काठमाण्डौ । अमेरीकाका शीर्ष वैज्ञानिकहरुले कोरोनाभाइरसले विस्तारै विस्तारै मौसमी बिरामीको रुप धारण गर्नसक्ने चेतावनी दिएका छन् । 

अमेरीकाका संक्रमण रोगका विशेषज्ञ डा.एन्थोनी फाउचीले विश्वभर फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न असम्भव जस्तै भइरहेको बताएका छन् । 

नेशनल इन्स्टीच्यूट अफ हेल्थका संक्रमण रोग विशेषज्ञ डा. एन्थोनीका अनुुसार यो वर्ष कोरोनाभाइरसलाई नियन्त्रणमा ल्याउन सम्भव देखिन्न । यसको मतलब अर्काे फ्लुु सिजनमा कोरोनाभाइरसको संक्रमणले फेरि विकराल रुप लिन सक्छ । 

फउचीका अनुुसार कोरोनाभाइरस फेरि ब्यूँतिन सक्ने भएकाले अमेरीकाले आफ्नो तयारीलाई सशक्त बनाउँदै गइरहेको छ । उनले अमेरीकाले भ्याक्सिन बनाउन र अन्य थुुप्रै उपचारको पद्धती अबलम्बन गर्न क्लिनिकल ट्रायल गरिरहेको बताए । यसका साथै यदि फेरि कोरोनाको संक्रमण देखिए अमेरीकासंग त्यसलाई रोक्न केही न केही उपाय अवश्य हुुनेछ । 

उनले यसअघि अमेरीकाले कोरोना विरुद्धको भ्याक्सिन १२ देखि १८ महिनाभित्र बनाइसक्ने दाबी गरेका थिए । फाउचीले कोरोनाभाइरसबाट अमेरीकामा एक लाखभन्दा धेरै मानिसहरुको मृत्युु हुुन सक्ने बताएका थिए । उनले लकडाउन नगरेका देशहरुले आफूलाई खतरातर्फ धकेलिरहेको बताए । 

विश्व स्वास्थ्य संगठनका अनुुसार अहिले विश्वमा ४० वटा भ्याक्सिन परिक्षणका क्रममा रहेका छन् । यिनीहरुमध्ये अधिकांश भ्याक्सिन मानिसमा परिक्षणको चरणमा पुुगिसकेको छ ।