काठमाण्डौ । यो ग्रीष्म मौसममा सबैभन्दा पहिले अन्तराष्ट्रिय यात्रा गर्नसक्ने सम्भाव्य यात्रीहरु को हुुन सक्लान् ? यदि तपाइले निजी जेट भएका धनाढ्यहरु, साहसी यात्रामा उत्सुुकता भएका र वान्स एन अ लाइफटाइम हनिमुुनर्सहरु अनुुमान गर्नुु भएको छ भने तपाइले गलत हुुनुुहुुन्छ । पर्यटन व्यवसायी र हवाई यात्रुुहरुलाई परामर्श सेवा प्रदान गर्ने सेन्टीम्यान्टलेको एक नयाँ रिपोर्टले सबैभन्दा पहिले अन्तर्राष्ट्रिय यात्रा गर्नसक्ने सम्भाव्य यात्रुुहरुको वर्गीकरण गरेको छ । मे १८ मा प्रकाशित रिपोर्टमा महामारी फैलनुुपूर्व पर्यटन क्षेत्रमा देखिएका पुुनस्र्थापनाका ४० वटा घटनाहरु, ग्राहकहरुको व्यवहार र जोखिमप्रति उनीहरुको धारणालाई विश्लेषण गरिएको थियो । 

यी तत्वहरु यात्रा गर्दा उत्पन्न हुुनसक्ने सम्भावित नकारात्मक परिणामको वस्तुुगत अनुुभवसँग जोडिएका हुुन्छन् । यो रिपोर्टले मुुख्य गरी ३ प्रकारका सम्भावित यात्रुुहरुको पहिचान गरेको छ । 

१. जागिरे युुवा वर्ग  
उमेरः २० देखि ४० वर्ष 
कोरोनाबाट प्रभावित नभएका उमेर वर्गमा पर्ने युुवा कर्पाेरेट कर्मचारीहरुले सबैभन्दा पहिले अन्तर्राष्ट्रिय भ्रमण गर्न सक्ने अनुुमान गरिएको छ । यो समूहमा धेरैजसो पुुरुषहरु हुुने र यसका सदस्यहरु मुुख्य गरी वैवाहिक जीवन सुुरु नगरेका र बालबच्चा नभएकाहरु हुुने छन् । वैवाहिक जीवनमा बाँधिएका र बालबच्चा भएकाहरुले परिवारका सदस्यहरुलाई संक्रमण सार्नसक्ने जोखिम हुुने भएकाले यस्ता कर्मचारीहरु भ्रमणबाट जोगिने उल्लेख गरिएको छ । परिवार नभएका एकल कर्मचारीहरुसँग तुुलनात्मक रुपमा भ्रमण गर्नका लागि धेरै पैसा हुुनसक्ने भएकाले उनीहरु व्यवसायिक भ्रमणका दौरान विश्वभरका लक्जरी होटेलहरुमा बस्नसक्ने अनुुमान लगाइएको छ । यसका साथै उनीहरुले होटलहरुको उच्चतम सुुविधाहरु प्रयोग गर्न सक्नेछन् । 

बहुुराष्ट्रिय कम्पनीहरुले कर्मचारीहरुको सहजता र सुुरक्षाका लागि केही अतिरिक्त खर्च गर्ने भएकाले होटलहरुले यो समूहबाट धेरै आम्दानी आर्जन गर्नेछन् । रिपोर्टका अनुुसार यो समूहका कर्मचारीहरुको तल्लो व्यवथापकीय स्थानबाट मध्यस्थानमा पदोन्नति हुनसक्ने र उनीहरुले कोरोनाको अन्त्यपछि आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त गर्नसक्ने सम्भावना देखिएको छ । 

रिपोर्टका अनुुसार युुवा कर्मचारीहरुको अन्तर्राष्ट्रिय भ्रमणहरुमा वृद्धि भएसंगै उनीहरुमा आफ्नो इमानदारिता र अभुुतपूर्व क्षमता प्रदर्शन गर्ने उत्सुुकता जाग्ने जनाइएको छ । तर, उनीहरु कहाँ भ्रमण गर्नेछन् त ? निश्चय पनि भ्रमणबाट फाइदा हुुने सुुरक्षित गन्तव्यहरुमा । 

सेन्टीम्यान्टेलका सिइओ डाक्टर इल्याड ह्यारीसनका अनुुसार युुवा व्यवसायिक कर्मचारीहरुले मुुख्यगरी कोरोना संक्रमण कम भएका व्यवसायिक र वित्तीय राजधानीहरुको भ्रमण गर्नसक्ने सम्भावना रहेको छ । उदाहरणका लागि व्यवसायिक यात्राका लागि तुुलनात्मक रुपमा कोपनहेगन, र आस्लो सुरक्षित देखिएका छन् । त्यस्तै न्युु योर्क, लण्डन, पेरिस, मिलान,र म्याड्रिटमा भने संक्रमणका केसहरु धेरै देखिएका छन् । जसले गर्दा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई यइ शहरहरुको भ्रमण गर्न रोक लगाउन सक्छ । 

२.स्थानीय परिवार 
उमेरः २५ देखि ४० वर्ष 
लामो समय घरमा बसेर ब्रेक चाहने युुवा सन्तान भएका परिवारहरुले पनि सबैभन्दा पहिले अन्तराष्ट्रिय यात्राका लागि बुुकिङ गर्न सक्ने सम्भावना रहेको छ । तथापि लामो समर बिदाहरुलाई छोटा सप्तान्हहरुले प्रतिष्थापन गर्न सक्नेछन् । पहिले नै परिचित भएका गन्तव्यहरुलाई परिवारहरुले आफ्नो भ्रमणका लागि रोज्न सक्नेछन् । रिपोर्टमा स्थानीय परिवारको अर्थ आफ्नो भौगोलिक सिमाभित्रै  भ्रमण गर्ने परिवार भनेर व्याख्या गरिएको छ । यस्ता परिवारले शुुल्कमा छुुट खोज्नसक्ने र मध्यवर्गका होटलहरु रोज्न सक्ने वा त ग्रामिण क्षेत्रहरुमा रहेका एग्रो टुुरिजम ट्रिपहरु गर्नसक्ने अनुुमान लगाइएको छ । 

३.ब्याकप्याकर्स 
उमेरः १८ देखि २८ वर्ष 
संकटका बेला जोखिम मोलेर भ्रमण गर्नमा ब्याकप्याकर्सहरु अगाडि रहेकाले उनीहरुले ढिलो या त चाँडो अन्तर्राष्ट्रिय भ्रमण सुुुरु गर्न सक्ने सम्भावना उच्च रहेको छ । युुवा व्यवसायिक कर्मचारीहरु जस्तै यो समूहका व्यक्तिहरु पनि युुवा, एकल र पुुरुष हुुने गर्दछन् । यसका साथै व्यवसायिक यात्रुुहरु जस्तै यिनीहरु पनि कारणका आधारमा आफ्नो भ्रमण गर्ने गर्दछन् र भ्रमणलाई कामसँग जोड्ने गर्दछन् । तर, अहिलेको अवस्थामा उनीहरुको भ्रमणको यो उद्देश्यमा कमी देखिन्छ । उनीहरु आफू कामविहीन बनेको मौका छोपेर भ्रमणमा निस्कन सक्छन् । वा त तीन देखि १२ महिना सम्मको बिदा लिएर भ्रमण गर्न सक्छन् । यो समूहका यात्रुहरुले अन्य दुुई समुुहको तुुलनामा लामो अवधिसम्म यात्रा गर्न सक्ने र धेरै छुुट हुुनेमध्य रेञ्जका होटलहरुमा बस्नसक्ने अनुुमान गरिएको छ ।  
सिएनबिसीबाट भावानुवाद