काठमाण्डौ । भारतको आयुष मन्त्रालयले पतञ्जलीले कोरोना भाइरस ठीक गर्ने औषधि बनाएको विषयमा आएका समाचारहरुप्रति चासो देखाएको छ ।
बीबीसीका अनुसार मन्त्रालयले स्पष्ट भनेको छ कि पतञ्जलीले दाबी गरेजस्तो वैज्ञानिक खोज र त्यसपछि बनाइएको औषधिको विषयमा कुनै आधिकारिक जानकारी वा पुष्टि हुने खालका आधिकारिक तथ्य समेत छैन ।
पतञ्जलीले एक पत्रकार सम्मेलनमार्फत मंगलबार दिउँसो कोरोना भाइरस ठीक गर्ने औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीले आफूले उत्पादन गरेका २ औषधि आयुर्वेदिक औषधि रहेको र यसको प्रयोगबाट कोरोनाका बिरामी ठीक हुने दाबी समेत गरेको थियो ।
मन्त्रालयले पतञ्जलीले कोरोना ठीक पार्ने औषधिको नाममा मिडियाहरुमा गरिएको विज्ञापनमाथि समेत रोक लगाएको छ । यसलाई भारत सरकारले आपत्तिजनक विज्ञापनको वर्गमा समेत राखेको छ । आयुष मन्त्रालयको विज्ञप्तिअनुसार पतञ्जलीले कोरोनाविरुद्धको औषधि बनाउने कुरामा सरकारसँग कुनै पनि समन्वय गरेको थिएन । पतञ्जलीको खोजलाई पुष्टि गर्ने कुनै पनि प्रक्रिया समेत हालसम्म पूरा गरिएको छैन । यहीकारण पतञ्जलीबाट उत्पादित औषधि सर्वसाधारणका लागि खतरनाक हुनसक्ने बताइएको छ ।
मन्त्रालयले पतञ्जलीलाई कोरोना ठीक पार्ने भनी दाबी गरिएको औषधिको प्रयोग कुन अस्पतालमा कहिले भएको थियो, यसका वैज्ञानिक आधारहरु के के हुन् ? जस्ता विषयमा स्पष्टीकरण सोधेको समाचारमा उल्लेख गरिएको छ ।
मन्त्रालयले यसको स्याम्पल साइज के थियो, इन्स्टिच्यूट एथिक्स कमिटी क्लियरेन्स आएको छ कि छैन, अध्ययनसँग जोडिएका डेटाहरु कहाँ छन् भन्ने विषयमा समेत जवाफ मागेको छ ।
मन्त्रालयले वैज्ञानिक खोज तथा अनुसन्धानलाई पुष्टि गर्ने तथ्यहरु स्पष्ट नहुञ्जेलसम्मका लागि पतञ्जलीले तयार गरेको कोरोना ठीक गर्ने भनिएको औषधिको प्रचार प्रसार समेत गर्न नपाइने प्रष्ट पारेको छ ।
यसका साथै मन्त्रालयले उत्तराखण्ड सरकारको लाइसेन्सिंग प्राधिकरणसँग पतञ्जलीले उत्पादन गरेको औषधिको लाइसेन्सको कपी समेत मागेको छ र प्रडक्टलाई अनुमति दिइएको विषयको व्यहोरा समेत मागेको छ ।
भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनका एक अधिकारीले बीबीसीसँग भनेका छन्-' सामान्य परिस्थितिमा एक औषधि विकसित गर्न, उसको क्लिनिकल टायल पूरा हुन र त्यसको मार्केटिंग सुरु गर्नेमा कमसेकम पनि ३ वर्ष समय लाग्छ । असामान्य परिस्थितिमा यसको गति बढाउन सकिन्छ, त्यस्तो अवस्थामा पनि एउटा नयाँ औषधि बजारमा आउनलाई कम्तीमा १० महिना त लाग्छ नै ।'
तर, पतञ्जलीले केही हप्तामै कोरोनिल नामको औषधि तयार गरेर बजारमा ल्याउने काम गरेको छ ।
तथापि, पतञ्जली कम्पनीका सीइओ आचार्य बालकृष्णले दाबी गर्दै भनेका छन् कि उनको संस्थानले एक थर्ड पार्टीको सहयोगबाट क्लिनिकल टायल गरेको थियो, जसमा कोरोनिल सेवन गर्ने सतप्रतिशत कोभिड १९ का संक्रमितलाई राहात भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago