काठमाण्डौ । नेपाली सेयर बजारले आज सोमबार अल टाइम हाई रेकर्ड बनाएकै दिन भारतीय सेयर बजारमा भने भारी गिरावट आएको छ।
कोरोनाको दोस्रो लहर भुसको आगोझैँ फैलिरहेको भारतको सेयर बजार पनि भारी गिरावट आएको हो। बजारमा पहिरो जानुमा कोरोना र लकडाउन नै मुख्य कारण रहेको बताइउको छ।
सुरआती कारोबारमा सेन्सेक्स १ हजार अंकले घटेकोमा बजार बन्द हुँदासम्म १ हजार ७०७ अंकले घटेर ४७ हजार ८८३ को विन्दुमा झरेको छ।
भारतीय सेयर बजारमा भारी गिरावट आएको आज लगानीकर्ताले एकैदिन भारु ८.४ लाख करोड (नेरु १३.४४ लाख करोड) गुमाएका छन्।
सेन्सेक्समा समावेश ३० कम्पनीको सेयरमध्ये २९ वटामा गिरावट आएको छ। बैंकिङ सेक्टरमा सबैभन्दा बढी ८.६ प्रतिशतको गिरावट आएको छ।
आज निफ्टी पनि ५२४ अंकले घटेर १४ हजार ३१० को विन्दुमा झरेको छ।
कोरोना कहर बढ्न थालेपछि भारतीय सेयर बजारमा पहिरो गएको हो। हिजो आइतबारमात्रै भारतमा एकैदिन ७० हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन्। यो हालसम्मकै एक दिनको उच्च आँकडा हो।
चौथो त्रैमास कम्पनीहरुको कस्तो वित्तीय विवरण सार्वजनिक होला भन्नेमा पनि भारतीय सेयर बजारका लगानीकर्ताहरु अलमलमा परेजस्तो देखिन्छ। लगातार दोस्रो र तेस्रो त्रैमास रिपोर्ट राम्रो आएकोमा अब कोरोनाले चौथो त्रैमास रिपोर्टमा असर गर्छ कि भन्ने द्विविधा उनीहरुमा देखिन्छ। जसका कारण लगानी गर्न उनीहरु हिच्किचाइरहेका छन्।
यिनै कारणले पनि बजारमा भारी गिरावट आएको जानकारीहरु बताउँछन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19