काठमाण्डौ । सारा विश्व कोरोनाको सन्त्रासमा बाँचिरहदा विश्वका केही नेता भने यसबाट निस्फक्री जस्ता देखिएका छन् । ब्रजिलका राष्ट्रपति जैअर बोल्सोनारोले कोरोनाभाइरस जस्तो सामान्य फ्लुुलाई मिडियाले धेरै महत्व दिएको बताएका छन् । 

मेक्सिकोका राष्ट्रपति आन्दे«स् म्यानुुयल लोपेज ओब्रयाडरले कोरोनाबाट आफ्ना जनतालाई नडराउन र निर्धक्क भएर रेष्टुुरेन्टमा गएर खाना खान सुझाव दिएका छन् । 

त्यस्तै निकारागुुवाका नेता ड्यानियल ओरटेगा सहित अन्य राजनीतिक नेताहरु गायब जस्ता भएका छन् तर त्यहाँ राजनीतीक र्याली र सभा भने भइरहेका छन् । 

विश्वका नेताहरु कोरोनाको महामारीलाई नियन्त्रण र रोकथाम गर्ने दौडमा लागिरहँदा लेटिन अमेरीकी देश ब्रजिल, मेक्सिको र निकारागुुवाका नेताहरुले भने कोरोना फैलनसक्ने तथ्यलाई नजरअन्दाज गरिरहेका छन् । 

मेक्सिको 
कोरोना देखिएको मार्च ४ मा मेक्सिकोका राष्ट्रपति ओब्राडरले कोरोनाको प्रभावलाई नकार्दै रिपोर्टरहरुलाई अँगालो मार्नुुपर्ने बताएका थिए । त्यसको दश दिनपछि उनले आफ्नो एउटा भिडियो पोष्ट गरेका थिए । जसमा उनी समर्थकबाट घेरिएका थिए र अँगालो हाल्दै बच्चाहरुलाई म्वाई खाइरहेका थिए । यो घटनाको दुुई दिनपछि उनले नकारात्मक आत्मा र सैतानी शक्तिबाट बचाउने विश्वास गरिएको माला देखाउँदै यसले आफूहरुलाई कोरोनाबाट बचाउने बताएका थिए । 

तर, अहिले कोरोनाको संक्रमण डरलाग्दो गरी बढेपछि भने उनले यसप्रति चासो राख्दै जनतालाई घरभित्रै बस्न भनिरहेका छन् । प्रभावित हुुनसक्ने र भएका जनतालाई उनको क्याबिनेटले सहयोग गर्ने योजना बनाइरहेको छ । साना व्यापारीलाई आर्थिक मद्धत र १०० जनाभन्दा बढी भेला हुुन नपाउने व्यवस्था पनि गरेको छ । 

तर गत आइतबार उनले एउटा भिडियो पोष्ट गर्दै मानिसहरुलाई घरबाहिर गएर खाना खान प्रोत्साहन गरेका छन् । घरभित्र बस्दा आर्थिक क्रियाकलापमा कमी आई अर्थतन्त्र प्यारालाइज हुुने भएकाले पहिले जस्तै आफ्नो दैनिकीलाई सामान्य बनाउन उनले भनेका थिए । 

गत मंगलबार उनले कोरोनासँग् लड्न घरबाटै सुुरुवात गर्नुुपर्ने र छोरीहरुले आफ्ना बुुबाआमाको हेरचाह गर्नुुपर्ने बताएका थिए । उनले जनतालाई आफ्ना वृद्ध आमाबुुवाको ख्याल गर्न समेत भनेका थिए । यस क्रममा उनले कोरोनाबाट बच्न मेक्सिकोले तयारी थालेका सुनाएका थिए । 

अहिलेसम्म मेक्सिकोमा ४०५ जनामा कोरोना संक्रमण भएको पुुष्टि भएको छ । २१६१ जनामा कोरोना भएको आशंका गरिएको छ  भने ५ जनाको मृत्युु भइसकेको छ । तर विशेषज्ञहरुले भने मेक्सिकोमा कोरोना संक्रमणका घटना धेरै भएको हुुनसक्ने आशंका गरेका छन् । 

कोरोनाको उपचारमा संलग्न दुुई मेक्सिन डाक्टरले कोरोना मेक्सिकोमा भयावह रुपमा फैलने छन् र यसका मेक्सिको तयार नरहेको उनीहरुले बताएका छन् । 

कोरोना संक्रमितका लागि अस्पतालमा ठाउँको अभाव हुुन सक्ने र यसले मेक्सिकोलाई कोरोनाको इपिसेन्टर बनाउन सक्ने उनीहरुले चेतावनी दिएका छन् । 

सरकारले कोरोना नियन्त्रणका लागि केही पनि पहल नगरेकाले त्यहाँका केही रेष्टुरेन्ट, स्कुुल कलेज र निजी कार्यालयहरुले आफैले नै बन्द गर्ने निर्णय गरेका छन् । 

ब्रजिल
जब मार्च १२ मा राष्ट्रपति जैअर बोल्सोनारोका प्रेस सेक्रेटरीलाई कोरोना लागेको पुुष्टि भयो, तब केहीले राष्ट्रपतिले अब सशक्त कदम चाल्ने आश गरेका थिए । तर सबैको अपेक्षा लत्याउँदै उनले एक टेलिभिजन अन्तर्वार्तामा कोरोना एउटा सामान्य फ्लुु मात्रै भएको भनेर अभिव्यक्ति दिए । ल्याटिन अमेरीकी देशहरुमध्ये ब्राजिलमा सबैभन्दा धेरै कोरोनाका संक्रमित देखिएका छन् । जहाँ संक्रमितको संख्या २२४७ पुुगेको छ भने ३४ जनाको मृत्य भइसकेको छ । 

देशमा कोरोनाका संक्रमित बढ्दै जाँदा त्यहाँका केही राज्यका स्थानीय सरकारहरुले यसको रोकथामका लागि कदम चालिरहेका छन् । फुुटबल मैदान र सभा हलहरु कोरोनाको उपचारका लागि मेडिकल सेन्टरमा परिणत गरिएका छन् । 

देशभरिका सपिङ मलहरु बन्द भएका छन् । स्कुुल र कलेजहरु पनि बन्द गरिएका छन् र सार्वजनिक स्थलमा भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ । 

निकारागुुवा
पश्चिमी गोलाद्र्धको सबैभन्दा गरीब देश निकारागुुवामा कोरोनाको संक्रमणले उग्र रुप लिए त्यहाँको अवस्था भयावह हुुनसक्नेछ । अहिलेसम्म त्यहाँ जम्मा दुुईवटा संक्रमणको घटना देखिएको छ । 

सरकारले पहलकदमी नचाल्दा र राष्ट्रपति दुुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएका कारण त्यहाँका जनताको त्रास बढ्दै गइरहेको छ । 

छिमेकी देश कोस्टारिकामा कोरोना संक्रमण देखिएपछि मानिसहरु घरमै बसिरहेका छन् । दुुईजनामा कोरोना संक्रमण देखिसक्दा पनि सरकार भने केही नभएजस्तो गरी प्रतिक्रिया देखाइरहेको त्यहाँका जनताले आरोप लगाएका छन् । 

देशमा कोरोनाको संकट चुुलिदै गर्दा पनि त्यहा राजनीतिक पार्टीका र्याली, सभासम्मेलन, र कार्यक्रमहरु निर्वाध रुपमा भइरहेका छन् । कोरोना नियन्त्रणको नाममा सरकारले बाहिरबाट आउने पर्यटकलाई मात्रै जाँच गरिरहेको छ ।