काठमाण्डौ । कोरोनाभाइरस अर्थात कोभिड १९ को सुरुवात देखि अहिले सम्म विश्वका लगानीकर्ताले उदाउँदो अर्थव्यवस्था भएका देशबाट ८३ अर्ब डलर निकालेका छन् । यसको जानकारी अन्तराष्ट्रीय मुुद्धा कोषका(आइएमएफ) प्रबन्ध निर्देशक क्रिस्टालिना जार्जीवाले जी ट्वान्टी देशहरुको अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुुखको साथमा गरिएको भिडियो कन्फ्रेन्सपछिको बैठक मार्फत दिएकी हुुन् ।
उनले कोरोनाको कारण यो वर्ष विश्वको अर्थतन्त्रमा मन्दी छाउने र विकासदर पनि ऋणात्मक हुुने प्रक्षेपण गरेकी छिन् ।
यो मन्दी सन् २००८ मा भएको विश्व आर्थिक संकट भन्दा ठूलो वा सानो हुुनसक्ने बताएकी छिन् ।
जर्जीवाले यो संकटसँग जुुध्न विकसित देशहरुलाई कठिन नभए पनि उदाउँदा र कम आय भएका देशहरुले भने चुुनौतिको सामना गर्नुु पर्ने बताएकी छिन् ।
उदाउँदा अर्थतन्त्र भएका देशहरुबाट पूँजी निकासीका कारण ती देशमा नकारात्मक प्रभाव परेको छ र त्यहाँका घरेलुु आर्थिक गतिविधिमा गम्भीर असर पुुग्ने देखिन्छ ।
विश्वव्यापी यो संकटको सुुरुवातदेखि अहिलेसम्म उदाउँदा अर्थतन्त्र भएका देशबाट ८३ अर्ब डलर निकालिसकेका छन् । यति धेरै मात्रामा कुुनै पनि कालखण्डमा पूँजी निकासी भएको यो पहिलो घटना हो ।
जर्जीवाले आएमएफलाई कम आय भएका देशको विशेष चिन्ता भएको बताएकी छिन् । कम आय भएका देशलाई कोरोनाको आर्थिक संकटसँग जुुध्न ऋण उपलब्ध गराउन आइमएफले विश्व बैंकसँग मिलेर काम गरिरहेको छ ।
उनले कोरोनाले विश्वमा आर्थिक संकट निम्त्याउने निश्चितप्राय रहेको र सन् २०२१ मा सुुधारको आशा पनि रहेको बताइन् । तर, त्यसका लागि कोरोनाको नियन्त्रण जतिसक्दो चाँडो हुुनुुपर्ने उनले धारणा राखिन् ।
अहिलेसम्म आइएमएफलाई सहयोगका लागि ८० वटा देशले आग्रह गरिसकेका उनले जानकारी दिइन् ।
कोरोनाका कारण अस्तव्यस्त बनेका देशको आर्थिक स्तर उकास्न आइएमएफले अन्य अन्तराष्ट्रिय संस्थासंग सहकार्य गरेर काम गरिरहेको छ ।
आइएमएफसँग अहिले १० खर्ब डलर राशि छ ।
लगानीकर्ताले विश्वका देशबाट लगानी झिकिरहँदा धातुुको मूल्यमा लगातार गिरावट आइरहेको छ । विश्वका देशहरुले लकडाउन गरिरहेका कारण धातुुको उत्पादनमा समेत असर परिरहेको छ । जसले गर्दा कच्चा तेलको मूल्यमा पनि प्रभाव परिरहेको छ ।
सुुन
विश्वभरमा कोरोनाको संक्रमण फैलिएका कारण विश्व बजारमा सुुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । गएको हप्ता सुुनको मूल्यमा १.४ प्रतिशतको गिरावट आएको थियो । कोरोनाले विश्वका ३ लाख जनसंख्या संक्रमित भइसकेका कारण मानिसहरु सुुन बेचेर पैसा जम्मा गरिरहेका छन् । यसको सिधा असर अमेरिकी डलरमा परेको छ ।
सुुनको मूल्य घटिरहँदा अमेरिकी डलरको मूल्य बढिरहेको छ । सुुनको मूल्य घट्नुुको अर्काे कारण अमेरिकाले आफ्नो अर्थतन्त्र बलियो बनाउन जारी गरेको १० खर्ब डलरको राहात प्याकेज हो ।
तामा
विश्वभर फैलिएको कोरोनाभाइरसको भयका कारण तामाको मूल्य पनि प्रभावित बनेको छ । लन्डन मेटल एक्सचेञ्जमा बेस मेटलको मूल्यमा ९.९ प्रतिशतको गिरावटका साथ बन्द भएको छ । धेरै प्रतिफल दिइरहेका कारण लगानीकर्ता अमेरिकी डलरप्रति धेरै विश्वास देखाइरहेका छन् ।
कच्चा तेल
विश्वका प्रमुुख औद्योगिक देशमा तेलको माग घटेका कारण कच्चा तेलको मूल्यमा गएको साता १४ प्रतिशतको गिरावट आएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago