुद्धको कुुनै पनि प्रभावकारी खोपको सम्भावना पनि देखिएको छैन । 

बाल स्ट्रिीट जर्नलमा हालै लेखिएको पुुस्तक “ब्रेथः द न्युु साइन्स अफ ए लास्ट आर्ट” का लेखक जेम्स नेस्टरले स्वास सम्बन्धि अध्ययन गर्ने डाक्टरहरुलाई उद्धृत गर्दै श्वास लिने प्रक्रियाका बारेमा स्पष्ट पारेका छन् । नेस्टरले मुुखभन्दा नाक बाट स्वास लिनुु राम्रो भएको बताएका छन् । किनकि यो सुुरक्ष्यात्मक हुुने गर्दछ । नाकले फिल्टर, तातो हावा र अप्रशोधित हावालाई ठीक गर्ने गर्दछ । 

टरका अनुुसार नाकबाट स्वास लिदा हर्माेन र नाइट्रिक अक्साइडको रिलिजलाई उत्तेजित गर्ने गर्दछ । जसले उच्च रक्तचाप जस्ता महत्वपूर्ण कार्यलाई नियन्त्रित गर्न र सम्पूर्ण शरीरमा अक्सिजनको मात्रा बढाउन सहयोग पुुर्याउने गर्दछ । 

हामीले एक दिनमा लगभग २५ हजार पटक स्वास लिने गर्दछौ । यसले हाम्रो शरीरलाई सही ढंगबाट सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुुन्छ । विशेषज्ञ पउल डिटुुरोका अनुुसार सहि तरिकाले स्वास लिदा यसले शरीरलाई एसिड बेस सन्तुुलनमा राख्ने गर्दछ । यो सन्तुुलन रगतमा कार्बाेनडाइअक्साइडलाई एउटा आर्दश स्तरमा कायम राख्दा प्राप्त हुुने गर्दछ । 

कोभिड १९ भन्दा पहिले केहि विशेषज्ञहरुले स्वास सम्बन्धी समस्या भएकाहरुलाई डायाफ्रामिक स्वास प्रक्रियाद्वारा स्वास प्रदान गर्ने गर्दथे । यो एउटा प्राचीन विधि हो र यसले पेरासिम्पेथेटिक तंत्रिका मजबुुत हुुने गर्दछ । यसका साथै यसले दिमागलाई शान्त पार्ने गर्दछ । यसको प्रयोग गायक, अभिनेता र ध्यान गर्ने मानिसहरुले व्यापक रुपमा गर्ने गर्दछन् । 

विशेषज्ञहरुले स्वास लिन समस्या भएकाहरुलाई बिहानपख र साँझ दैनिक रुपमा पाँच मिनेट स्वासप्रस्वास सम्बन्धी मांसपेशिहरुको कसरत गर्न सुुझाव दिएका छन् । स्वासप्रस्वास प्रणालि मजबुुत भएकाहरुले कोरोनाभाइरस संग प्रभावकारी लडाई लड्न सक्ने विज्ञहरु बताएका छन् ।