कहिलेकाही नामकै कारण कतिपय उत्पादनले नसोचेको सफलता पाउँछन् भने कहिलेकाही यस्तो परिस्थिति यस्तो बनिदिन्छ कि नामकै कारण त्यस्तो उत्पादनको बजार डामाडोल मात्र हुँदैन, वर्षौदेखिको अरबौंको लगानी समेत स्वाहा भइदिन्छ ।
अमेरिकाको एक बियर उत्पादन गर्ने कम्पनीलाई अहिले यस्तै आपत आइलागेको छ । कोरोना भाइरसको प्रभावले विश्व आक्रान्त भइरहेको बेला यो कम्पनीले कोरोनाको नामबाटै वर्षौअघिदेखि उत्पादन गर्दै आएको बियरको बजार डामाडोल बनेको हो ।
विश्वकै सबैभन्दा चर्चित बियर ब्राण्ड एबी इन्भेवलाई कोरोनाका कारण ठूलो प्रभाव परेको हो । खासमा यो कम्पनीले लामो समयदेखि कोरोना बियर उत्पादन गर्दै आएको थियो, यसको विश्व बजारमा निकै ठूलो माग थियो । तर, जब चीनबाट कोरोना भाइरस फैलिन सुरु भयो, त्यसबेलादेखि नै यो बियरको व्यापार चौपट बनेको मिडिया रिपोर्टहरुमा बताइएको छ ।
यो कम्पनीले फ्रस्ट क्वार्टरमा अरबौं रुपैयाँ बराबरको नोक्सानी व्यहोरिसकेको छ ।
ब्लुमबर्गको एक रिपोर्टअनुसार कोरोना बियरको विषयमा विश्वभरका मानिसहरुले मजाकले भरिएका भिडियोहरु समेत बनाइरहेका छन् र यस्ता भिडियो सामाजिक सञ्जालहरुमा तीव्र रुपमा सेयर भइरहेका छन् । कोरोना बियर भाइरस तथा बियर कोरोना भाइरस नामबाट अनलाइन सर्च समेत अहिले तीव्र देखिएको छ । गुगलको रिपोर्टलाई मान्ने हो भने कोरोनालाई लिएर गत महिना सर्चमा ११०० प्रतिशतको बढोत्तरी भएको छ ।
अमेरिकामा समेत यो बियरको बिक्री दुई वर्षको न्यून स्तरमा आइसकेको छ । न्यूयोर्कमा यो कम्पनीको सेयरमूल्यमा यो हप्ता ८ प्रतिशतको गिरावट आएको छ ।
कोरोना बियर अमेरिकाकै तेश्रो ठूलो ब्राण्ड पनि हो । पहिलो नम्बरमा गिनिज तथा दोश्रोमा हेनेकेन ब्राण्ड रहेको छ ।
कम्पनीको पहिलो त्रैमासको कमाईमा १० प्रतिशतको गिरावट आएको छ । कम्पनीको कमाईमा यो अवधिमा करिब ३२ अर्ब रुपैयाँ बराबरको झट्का लागेको छ । कम्पनीले यो नोक्सानी अझै बढ्ने आँकलन पनि सार्वजनिक गरिसकेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसबाट मर्नेको संख्या विश्वभर २८५८ माथि पुगिसकेको छ । यस्तै, संक्रमितहरुको संख्या करिब १ लाख नजिक पुगिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago