न्यूयोर्क । कर्पाेरेट अमेरिका कोरोनाको महामारीबाट नराम्ररी प्रभावित बनेको छ । धेरैजसो व्यापार व्यवसाय जस्तै रिटेलर्स र रेष्टुुरेन्टहरु बन्द रहेका छन् । हवाई सेवा, होटेल क्षेत्र र अटो उद्योगहरु बन्द अवस्थामा रहेका छन् । यी सबै कुराले गर्दा यो वर्षको पहिलो चौमासमा र २०२० को बाँकी समयमा आम्दानी घट्ने निश्चितप्राय छ । 

कोरोना संक्रमणबाट भइरहेको मृत्युुदरमा गिरावट आउने आशासहित अप्रिलबाट सेयर बजारमा सुुधार आइरहेको छ । तर, के लगानीकर्ता र विश्लेषकहरु आम्दानी र अर्थतन्त्रलाई कोरोनाले कतिसम्म प्रभाव पार्नसक्छ भनेर आँकलन गर्न असफल भएका हुुन् त ? 

फ्याक्टसेटको प्रक्षेपण अनुुसार एस एण्ड पि ५०० मा आवद्ध कम्पनीहरुको आम्दानी गत वर्षको तुुलनामा यो र्वषको पहिलो चौमासमा १० प्रतिशतले घट्ने छ ।

यो गिरावट सन् २००९ को तेस्रो चौमासमा देखिएको १५ प्रतिशत पछिकै सबैभन्दा खराब हुनेछ । 

यस्तै तेल उद्योगका ठूला कम्पनीहरु एक्सछोन मोबिल, चेभोर्न र अटो निर्माता कम्पनी फोर्ड र एरोस्पेसको अग्रणी कम्पनी बोइङको आम्दानीमा पनि गिरावट आउने फ्याक्टसेटले प्रक्षेपण गरेको छ । 

तर वर्षको बाँकी छ महिनामा भने आम्दानीमा आउने गिरावटको तीव्रतामा कमी आउने छ । यसो हुँदा पनि विश्लेषकहरुले तेस्रो चौमासमा आम्दानी ८.५ प्रतिशत र चौथो चौमासमा १ प्रतिशतको गिरावट आउने दाबी गरेका छन्।
एजेन्सी