काठमाण्डौ । नयाँ कोरोनाभाइरसको उत्पति सम्बन्धी ज्ञानको कमीले विश्वमा अफवाह फैलाउने विभिन्न सिद्धान्त, अनुुमान र अड्कलबाजी लगाउने कार्यमा मलजल भइरहेको छ । यसमा कुुनै सिद्धान्त अविश्वसनीय छन् त कुुनै शानदार र चाखलाग्दा छन् । जस्तैः ‘यो भाइरस चिनले बनाएको जैविक हतियार हो । अमेरीकी सैनिकले यो भाइरस चीनको वुुहानमा ल्याएको हो । यो दुर्घटनाबस विज्ञान प्रयोगशालाबाट निस्किएको हो । वुुहानको जंगली वन्यजन्तुुको मासुु बेच्ने बजारबाट यो भाइरस फैलिएको हो ।’ आदि इत्यादि ।
भाइरस फैलनुुमा कुुनै राष्ट्र विशेषलाई जिम्मेवार ठहराइँदै गइरहेको छ । भाइरस फैलिएदेखि नै एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने कार्यले तीव्रता पाइरहेको छ । तर, वैज्ञानिकहरुले अन्तर्राष्ट्रिय सीमा पार गर्दै षड्यन्त्रको सिद्धान्तलाई बढावा दिइरहेका राष्ट्रवादी झुण्डको भत्र्सना गरेका छन् ।
पहिले सबै जसोले वुुहानको जंगली जनावर र मासुु किनबेच हुुने बजारबाट भाइरस फैलिएको भन्ने विश्वास गरेको मान्यतामा अहिले उनीहरु विभाजित भएका छन् । चमेरोबाट संक्रमित सालकबाट यो भाइरस मानिसमा सरेको विश्वास गरिएको छ । तर यो कसरी फैलन सुुरु भयो भन्ने सत्यता रहस्यमयी रहेको छ ।
सिएनएनले यो भाइरस कसरी फैलियो भनेर दर्जनौ भाइरससँग सम्बन्धित विज्ञहरुलाई सोधेको छ । सोधिएका सबैजसो विज्ञहरुले जसले यो भाइरसको फैलावटको दाबी गरिरहेका छन्, उनीहरु सबैले अनुुमान लगाइरहेको बताएका छन् ।
अमेरकी र चिनियाँ सरकारले जानाजानी भाइरस फैलाएको भन्ने कुरामा शून्य प्रमाण रहेको वैज्ञानिकहरुले बताएका छन् । अहिलेको मितिसम्म यो भाइरस चमेरोबाट आएको हो भन्ने सम्भावना कायमै रहेको छ । “यो एकदमै सामान्य, स्पष्ट र सम्भावित व्याख्या हो ।” कोलम्बिया विश्वविद्यालयका पब्लिक हेल्थ ग्डाड स्कुुलका प्राध्यापक र “प्रीडीक्ट”का एक मुुख्य सदस्य डा सिमोन एन्थोनीले बताए ।
जंगली जनावरमा भएका भाइरसबाट मानिसमा महामारी फैलनसक्ने सम्भावनाको अनुुसन्धान गर्न राज्य कोषबाट सञ्चालित कार्यक्रम हो प्रीडिक्ट । प्रीडिक्टले बितेको एक दशकमा १८० वटा कोरोनाभाइरसहरु पत्ता लगाएको छ ।
वैज्ञानिकहरुले कोरोनाभाइरस षड्यन्त्रको सिद्धान्त भएको कुुरा नकारे पनि अर्काेतर्फ कोरोनाको फैलावटको विषयमा उनीहरु विभाजित भएका छन् ।
कुुनै बेला वुहानको सामुन्द्रिक बजारबाट उत्पत्ति भएको सर्वस्वीकार्य मानिएको सिद्धान्तमाथि विज्ञहरुले असहमति जनाएका छन् ।
समर्थकका अनुुसार मानिस र जंगली जनावरको भिडभाड हुुने यो ठाउँको काटमार हुुने प्रकृतिका कारण यसका मानिसलाई भाइरसको फैलावटका लागि सम्भावित अपराधी ठहराइएको थियो । कोरोना संक्रमणका सुरुवाती संक्रमितहरुको यस क्षेत्रसंग कुुनै सरोकार नरहेको एक अध्ययनले सर्मथकहरुको दाबीलाई बल पुुर्याउने काम गरेको छ ।
कोरोना संक्रमणे फैलावटको अर्काे सिद्धान्त पनि छ । जसलाई पहिले फेब्रुुअरीको सुुरुवातमा दुुई चिनियाँले र पछि मार्च ३१ मा फक्स न्युुज प्रस्तोता टकर कार्लसनले प्रस्तुुत गरेका थिए । जसमा दुुईवटा प्रयोगशालाबाट दुुर्घटना भई भाइरस फैलिएको भनिएको थियो । यो प्रयोगशाला बुुहानको चमेरो मार्केटबाट नजिकै रहेको छ । तर चिनियाँ सरकार र एक प्रयोगशालाले यो सिद्धान्तलाई नकारेका थिए ।
तर, जैविक हतियारविज्ञ र रुटगर्स विश्वविद्यालयका रसायन जीवविज्ञान प्राध्यापकले विभिन्न मिडिया आउटलेट्सलाई प्रयोगशाला दुुर्घटना सिद्धान्तलाई विश्वास गर्ने थुुप्रै आधारहरु रहेको बताएका छन् । “प्रयोगशाला दुुर्घटनाबाट मानिसमा भाइरस सरेको भन्ने सम्भाव्यतालाई नकार्नै सकिदैन र नर्कानु हँुुदैन पनि ।” डा.रिचार्ड इब्राइटले सिएनएनलाई पठाएको मेलमा भनेका छन् ।
कुुनै पनि घटनामा अनुुसन्धानकर्ताहरुले जनावरबाट मानिसमा कोरोनाभाइरस सरेको विषयमा सहमति जनाएका छन । जुन घटनालाई जुुनोटिक स्पिलओभर भनिन्छ । फेब्रुुअरी महिनाको सुरुवातमा चिनियाँ अनुुसन्धानकर्ताले एक शीर्ष साइन्स जर्नलमा एउटा लेख प्रकाशन गरेका थिए । यो लेखमा उनीहरुले २०१९–एनकोभमा चमेरोमा पाइने कोरोनाभाइरसको ९६ प्रतिशत जिनोम लेभल समान पाइएको निश्कर्ष निकालेका थिए । त्यही महिना अमेरीकाका र विश्वका २७ जना वैज्ञानिकहरुले “द ल्यान्सेन्ट कन्डेमनिङ सिद्धान्तहरुको भत्सर्ना गर्दै एक पत्र लेखेका थिए । “षड्यन्त्रका सिद्धान्तहरुको त्रास र अफवाह र पूर्वागह फैलाउने बाहेक अरु केही गर्दैनन् । जसले यो भाइरस विरुद्धको लडाइमा हाम्रो सहकार्यलाई जोखिममा धकेल्छ ।” उनीहरुले लेखेका छन् ।
विगत १० वर्षदेखि चीनमा भाइरसको अन्वेषण गर्दै आइरहेका पिटर डास्जकले भने, “कोभिड १९ को उत्पत्ति चमेरोबाट मानिसमा सरेको कुुरामा हामी अति नै विश्वस्त छौ । तर यो कताबाट उत्पत्ति भयो र कुुन प्रजातिको चमेरोबाट आयो भनेर यकिन गरेर भन्न हामी सक्दैनौ । यसका साथै भविष्यमा अझै कति भाइरस उत्पत्ति हुुने हुुन भनेर पनि हामी भन्न सक्दैनौ । ”
के यो भाइरस चमेरोबाट मानिसमा सरेको थियो वा अन्य कुुनै जनावरबाट?
अनुुसन्धानकर्ताहरुले चमेरोमा पाइने भनिएको यो भाइरसलाई पत्ता लगाउने आशा गरेका छन्, जसले अहिले विश्वका हजारौं मानिसहरुलाई मारिरहेको छ । यतिबेला यो भाइरस चमेरोबाट प्रत्यक्ष रुपमा मानिसमा सरेको हो कि अन्य कुुनै मध्यवर्ती जनावरबाट सरेको हो भन्ने कुुरा वादविवादको विषय बनेको छ । डास्जक विश्वास गर्छन कि चमेरोबाट सुुरुमा यो भाइरस पाल्तुु जनावरमा सर्यो र पछि पाल्तुु जनावरलाई भाइरसका लागि उपयुुक्त वातावरण मानिने चिनियाँ मासुु बजारमा ल्याइएपछि मानिसमा भाइरस प्रवेश गर्यो ।
चीनको यो जंगली जनावरको मासुु बजारमा मरेका जनावरहरु यत्रतत्र हुुन्छन् । जनावरका रगत र मासु भुइँमा छरिएको हुुन्छ । यस्तो ठाउँ भाइरस फैलनका लागि उपयुुक्त हुने गर्दछन् । त्यहाँ मानिस मात्रै काम गर्दैनन् कि उनीहरुका बालबच्चा पनि खेलिरहेका देखिन्छन् । यो व्यापारमा संलग्न परिवारहरु त्यहीँ बस्ने गर्दछन् ।
तर लान्सेटमा प्रकाशित लेखमा यस सिद्धान्तमाथि आशंका गरिएको छ । अध्ययनका अनुुसार सुुरुवाती ४१ जना संक्रमितमध्ये एक तिहाई संक्रमितहरुको वुुहानको मासुु बजारसंग कुुनै पनि सरोकार थिएन ।
अध्ययनकाअनुुसार पहिलो संक्रमित र त्यसपछिका संक्रमितहरुमा महामारी सम्बन्धी कुुनै पनि सम्बन्ध पाइएको थिएन । पहिलो संक्रमितलाई भाइरसको लक्षण डिसेम्बर १ देखि देखिन थालेको थियो ।
वुुहानका अधिकारीहरुले सार्वजनिक स्वास्थ्य सम्बन्धी चेतावनी दिएको दुुई दिन पछि अर्थात जनवरी १ मा मासुु बजार बन्द भएको थियो । “मानिसहरु पहिल्यै संक्रमित भइसकेको माछा बजारमा गएका हुुन सक्छन् । ” कोलम्बिया युुनिर्भसिटीका माइक्रोबायोलाजि प्रोफेसर भिनसेन्ट राकानिलोले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago