काठमाण्डौ । कोरोनाभाइरसले विश्व अर्थव्यवस्थामा पारेको सुुरुआती असरको आँकडालाई हेर्ने हो भने रोजगार गुमाउने संख्या भयावह देखिएको छ।
महामारीको यो संकटले विश्व बजारमा बेरोजगारीको दर ह्वात्तै बढाइदिएको छ। विभिन्न देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन र प्रतिबन्धहरु लगाएकाले मानिसहरुले आफ्नो रोजगारी धमाधम गुमाउनुपरिरहेको छ।
कोरोनाको प्रभावले गर्दा सहरी क्षेत्रको बेरोजगारी दर ३०.९ पुुग्ने र समग्रमा २३.४ पुुग्ने प्रक्षेपण गरिएको छ।
सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमिको साप्ताहिक आँकडालाई हेर्ने हो भने मध्य मार्चमा ८.४ प्रतिशत रहेको बेरोजगारी दर ५ अप्रिलमा बढेर २३ प्रतिशत पुुगेको छ। विश्वको सबैभन्दा ठूलो लकडाउन मानिएको भारतमा कोरोनाको कारण बेरोजगारी दरमा व्यापक बढोत्तरी भएको छ।
भारतका तथ्यांकविद प्रनव सेनका अनुुसार भारतमा कोरोनाका कारण ५ करोड मानिसहरु बेरोजगार बनेका छन्।
गत साता अमेरिकामा पनि १ करोड मानिस बेरोजगार बनेको आँकडाहरुले जनाएका थिए। लकडाउन जारी रहिरहेकाले बेरोजगारी दर अझै बढ्ने विज्ञहरुले बताइरहेका छन्।
लकडाउन र प्रतिबन्धहरु हटाइएपछि बेरोजगारी दरमा पनि बढोत्तरी हुुने हो त्यो हेर्नुु अहम हुुनेछ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19