काठमाण्डौ । चीनबाट कोरोनाभाइरस प्रकोपको फैलावट बारे खुुलासा भएपछि करीब ४ लाख ३० हजार मानिस चीनबाट आउने सिधा उडानबाट अमेरीका पुुगेका थिए ।
न्युुयोर्क टाइम्स्मा प्रकाशित एक खबरका अनुसार यिनीहरुमध्य केही यस्ता थिए, जसले कोरोनाको उद्गमथलो वुुहानबाट सिधै अमेरीकाको यात्रा गरेका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रामा प्रतिबन्ध लगाउनुुभन्दा पहिले चीनबाट करीब १३०० सिधा उडान अमेरीकाका १७ राज्यमा अवतरण गरेका थिए र लाखौं मानिसहरु अमेरीका उत्रिएका थिए ।
खबरका अनुुसार चीनका अधिकारीले नयाँ वर्षको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय स्वास्थ्य अधिकारी समक्ष यो प्रकोपको खुुलासा निमोनिया जस्तै रहस्यमयी रोग भएको बताएपछि कम्तीमा ४ लाख ३० हजार मानिस चीनबाट सिधा उडानमा अमेरिका पुुगेका थिए । दुुवै देशले जम्मा गरेको आँकडा अनुुसार यो समूहमा ती ४० हजार मानिस पनि समावेश थिए, जसले राष्ट्रपति ट्रम्पले यात्रामा प्रतिबन्ध लगाएपछि दुुई महिना सम्म यात्रा गरेका थिए ।
खबरका अनुुसार चीनबाट आएका हवाई यात्रुुहरुको जाँच प्रक्रियामा कडाई गरिएको थिएन । जनवरीको सुुरुवाती दिनहरुमा जब चीनीया अधिकारीहरु यो भाइरसलाई कम आँकिरहेका थिए, तब चीनबाट आउने यात्रुुहरुको जाँच गरिएको थिएन, जसबाट उनीहरुमा संक्रमण छ कि छैन भनेर जाँच्न सकियोस् ।
स्वास्थ्य जाँच जनवरीको मध्यबाट मात्रै सुुरु भएको थियो तर वुुहानबाट आउने यात्रुुहरुलाई मात्रै जाँच गरिएको थियो । त्यो पनि लस एन्जलस, सान फ्रान्सिस्को र न्युुयोर्कमा मात्रै ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago