काठमाण्डौ । संयुुक्त राज्य अमेरिका, युुरोप, जापान, चीन र भारतका सरकारले कोरोनाले गर्दा डुुब्न लागेको अर्थतन्त्रलाई मन्दीबाट जोगाउन खरबौं डलर खर्च गरिरहेका छन् । यतिबेला कोरोनाभाइरस महामारीको प्रभाव, गति, र मापनको हिसाबले अभुुतपूर्व अवस्थाबाट गुुज्रिरहेको छ । 

सिएनएन बिजनेसका अनुुसार अर्थतन्त्र जोगाउन विश्वका देशका सरकार र केन्द्रीय बैंकहरुको प्रतिबद्धता ७ ट्रिलीयन डलर पुुगिसकेको छ । यसमा सरकाले गर्ने खर्च, ऋणको ग्यारेन्टी, कर छुुट, र केन्द्रीय बैंकले बोन्ड र स्टक फन्ड खरीद गर्न राख्ने नगदलाई समावेश गएिको छ । यसमा अमेरीकाको २ ट्रिलीयन डलर र जापानको २७४ बिलियन डलरको राहत प्याकेज समावेश गरिएको छ । जुुन सम्भवत पछिल्लो महिनामा पारित हुुन सम्भावना रहेको छ । 

सिएनएनले युुरोपका ठूला अर्थतन्त्र भएका देशहरु जर्मनी, फ्रान्स, बेलायत, इटली र स्पेनले गरेका प्रयासहरुको पनि गणना गरेको थियो । यि सबै देशहरुको संयुुक्त प्रयासले सन् २००८ को आर्थिक संकटको बेला अर्थतन्त्र उकास्न गरिएका प्रयासहरु समेत ओझेलमा पारेको छ । 

बैंक अफ अमेरिकाका अर्थशास्त्री जोसेफ सङकाले अमेरीकाले अर्थतन्त्र उकास्न ल्याएको २ ट्रिलियन डलरको आर्थिक प्याकेज न्युुनतम आवश्यकता मात्रै भएको बताएका छन् । उनका अनुुसार कोरोनाको संकटबाट अर्थतन्त्रलाई पार लाउन बढीमा ३ ट्रिलीयन डलरसम्मको प्याकेज आवश्यक पर्न सक्छ । 

मोर्गन स्टान्लेका प्रमुुख अर्थशास्त्री चेतन अह्याका अनुुसार अहिले कोरोनाको कारण जस्तो विश्वको आर्थिक वृृद्धिमा देखिएको मन्दी सन् १९३८ मा देखिएको थियो । 

बुुधबार विश्वका प्रमुुख अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का नेताहरुले यो महामारीले विश्वमा पारेको क्षति कम गर्न र अर्थतन्त्रलाई पुुनः पहिलेकै अवस्थामा फर्काउन आफूहरुले जस्तोसुुकै कदम पनि चाल्न सक्ने बताएका थिए । यसका साथै उनीहरुले संयुुक्त वक्तव्यमा विश्व अर्थतन्त्रलाई पहिल्यैकै अवस्थामा फर्काउन चालिने कदम र प्रतिक्रियाहरुले रोजगार जोगाउन  र आर्थिक वृद्धिलाई पुुनस्र्थापना गर्न बलियो आधारशीला  खडा गर्ने बताएका छन् । यसका लागि आफ्ना देशहरुले ५ ट्रिलीयन डलरसम्मको राहात प्याकेज ल्याउने योजना बनाइरहेको उनीहरुले बताएका छन् । 

यति गर्दा पनि यसले अर्थतन्त्रको पीडा केही हदसम्म मात्रै कम गर्नेछ । बन्द भएका होटल, रेष्टुुरेन्ट पुुनः नखोलिए र मानिसहरु काममा नफर्किए र बन्द रहेका हवाई र स्थल यातायात पुुनः सुुचारु नभए अर्थतन्त्रको पुुनरउत्थान हुुनसक्ने छैन । 

विश्वका सरकार र केन्द्रीय बैंकले अर्थतन्त्र उकास्न चालेका केही कदमहरु यस्ता छन्:
अमेरिका 
–अमेरिकी संसदले हालै मात्र करिब २ ट्रिलीयन डलरको आर्थिक प्याकेज संसदबाट पारित गरेको छ । यसमा जनतालाई प्रत्यक्ष भुुक्तानको व्यवस्था, बेराजगारी भत्ता, र ५ सय बिलियनको ऋणको योजना सम्बन्धी कानुुन लगायतका व्यवस्था समावेश गरिएको छ । 
–अमेरिकी कंग्रेसले यसअघि नै कोरोनाको भ्याक्सिनको अनुुसन्धान र कोरोनाको जाँच र उपचारका लागि ११२ बिलियन डलर अनुदान अनुुमोदन गरिसकेको छ । 

बेलायत
–बेलायत सरकारले ३९७ डलरको ऋण ग्यारेन्टी र बन्द अवस्थामा रहेका व्यापारी, होटेल क्षेत्र, र लक्जरी क्षेत्रलाई एक वर्षको कर छुुट दिने व्यवस्था गरेको छ । यसका साथै सरकारले तीन महिनासम्म कामदारको ८० प्रतिशत तलब व्यहोर्नेछ । यसका लागि बढीमा सरकारले प्रति कामदार २९०० डलर खर्च गर्नेछ । 
– यसको अलावा बुुधबार बेलायत सरकारले अबको चौमाससम्म स्वरोजगारमा संलग्नलाई ८० प्रतिशत नगद प्रदान गर्ने प्रतिबद्धता गरेको छ । 
– बैंक अफ इंगल्याण्डले बेलायत सरकारको होल्डिङ र कर्पाेरेट बोन्ड २४२ बिलियन डलरले बढाउने जनाएको छ । 

युुरोपियन युुनियन 
–जर्मनीले ८२५ बिलियन डलरको राहत प्याकेजको घोषणा गरेको छ । जस अन्र्तगत व्यापारीलाई ऋण प्रदान गर्नुुका साथै कम्पनीमा प्रत्यक्ष स्टेक लिइनेछ । 
–फ्रान्सले साना व्यापारी र बेरोजगारका लागि ५० बिलियन डलरको राहत प्याकेजको घोषणा गरेको छ । यसका साथै उसले ३३० बिलियन डलरको संस्थागत सापटीको व्यवस्था पनि गरेको छ । 
–इटलीले कामदार र देशको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न २७.५ बिलियनको घोषणा गरेको छ । त्यस्तै स्पेनले पनि २२० बिलियनको राहात प्याकेजको घोषणा गरेको छ । 
– यूरोपेली केन्द्रीय बैंकले सन् २०२० को अन्त्यसम्म सरकारी ऋणपत्र र व्यक्तिगत धितोपत्र खरीद गर्न ८२४ बिलियन खर्च गर्ने जनाएको छ । 

चीन
–चीनले अहिलेसम्म आर्थिक राहातका लागि १६.४ बिलियन डलरको घोषणा गरिसकेको छ । त्यस्तै कर छुुट र शुुल्क घटाउन थप ११२.५ बिलियनको घोषणा गरेको छ । 
–चीनको केन्द्रीय बैंकले कोरोनाबाट प्रभावित व्यापारीका लागि १६२ बिलियनको विभिन्न ऋण योजनाहरु घोषणा गरेको छ । 

जापान
जापान सरकारले साना र मझौला कम्पनीलाई ऋण उपलब्ध गराउन आउँदो सातासम्म आर्थिक प्रोत्साहनका प्याकेजको व्यवस्था गर्न सक्नेछ । यो प्याकेज ३० ट्रिलीयन डलरको हुुनेछ ।
एजेन्सी