काठमाण्डौ। वर्तमान समयमा विश्वमा सबैभन्दा ठूलो संख्यामा ‘बोइङ ७४७’ सञ्चालन गरिरहेको बेलायतको हवाई कम्पनी ब्रिटिस एयरवेजले ‘बोइङ ७४७’ का सबै जहाजलाई कोरोना महामारीका कारण समयअगावै सधैँका लागि रिटायर्ड गर्ने जनाएको छ।
इन्टरनेसनल कनसोलिडेटेड एयरलाइन्स गुुप्रको स्वामित्व रहेको ब्रिटिस एयरवेजले सन् २०२४ भित्र जम्बो जेटको रुपमा परिचित बोइङ ७४७ का सम्पूर्ण जहाजलाई हटाउने योजना बनाएको हो। कोरोना महामारीका कारण यात्रामा प्रतिबन्धहरु लागू भएकाले कम्पनीले चाँडै यस्तो दुुःखद् निर्णय लिनुुपरेको जनाएको छ।
यसका साथै कम्पनीले यो निर्णयलाई तत्कालै लागू हुुने गरी कार्यान्वयन गर्ने भएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण बेलायतको आकाशकी रानीका रुपमा रहेको बोइङ ७४७ को व्यावसायिक उडानलाई सदाका लागि बन्द गर्न लागेको उल्लेख गरेको छ। कम्पनीले यसको साटो कम इन्धन खपत गर्ने आधुुनिक प्रविधि भएको एयरबस र बोइङ ७८७ सञ्चालन गर्ने जनाएको छ।
ब्रिटिस एयरवेजले सन् १९७० को दशकदेखि जेट विमान उडाउन सुुरु गरेको थियो। वर्तमानका बोइङ ७४७ विमानहरु सन् १९८९ देखि १९९९ को बीचमा खरिद गरेको थियो। त्यतिबेला कम्पनीसँग ५७ वटा बोइङ ७४७ विमानहरु थिए।
विश्वमा ब्रिटिस एयरवेजभन्दा धेरै बोइङ ७४७ जापान एयरलाइन्ससँग मात्रै थियो। कम्पनीसँग अहिले ३१ वटा बोइङ ७४७ विमानहरु रहेका छन् र यिनीहरुको औसत उमेर २३ वर्ष रहेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago