काठमाण्डौ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित ब्राजिलको सहरमा कोरोनाको संक्रमण उचाइमा पुुग्न अझै बाँकी रहेको छ । स्वास्थ्य प्रणाली अहिले नै थला पर्न थालिसकेको छ । डाक्टरहरु जीवन बचाउन संघर्ष गरिरहेका छन् । 

यस्ता परिदृश्यका बाबजुुद ब्राजिलका राष्ट्रपति जैर बोलसनेरो अर्काे बिरामी अर्थात देशको अर्थतन्त्र जोगाउन बढी केन्द्रीत बनेको देखिएको छ । यो साता ब्राजिल अमेरिकापछि कोरोनाको सबैभन्दा धेरै संक्रमण देखिने विश्वको दोस्रो देश बनेको थियो । यहाँ ३३०००० कोरोना संक्रमणका केसहरु देखिएका छन् । 

कुुनै बेला कोरोनालाई ‘सानो भाइरस’ भएको भन्दै अभिव्यक्ति दिंदै हिँड्ने राष्ट्रपति बोलसेनेरो यतिबेला विभिन्न राज्यका गभर्नरहरुले कोरोना संक्रमणको गतिलाइ कम गर्ने उद्देश्यले सामाजिक दुुरी कायम गर्न लागू गरेका उपायहरुका बाबजुुद व्यापार व्यवसायहरु पुनः खुुला गर्न आग्रह गरिरहेका छन् । 

राजधानी साउ पाउलो स्थित इमिलियो रिबास संक्रामक रोग संस्थाको विशाल सघन उपचार कक्षका डाक्टरहरुलाई राष्ट्रपतिको अभिव्यक्तिबारे प्रश्न गर्दा उनीहरु आक्रोशित बनेका छन् । उनीहरुले राष्ट्रपतिको अभिव्यक्तिलाई विद्रोहपूर्ण र असान्दर्भिकको संज्ञा दिएका छन् । अन्य डाक्टरहरुको तुुलनामा अधिक संयमित देखिएका डाक्टर ज्याक्स स्वात्ज्रबोकले भने,“यो फ्लुु होइन । हामीले हाम्रो व्यवसायिक जीवनमा यस्तो खराब अवस्थाको कहिल्यै सामना गरेका थिएनौं ।” यसका साथै उनले आफ्नो स्वास्थ्यप्रति पनि चिन्तित रहेको बताए । 

यतिबेला ब्राजिलका आइसियुु कक्षहरु शान्त र गम्भीर छन् । आइसियुुका पर्दापछाडि विश्वमा भइरहेको उथलपुुथल, स्वरयुुक्त राजनीतिक विभाजन भन्दा टाढा मानिसहरु शान्त रुपमा ज्यान गुुमाइरहेका छन् । तर, जब यसले जीवन लिन्छ, तब यो गहन रुपमा भयानक हुुने गर्दछ । 

यतिबेला ब्राजिलका सघन उपचार कक्षमा डाक्टर र स्वास्थ्यकर्मीहरु ज्यादै नै व्यस्त बन्न थालेका छन् । प्रत्येक जीवन बचाउन उनीहरु हरसम्भव प्रयास गरिरहेका देखिन्छन् । कुुनै संक्रमितलाइ बचाउन नसक्दा उनीहरुको मुुहारमा आत्मग्लानी र असहायको भाव झल्केको प्रस्टै देख्न सकिन्छ । 

कोरोनाको सुुरुवाती चरणमा राष्ट्रपति बोलसनेरोले देखाएको हल्कापन र अपरिपक्वताले देशले यो नियति भोग्नुु परिरहेको त्यहाँका जनताले बताएका छन् ।  
एजेन्सी