काठमाण्डौ । कोरोनाले भारतको सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा बढी गिरावट दखिएको छ । 

आज तीव्र गतिको गिरावटका साथ खुुलेको भारतीय सेयर बजारमा आधाघण्टा पछि नेगेटिभ सर्किट लागेको थियो । 

बन्द भएको बजार ४५ मिनेट पछि पुुनः सुुचारु भएको थियो । तर सेयर बजारमा आएको गिरावट थामिनुुको साटो झन् बढ्यो । कारोबारको अन्त्यमा सेन्सेक्स ३९३४ अंक घटेर २५९८१ मा र निफ्टी ११३५ अंक घटेर ७६१० मा बन्द भयो । 

आजको सेन्सेक्सको गिरावट इतिहासमै सबैभन्दा ठूलो गिरावट हो । यो भन्दा पहिले १३ मार्चमा ३३८९ अंकको गिरावट आएको थियो । बितेको एक महिनाको दौरान भारतीय सेयर बजारमा ३३.२ प्रतिशतको गिरावट आइसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।  

भारतीय सेयर बजारमा पहिरो आउनुुका कारण:
१. कोरोनाले गर्दा अहिले भारतका विभिन्न राज्य ३१ मार्च सम्मका लागि लकडाउनमा छन् । 
२. विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट लगातार पैसा निकालिरहेका छन् । उनीहरुले करीब दुुई हप्ताको अवधिमा ५०००० हजार करोड भारतीय रुपैया निकालेका छन् । 
३.कोरोनाले गर्दा विश्वका सेयर बजारमा पहिरो आइरहदा त्यसको प्रत्यक्ष असर भारतीय सेयर बजारमा समेत परेको छ ।