काठमाण्डौ । विश्व सेयरका लागि  बितेका केही साता निकै तनावपूर्ण रह्यो । केही सेयर विशेषज्ञहरुले त यसलाई व्यापक मन्दीको सुरुआत पनि भनेका छन् ।

यदि तपाइँ व्यापारी नभएर एक आममानिस हुनुुहुुन्छ भने यो अवस्थामा सेयर बजार तपाइँका लागि कत्तिको महत्वपूर्ण छ ? के अहिले सेयर बजार जुन परिस्थितिबाट गुज्रिरहेको यसले हामी सबैलाई प्रभावित गर्छ त ? 

यसरी बुझौँ –

मैले कहिले सेयर किनेको छैन, मलाई केको चिन्ता ?

तपाइँलाई लाग्न सक्छ न मैले सेयर किनेको छु न त मसँग सेयर नै छ । मलाई सेयर बजारमा आएको मन्दीबाट के असर पर्ला र ? तर पेन्सन पाउने लाखौँ मानिसको पैसा पेन्सन स्किममा लगाइएको हुन्छ । र, उनीहरुको पैसाको मूल्य अहिलेको अवस्थामा कति हुन्छ त्यो सबै सेयर बजारमा निर्भर हुन्छ ।

यदि सेयरको मूल्यमा भारी गिरावट आएमा पेन्सन लाभग्राहीलाई नराम्रो खबर हुन सक्छ । यदि तपाइँले पेन्सन स्किममा लगानी गर्नुभएको छैन भने पनि यो सम्भव हुन्छ कि सेयर बजारमा आइरहेको बदलावका कारण विश्व अर्थव्यवस्थामा परिरहेको हुन्छ र त्यसको प्रत्यक्ष प्रभाव सबैलाई पर्छ ।

सुरुआतबाट चर्चा गरौँ
कुनै पनि कम्पनीको वित्तीय स्वास्थ्य त्यसको सेयर मूल्यमा निर्भर हुन्छ । जति सेयरमूल्य बढ्दै जान्छ कम्पनीको वित्तीय अवस्थामा बलियो हुन्छ ।

इन्डेक्स नामक एउटा ग्रुपमा कुनै देश वा क्षेत्रका ठूला कम्पनीहरुको सूची समावेश हुन्छ । जस्तै यूकेको सबैभन्दा ठूला १०० कम्पनीको सूची एफटीएसई १०० मा सूचीकृत छ । यो सूचीबाट पत्ता लगाउन सकिन्छ कि देशको अर्थव्यवस्थाको हालत के छ ।

तर स्टक मार्केटसँग मेरो के नाता ?
सेयरको मूल्यमा त्यतिखेर गिरावट आउँछ जब देशमा आर्थिक अस्थिरता हुन्छ । जुन वित्तीय संकट या कोभिड–१९ जस्तै महामारीका बेला हुन सक्छ ।

यसको मतलब यो हो कि लगानीकर्तालाई कम्पनीको सेयर खरिद गर्ने सम्भावना कम हुन्छ र सेयर बजारबाट पैसा निकाल्ने सम्भावना बढी हुन्छ ।

अमेरिकाकै कुरा गर्ने हो भने त्यहाँको सेयर बजारले विश्वमै प्रभाव पार्छ । गत सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका कारण लगाएको राष्ट्रव्पापी इमरजेन्सीका बारेमा बोल्दै यो गर्मीको समयसम्म अन्त हुन सक्ने वा त्योभन्दा बढी समय लम्बिन सक्ने बताएका थिए । यसबाट लगानीकर्ताले संकेत पाए कि आर्थिक गतिविधि कम से कम आउँदो चार महिनासम्म धिमा हुनेछ । यसले त्यहाँको सेयर बजारमा नराम्रो प्रभाव पार्यो ।

पश्चिमा देशबाहेक विश्वका लागि यसको के अर्थ हुन्छ ?
सेयर बजारमा विश्वका सबैभन्दा धेरै उपभोक्ता अमेरिकामै छैन् । यदि त्यहाँका मानिस घरमै बसेर काम गर्छन् र आफ्नो खर्च पनि कम गर्छन् भने त्यसको असर उत्पादनमूलक र सेवाप्रदायक कम्पनीहरुमा पर्न सक्छ ।

हुन सक्छ कि यी उपभाक्ता अमेरिकाका हुन् र जुन सामानको प्रयोग गर्छन् त्यो अमेरिका वा भारत तथा चीनमा उत्पादन भएका हुन् । यदि मागमा कमी भयो भने यी सबै देशमा नकारात्मक प्रभाव पर्न सक्छ ।

के यसको असर मेरो जागिरमा पर्छ ?
एप्पल, नाइक र माइक्रोसफ्टजस्ता दर्जनौँ ठूला कम्पनीले पहिले नै यो चेतावनी दिइसकेका छन् कि कोरोनाको महामारीको असर उनीहरुको राजस्वमा परिरहेको छ । यी कम्पनीले उत्पादनमा कटौती र ठूला कम्पनीहरु बन्द हुन सक्ने बताएका छन् ।

यद्यपि सबैलाई थाहा छ कि कम्पनी चलाइराख्न आमहिसाबले जागिरे नै चाहिन्छ तर बन्द भयो भने ठूलो संख्यामा रोजगारी गुम्छ ।
यस्तो परिस्थितिमा विश्व व्यवस्था र उद्योगमा परेको प्रभावले सायद तपाइँको जागिर पनि पर्छ ।

म विकासशील देशमा छु, मलाई के असर गर्छ ?
विश्व आर्थिक मन्दीको दौरानमा मानिस कम पैसा कमाउँछन् र लगानी पनि कम गर्छन् । जसको सीधा असर राष्ट्रिय अर्थव्यवस्थामा पर्छ ।

निम्न तथा मध्य आय भएका देशमा आमतरिकाले बजारमा लगानी गर्नु अधिक जोखिम हुन्छ । तर ठूलो फाइदा पनि हुने सम्भावना हुन्छ । किनकि विश्व बजारमा आएको उथलपुथलबाट यस्ता बजारमा लगानीकर्ताले राम्रै कमाइ गर्न सक्छन् ।

कोरोनाबाट केही राम्रो पनि हुन सक्ला ?

जब लाखौँ मानिसको रोजगारीमा खतरा मडारिरहेको र उनीहरुको ज्यान पनि जोखिममा छ भने यस्तो बेला कसैलाई राम्रो होला भन्न सकिने अवस्था रहँदैन ।

यदि केवल लगानीकर्ताका बारेमा भन्ने हो भने सेयरको मूल्य कम हुँदा खरिद गर्ने यो सुनौलो मौका पनि हो । यदि पछि बजार स्थिर रहेमा सेयरको मूल्य बढेर उनीहरु मालामाल पनि हुन सक्छन् ।

सेयरले त्यतिखेर निकै लाभ दिन्छ जतिखेर यसको मूल्य कम हुँदा उठाउन सकियोस् । तर यतिबेला लगानीकर्ताले यो सोचरविचार गरेर मात्र सेयरमा लगानी गर्नुपर्छ कि कति समयसम्म उनीहरु यसलाई होल्ड गरेर राख्न सक्छन् । 
–बीबीसीबाट भावानुवाद