लण्डन । बेलायतमा कोरोनाभाइरस संक्रमणबाट एक गर्भवती नर्सको मृत्युु भएको छ, तर उनको पेटमा भएको बच्चालाई भने शल्यक्रिया गरेर जिवितै निकालिएको छ ।
मृत्युु हुने नर्स मेरी आग्येइवा आग्यापोङ नेशनल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लुुटनस्थित एक अस्पतालमा कार्यरत थिइन् । २८ वर्षे मेरीको गत आइतबार कोरोना संक्रमणबाट निधन भएको डेलीमेलले जनाएको छ ।
उक्त अस्तपालका एक प्रवक्ताले नवजात शिशुुको अवस्था सामान्य रहेको बताएका छन् ।
कोरोना संक्रमण भएको पुुष्टि भएको दुुइ दिनपछि अर्थात अप्रिल ७ मा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बेड्फर्डशर हस्पिटल फाउन्डेसन ट्रस्टका प्रमुुख कार्यकारी डेभिड कार्टरले मेरीको कामको प्रशंसा गर्दै उनको मृत्युुमा समवेदना प्रकट गरेका छन् ।
मेरीको पतिलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनी अहिले क्वारेन्टाइनमा छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago