काठमाण्डौ । कोरोनाभाइरसको चपेटाबाट विश्व समुुदाय माथि उठ्न नसकेका बेला युुरोप अमेरिका र बेलायतमा अर्काे रोगको प्रकोप देखिएको छ।
यी देशका बालबालिकामा ‘कावासाकी’ नामक भन्ने नयाँ रोग देखिएको छ। यो रोगबाट यतिबेला जवान युुवाहरु पनि प्रभावित बन्न थालेको डाक्टरहरुले चेतावनी दिएका छन्। क्यालिफोर्निया र न्युुयोर्कका ६ जना २० वर्षे कावासाकीका बिरामी युुवाहरुको उपचार भइरहेको छ। अमेरिकाको युुएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले यो दुुर्लभ रोगको पहिचानका लागि निर्देशिकाहरु जारी गरेको छ।
पहिले बालबालिकाहरुलाई मात्रै देखिएको यो रोगले अहिले युुवा वर्गलाई समेत जोखिम रहेको वैज्ञानिकहरुले बताएका छन्। विशेषज्ञहरुले यो रोगको सम्बन्धलाई कोरोनाभाइरससँग जोडेर हेरिरहेका छन्। उनीहरुका अनुुसार कोरोनाभाइरसको परिवारले नै यो भाइरस सार्न सक्ने सम्भावना रहेको बताएका छन्।
लान्सेट पत्रिकामा प्रकाशित एक रिपोटका अनुुसार गत महिना इटलीको बेरगामोमा ३० गुुणा भन्दा धेरै कावासाकीजस्तै रोगका घटनाहरु बालबालिकामा देखिएको उल्लेख गरिएको छ। यो रोगबाट प्रभावित हुुने बालबालिकाको उमेर साढे सात वर्षसम्मको पाइएको थियो।
इटलीका अनुुसन्धानकर्ताका अनुुसार कोरोना संक्रमण कावासाकीजस्ता रोगका कारण हुुन सक्ने बताएका छन्। यतिबेला युुरोप, अमेरिका र बेलायतका दर्जनौँ बालबालिबाहरु सुुन्निे रोगबाट ग्रसित बनेका छन्। यो रोग कोरोनाभाइरससँग सम्बन्धित रहेको पाइएको छ।
अमेरिकाको न्युुयोर्क प्रान्तमा तीनजना बालबालिकाको मृत्युुपछि यो रोगको घटना लुुसियाना, क्यालिफोर्निया र मिसिसिपीमा पनि पाइएको थियो। एउटा रिपोर्टका अनुुसार गत महिना बेलायतमा कावासाकीजस्तै रोगका लक्षण भएका २० जना बालबालिकालाई लन्डनको अस्पतालमा भर्ना गरिएको थियो।
लन्डनको बाल अस्पताल इभिलिनामा ८ जना बालबालिकाको उपचार गरिएको थियो। उपचारका लागि अस्पताल भर्ना गरिएका एक १४ वर्षीय बालकले ६ दिन आईसीयूमा बिताएका थिए। उनको मृत्युुपछि उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।
मेडिकल टिमका अनुुसार ती बालकलाई अस्पताल भर्ना गर्नुुअघि उनको तापमान ४० डिग्री सेल्सियस थियो। यसको अलावा उनमा पखाला, टाउको दुुखाइ र पेट दुुखाइ पनि देखिएको थियो।
लन्डनको इभिलिना अस्पतालमा भर्ना गरिएका बालबालिकामा सबैभन्दा सानो उमेर चार वर्ष थियो भने दुुइटा बालकको उमेर ६ वर्ष थियो। समूहमा दुुई बच्चा मोटा थिए, जसमा एकजना मृत थिए।
रिपोर्टका अनुुसार सुुरुआतमा सबै बच्चा स्वस्थ थिए। तीमध्ये ६ बच्चा क्यारेबियन मूलका थिए भने ५ वटा केटा थिए।
डाक्टरहरुका अनुुसार सबै बच्चाहरुमा एक खालको लक्षण देखिएको थियो। अस्पताल भर्ना गर्दा उनीहरुमा तीव्र ज्वारो देखिएको थियो भने अधिकांशमा श्वासप्रश्वासको कुुनै पनि समस्या देखिएको थिएन। त्यही पनि हृदयको समस्याका कारण ७ जनालाई भेन्टिलेटरमा राखिएको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago