काठमाण्डौ । यतिबेला कोरोनाभाइरसले गर्दा विश्वको अर्थतन्त्र तहसनहस भएको छ । विश्वका ठूला र सबल अर्थतन्त्र भएका देश समेत यसको चपेटामा परेका छन् । यसले प्राय सबैजसो क्षेत्रलाई प्रभावित तुुल्याएको छ ।
कोरोनाभाइरसको प्रभावबाट छिमेकी देश भारत पनि अछुतो रहन सकेको छैन । भाइरसको प्रभावले भारतको सेयर बजार नराम्ररी थलिएको छ ।
आज भारतीय सेयर बजारमा सुुरुवाती क्रममा सेन्सेक्स इन्डेक्स १ हजार अंकको गिरावटसँगै कारोबार थालनी भएको छ । त्यस्तै, निफ्टी ५० इन्डेक्समा २९४ अंकको गिरावटसँगै ११३३८ को आँकडामा कारोबार भइरहेको छ । निफ्टीको ५० इन्डेक्समा रातो रंगमा कारोबार भइरहेको छ ।
चीनको अलावा बाँकी विश्वमा समेत तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसले विश्व बजारमा गिरावट देखिएको छ । जसको परिणाम स्वरुप बजारबाट लगानीकर्ता तीव्र गतिमा आफ्नो पैसा झिकिरहेका छन् । सेयर बजारमा बिक्री चाप अत्यधिक देखिएको छ । अमेरिकाको सेयर बजार सन् २००८ यताकै सबैभन्दा तल्लो स्तरमा पुुगेको छ ।
आज भारतीय सेयर बजारको सबैजसो समूहले रातो रंगको साथमा आफ्नो कारोबारको सुुरुवात गरेका छन् । सेयर बजार मात्रै नभई यतिबेला भारतीय रुपैयाँ समेत डलरको तुलनामा कमजोर देखिएको छ । आज डलरको तुुलनामा भारतीय रुपैयाँ ३८ पैसाले अवमूल्यन भएको छ ।
कोरोनाभाइरसले बाँकी विश्वको सेयर बजारमा गिरावट आइरहँदा नेपाली सेयर बजार भने पुुराना रेकर्डहरु तोड्दै ऐतिहासिक अंक छुुने महत्वाकांक्षी लक्ष्यका साथ अगाडि बढिरहेको छ । भाइरसले नेपाली सेयर बजार कहिलेसम्म अछुुतो रहेर जोगिन सक्छ, यो भने सबै लगानीकर्ताको चासोको विषय बनेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago