काठमाण्डौ । कोरोना महामारीकाबीच भारतका ५ ठूला बैंकहरु आफ्नो पूँजीको आधारलाई बलियो बनाउनतर्फ लागेका छन् ।
प्रेस ट्रष्ट अफ इण्डिया(पिटिआई) को रिपोर्टका अनुसार यी ५ ठूला बैंकहरुमा एसबिआई बैंक, पञ्जाब नेशनल बैंक र बैंक अफ बरोदाले संस्थागत लगानीकर्तालाई वर्षको बाँकी रहेको दोस्रो ६ महिनामा सेयर बिक्री गर्ने भएका छन् ।
मर्चेन्ट बैंकिङ सूत्रले यसका लागि सबैभन्दा उपयुक्त तरिका क्वालिफाइड इन्स्टिच्यूसनल प्लेसमेन्ट(क्युआईपि) हुने र सार्वजनिक क्षेत्रका बैंंकहरुले आफ्नो दोस्रो त्रैमासको परिणामलाई अन्तिम रुप दिएपछि यो मार्ग माथि कदम उठाउने सम्भावना रहेको जनाएको छ ।
सूत्रलाई उद्धृत गर्दै पिटिआईले रिपोर्टमा बैंकहरुले आफ्नो नन पर्फमिङ एसेस्ट(एनपिए), वान टाइम लोन रिइस्टक्चरिङ, र रेटिङबारे आगामी अक्टोबरसम्म परिष्कृत चित्र हासिल गर्नसक्नेछन् ।
यस पश्चात बैंकहरुले समय, क्वानटम, मर्चेन्ट बैंकहरुको नियुक्ति र अन्य प्रक्रियाहरु सुरु गर्नसक्ने स्रोतले जनाएको छ ।
यसका साथै ५ वटा ठूला बैंकहरुमध्ये स्टेट बैंक आफ इण्डिया, पञ्जाब नेशनल बैंक, बैंक अफ बरोदा र युनियन बैंक अफ इण्डीयाले यो तेस्रो त्रैमासको अन्तिमसम्म पूँजी जुटाउनेछन् ।
सूत्रहरुले यी बैंकहरुले यसप्रकार पूँजी जुटाउने योजना बनाउनुपर्ने जनाएको छ कि तरलताको कुनै अभाव नहोस् र दुवै घरेलु र विश्वभरका लगानीकर्तालाई क्युआईपिमा सहभागी हुने पर्याप्त स्थान उपलब्ध होस् ।
पञ्जाब बैंकले वृद्धिको आवश्यकता र नियामकको आवश्यकतालाई परिपूर्ति गर्नका लागि रकम जुटाउन यसअघि नै यो आर्थिक वर्षको चौथो त्रैमासमा पूँजीबजारलाई हिट गर्ने जनाइसकेको छ ।
यसअघिको तीन महिनामा निजी क्षेत्रका बैंकहरु जस्तै आइसिआईसिआई बैंक, एक्सिस बैंक र कोटक महिन्द्रा बैंकले क्युआईपिको माध्यमबाट पूँजी परिचालन गरिसकेका छन् ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago