काठमाण्डौ । न्युुजिल्याण्ड सरकारले न्युुजिल्याण्डमा कोरोना संक्रमणको कम्युुनिटी ट्रान्समिसन अन्त भएको र प्रभावकारी कदमबाट कोरोनामाथि विजय हासिल गरेको घोषणा गरेको छ । 

पछिल्ला केही दिनदेखि न्युुजिल्याण्डमा कोरोना संक्रमणको घटना आक्कलझुुक्कल मात्रै देखिने गरेको छ ।  न्युुजिल्याण्डी प्रधानमन्त्रि जेसिन्डा अर्डनले न्युुजिल्याण्डले अहिलेलाई कोरोनामाथि विजय हासिल गरेको बताएकी छिन् । 

प्रधानमन्त्रीको यस्तो घोषणापूर्व न्युुजिल्याण्डमा लकडाउनलाई खुुकुुलो पारिएको थियो । मंगलबारबाट यहाँ अतिआवश्यक बाहेकका व्यापार व्यवसाय, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रका गतिविधिहरु सुुचारु हुुनेछन् । 

तर, अधिकारीहरुले यो विषयमा हेलचेक्र्याई गर्न नहुने र अझै पनि काम नहुुँदा घरमै बस्न र सामाजिक दुुरी कायम बनाइराख्न चेतावनी दिएका छन् । 

प्रधानमन्त्री अर्डनले आर्थिक क्षेत्रका प्रतिबन्धहरु खोलिए पनि सामाजिक प्रतिबन्धहरु अझै पनि रहिरहने बताइन् । 

न्युुजिल्याण्डमा अहिले सम्म १५०० जनामा कोरोनाका संक्रमण भेटीएको पुुष्टि भएको छ र यसबाट १९ जनाको मृत्युु भएको छ । 

न्युुजिल्याण्डका स्वास्थ्य महानिर्देशक एशले ब्लुुमफिल्डले हालै देखिएको कोरोनाको न्युुन संक्रमणले कोरोनाको नियन्त्रणको लक्ष्य पूरा भएको विश्वास दिलाएको बताएका छन् । तर प्रधानमन्त्री अर्डन र ब्लुुमफिल्ड दुुवैले कोरोनामुुक्त हुुनुुको अर्थ भविष्यमा कोरोना संक्रमण नदेखिनुु होइन भन्दै सबैलाई अझै पनि सचेत रहन चेतावनी दिएका छन् । 

यसका साथै दुुवै जनाले अब न्युुजिल्याण्डमा कोरोनाको संक्रमण कम देखिने र त्यसलाई निस्तेज पार्न आफूहरु तयार रहेको बताएका छन् । 

न्युुजिल्याण्डले कोरोनाको संक्रमणको सुुरुवातमै यसको नियन्त्रण र रोकथामका लागि केही ठूला कदमहरु उठाइसकेको थियो । सरकारले यातायातमा कडा प्रतिबन्धहरु लागू गरेको थियो । यसका साथै आफ्ना सीमा नाकाहरुलाई धेरै पहिलेदेखि नै बन्द गरेको थियो र विदेशबाट आउनेलाई पनि अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको थियो । लकडाउनलाई पनि कडाइका साथ पालना गराइएको थियो । योसँगै टेस्टिङ र ट्रयाकिङलाई पनि तीव्रताका साथ प्रभावकारी ढंगले सञ्चालन गरिएको थियो । प्रधानमन्त्री अर्डनका अनुुसार यदि न्युुजिल्याण्डले समयमै लकडाउन लागू नगरेको भए अहिले त्यहाँ प्रतिदिन १ हजार संक्रमतिको घटनाहरु देखिने थिए । 

उनले देश कस्तो खराब अवस्थामा पुुग्थ्यो भनेर अनुुमान लगाउन नसकिए पनि आफूहरुको प्रभावकारी कदमहरुले त्यो खराब अवस्थामा पुुग्नबाट रोकेको बताइन् । 

सोमबारको मध्यरातिबाट न्युुजिल्याण्ड सरकारले लकडाउनलाई लेभल ४ बाट ३ मा घटुुवा गरेको घोषणा गरेको थियो । यसको अर्थ अब यहाँ व्यवसायिक गतिविधिहरुले गति लिने छन् । यसमा रेष्टुुरेन्टहरु पनि पर्नेछन् । तर रेष्टुुरेन्टहरुलाई सामाजिक दुुरी कायम राख्दै होम डेलिभरीको सेवा मात्रै प्रदान गर्न अनुुमति दिइएको छ । यसका साथै न्युजिल्याण्डका सबै सीमा नाकाहरु अझै पनि बन्द अवस्थामै रहनेछन् ।