काठमाण्डौ । विश्व महामारीबाट यतिबेला संसारभर आर्थिक गतिविधि डामाडोल बनेको छ। विश्व अर्थतन्त्रमा आउँदो दुई वर्षसम्म असर पर्ने सम्भावना देखिएको अवस्थामा रोजगारीको अवस्था झनै जर्जर बनेको छ। 

कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाकै कुरा गर्ने हो भने विगत ४ सातामा २.१० करोड मानिसको रोजगारी गुमेको छ। यो बेरोजगारीको आँकडा अहिलेसम्मकै उच्च हो। 

अमेरिकाको श्रम विभागका अनुसार देशभर यो अप्रिल महिनाको १५ तारिखसम्म १ लाख १० हजारभन्दा बढी मानिसको रोजगारी गएको छ। त्यसभन्दा अगाडि १ लाखभन्दा बढीको रोजगारी गइसकेको थियो। 

अमेरिका अहिले कोरोनाभाइरसबाट अतिप्रभावित देश बनेको छ। अहिलेसम्म अमेरिकामा साढे ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। 

अमेरिकामा सबै सहरमा अहिले कुनै न कुनै रुपमा लकडाउन गरिएको छ। जसका कारण मानिसहरु घरभित्रै थुनिन बाध्य छन्। 

लकडाउनका कारण घरेलु उद्योगधन्दासँगै बहुराष्ट्रिय कम्पनीहरु बन्द अवस्थामा छन्। अहिले असंगठित क्षेत्रका कामदार तथा मजदुरहरु पूर्ण रुपमा बेरोजगारजस्तै अवस्थामा रहेको अमेरिकी श्रम विभागले जनाएको छ। विगभाका अनुसार अमेरिकामा यो महिनाको अन्त्यसम्म करिब २० प्रतिशतले रोजगारी गुमाउन सक्ने सम्भावना बढेर गएको छ। – एजेन्सी