काठमाण्डौ। कोरोनाभाइरसले विश्वका सबैजसो देशमा नकारात्मक प्रभाव पारिरहेको छ।

यस्तोमा संयुुक्त राष्ट्रसंघको कोभिड १९ एण्ड वल्र्ड अफ वर्क रिपोटकाले विश्वमा कोरोनाभाइरसले गर्दा २.५ करोड मानिसले रोजगारी गुुमाउन सक्ने जनाएको छ। यदि संयुुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख भएजस्तै अवस्था आयो भने यसले विश्वभर बेरोजगारीको विकराल रुप लिन सक्ने देखिन्छ। तर संयुुक्त राष्ट्रसंघले यदि अन्तर्राष्ट्रियस्तरमा विश्वका सबै देशले एउटै साझा नीति अबलम्बन गरे भने केही हदसम्म यो समस्याबाट बच्न सकिने जनाएको छ। 

यो कोरोनाभाइरसले पुुर्याउने प्रभावको प्रारम्भिक रिपोटमात्रै हो। जसले कोरोनाभाइरसले २००८ को भन्दा खराब वित्तीयसंकट निमत्याउने भन्ने प्रक्षेपणलाई नकारेको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले डाक्यो आपतकालीन बैठक

कोरोनाभाइरसले विश्वभरको रोजगारीमा संकट पैदा भएपछि अन्तर्राष्ट्रिय आईइलओले आपतकालीन बैठक डाकेको छ। बैठकमा मुुख्य गरी तीनवटा मुद्दामा चर्चा गरिनेछ। जसबाट एउटा साझा निकास निकालिने प्रयास गरिनेछ। 

यसमा कार्यालयका कर्मचारीलाई छोटो अवधिको छुुट्टी, तलबी छुुट्टी र अन्य व्यवस्थाका साथै सूक्ष्म, साना, मझ्यौला र मध्यवर्गीय कम्पनीहरुलाई आर्थिक व्यवस्था र करमा छुुट दिनेजस्ता कुुरामा छलफल हुुनेछ। यसका साथै मौद्रिक नीतिमा आर्थिक क्षेत्रलाई सुुलभ ऋण प्रदान गर्ने र आर्थिक सहायता दिने प्रस्तावसमेत गरिनेछ। 

सन् २००८ को आर्थिक संकटमा २ करोड २० लाखले रोजगारी गुुमाएका थिए। 

संयुुक्त राष्ट्रसंघले कोरोनाले विश्वमा करिब ५३ लाखदेखि २ करोड ४७ लाखसम्मले राजगारी गुुमाउन सक्ने जनाएको छ। 

सन् २००८ को आर्थिक संकटको बेला विश्वभर २ करोड २० लाखले रोजगारी गुुमाएका थिए। रिपोर्टमा विश्वमा रोजगारी घट्नुुमा कोरोनाले गर्दा कम्पनीहरुको आम्दानी घट्नुु र काम गर्ने समयमा कटौती हुुनुुलाई मुुख्य कारण भनेको छ। 

गरिबी उन्मूलन गर्ने लक्ष्यमा धक्का 

कोरोनाले गर्दा बढ्ने बेराजगारीले सन् २०२० सम्म ८६० बिलियन अमेरिकी डलर देखि ३.४ ट्रिलियन डलर घाटा व्यहोनुुपर्ने हुुन सक्ने प्रक्षेपण गरिएको छ। जसको परिणामस्वरुप वस्तुु तथा सेवाको खपतमा व्यापक गिरावट आउनेछ र यसले व्यापार तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर पुुर्याउने छ। 

अहिले करिब ८८ लाखदेखि ३५० लाखभन्दा बढी मानिस गरिबीको रेखामुुनी जीवनयापन गरिरहेका छन्। यस्तोमा कोरोनाभाइरसले सन् २०२० सम्म विश्वबाट गरिबी कम गर्ने लक्ष्यमा धक्का पुुर्याउने निश्चित छ। 

कोरोनाभाइरसको प्रभावले विश्वमा आर्थिक गतिविधिमा व्यापक गिरावट आएको छ। अधिकांश बहुराष्ट्रिय कम्पनीहरुले सेवा तथा उत्पादन अनिश्चितकालका लागि बन्द गर्नुका साथै केही कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न लगाइरहेका छन्। –एजेन्सी