काठमाण्डौ । कोरोनाभाइरस महामारीले एकातिर मानव स्वास्थ्यमा हमला गरिरहेको छ भने अर्कोतिर विश्व अर्थव्यवस्थालाई घुँडा टेकाइदिएको छ। यहाँसम्म विश्वमा निकै धनी र मालदार मुलुकका रुपमा चिनिने अरबी देशहरु अहिले धमाधम कर्जा माग्न थालेका छन्। 

विश्वभर लडकउानका कारण तेलको मागमा आएको कमी र बजारमा तेलको मूल्यमा आएको रिकर्डतोड गिरावटले अरबी मुलुकहरुको ठूलो आम्दानीको स्रोतमा नोक्सानी पुगेको छ। समाचार एजेनसी रोयटर्सका अनुसार कुवेतमा यस्तो कानुन बनाउन लागिएको छ, जसका माध्यमबाट कर्जा लिन अन्तर्राष्ट्रिय बजारको ढोका खटखटाउन सकियोस्। कुवेतका कानुन निर्माता चाहन्छ कि सरकार ऋण लिने र तिर्ने मामिलामा अधिक पारदर्शिता अपनाओस्। 

यो प्रस्तावित कानुनमा अहिले कुवेतको संसदीय समितिमा बहस भइरहेको छ। यो कानुनअनुसार कुवेतले ३० वर्षमा २० अर्ब अमेरिकी डलर कर्जा लिन सक्छ। 

उता साउदी अरबलाई कुनै समय ट्याक्स लागू नगर्ने देशका रुपमा चिनिन्थ्यो। अहिले त्यहाँ भ्याल्यू एडेड ट्याक्सको ५ प्रतिशत बढाएर १५ प्रतिसत गरिने घोषणा गरिएको छ। त्यस्तै मासिक आवासीय सब्सिडी पनि खारेज गरिएको छ। 

साउदी अरबले यो फैसला अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट र सरकारी आयमा २२ प्रतिशतसम्म कमी आएपछि गरेको हो। तेलका साथै साउदी अरबको ढुकुटी यमनका साथ ५ वर्षसम्म जारी युद्धका कारण पनि खाली भएको हो। 

साउदी अरबसँग पब्लिक इन्भेस्टमेन्ट फन्डको नाममा करिब ३२० अर्ब अमेरिकी डलर रकम रहेको छ। अब यो रकम उसले देशको अर्थव्यवस्था उकास्न प्रयोग गर्नेछ।

यसका साथै साउदी अरबसँग सरकारी तेल कम्पनी आरामको पनि रहेको छ। जसको कुल सम्पत्ति गत वर्ष १७ खर्ब डलर थियो। त्यतिखेर आरामकोको सम्पत्ति गुगल र एमेजनको कुल सम्पत्तिबराबर थियो। 

हालै यो कम्पनीले केवल डेढ प्रतिशत हिस्सेदारी बेचेको छ। सेयर लिस्टिङकै इतिहासमा यो कम्पनीले सबैभन्दा बढी फन्ड करिब २५ अर्ब डलर संकलन गरेको थियो। – एजेन्सी