काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संकटका बेला अमेजनका फाउन्डर तथा सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनाढ्यको सूचीमा पहिलो स्थान रहन सफल भएका छन्।

संकटको यो घडीमा धनाढ्यहरुको सम्पत्तिमा गिरावट आएपछि बेजोस अग्रस्थानमा रहन सफल भएका हुन्। बेजोसको कुल सम्पत्ति ११३ बिलियन डलर रहेको छ। 

फोब्र्सले सार्वजनिक गरेको धनाढ्य सूचीको दोस्रो स्थानमा माइक्रोसफ्ट पूर्वसंस्थापक बिल गेट्स रहेका छन्। उनको कुल कम्पत्ति ९८ बिलयन डलर रहेको छ।

यसैगरी तेस्रो स्थानमा एलभीएमएचका सीईओ तथा अध्यक्ष बर्नार्ड अर्नोल्ट रहेकाछन्। उनको कुल सम्पत्ति ७६ बिलियन डलर रहेको छ। त्यस्तै चौथो स्थानमा ६७.५ बिलियन डलर सम्पत्तिका साथ वारेन बफे रहेका छन्। 

फोब्र्सको यो सूचीको चौथो स्थानमा ओराकलका फाउन्डर लैरी एलिसन छन्। उनको कुल सम्पत्ति ५९ बिलियन डलर रहेको छ। 

धनाढ्यको सूचीमा भारतका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १७ औँ स्थानमा छन्। उनको कुल सम्पत्ति ४४.३ अर्ब डलर रहेको छ। 

त्यस्तै धनाढ्यको सूचीमा अग्रस्थानमा रहेका जेफ बेजोसकी पत्नी एमके बेजोस ३६ बिलियन डलरका साथ २२ औँ स्थानमा छिन्।

यसैबीच फोब्र्सको सूचीमा सूचीकृत धनाढ्यहरुको सम्पत्ति गत वर्षको तुलनामा घटेर ८ ट्रिलियन डलरमा खुम्चिन पुगेको छ। गत वर्ष धनाढ्यहरुको कुल सम्पत्ति ८.७ ट्रिलियन डलर रहेको थियो। 

त्यसो त फोब्र्सको रिपोर्टअनुसार अमेरिकी प्रधानमन्त्री डोनाल्ड ट्रम्पको गत एक महिनाकै अवधिमा १ बिलियन डलर सम्पत्ति घटेको छ। – एजेन्सी