काठमाण्डौ । मार्च महिनाको दोस्रो हप्ताको कुुरा हो–युुरोप कोरोनाभाइरसको नयाँ केन्द्र बन्दै गइरहेको थियो । विश्वको ध्यान चीनबाट हटेर युुरोपमा केन्द्रीत थियो । नभन्दै केही दिनमै इटली, स्पेन, फ्रान्स र बेलायत यो भाइरसको चपेटामा आए । आज स्थिति यस्तो छ कि यी चार देशको हालत कठीन बनेको छ । त्यहीबेला जर्मनीकी चान्सलर एन्जेला मर्केलको एउटा अभिव्यक्ति आएको थियो जसले त्यहाँका जनतालाई द्विविधा र त्रासमा पारेको थियो ।

मर्केलले जर्मनीका ७० प्रतिशत जनता अर्थात ५ करोड ८० लाख जनता कोरोनाभाइरसबाट संक्रमित हुुन सक्ने बताएकी थिइन् । जब एन्जेला कर्मेल आफू स्वयम् क्वारेन्टाइनमा बसिन्, तब त्यहाँको अवस्था पनि इटली र स्पेनको जस्तै हुुने अड्कल काटिन थाल्यो । तर, यो घटनाको एक महिनापछि अहिले स्पेन, इटली र बेलायतमा प्रत्येक दिन कोरोनाबाट मर्ने मानिसहरुको संख्या बढिरहँदा जर्मनी भने यी सबैभन्दा धेरै टाढा छ । 

जर्मनीमा कोरोनाबाट मृत्युु हुुनेको संख्या यी देशहरुभन्दा धेरै नै कम रहेको छ । यस्तोमा प्रश्न उठ्नसक्छ कि आखिर जर्मनीले त्यस्तो के गर्यो र यहाँ कोरोनाबाट मर्नेको संख्या धेरै कम छ ?

सरसर्ती हेर्दा जर्मनी र इटलीमा कोरोना संक्रमितको संख्या लगभग उस्तै उस्तै छ । ताजा आँकडा अनुुसार जर्मनीमा संक्रमितको संख्या एक लाख ७ हजार छ भने इटलीमा एक लाख ३५ हजार । त्यस्तै स्पेनमा एकलाख ४१ हजार । तर कोरोनाबाट मृत्युु हुुनेको अन्तर हेर्ने हो भने त्यो धेरै रहेको छ । 

स्पेनमा १४ हजारको मृत्युु भइसकेको छ भने इटलीमा १७ हजार भन्दा धेरैको मृत्युु भइसके्को छ । तर जर्मनीमा कोरोना संक्रमणबाट मृत्युु हुुनेको संख्या २ हजार मात्रै छ । यसरी हेर्दा जर्मनीमा कोरोनाभाइरसको मृत्युु दर जम्मा ०.३ प्रतिशत मात्रै छ । जबकि यो दर इटलीमा ९ प्रतिशत र स्पेनमा ४.६ प्रतिशत छ । तर, यस्तो हैन कि जर्मनीमा सबै कुुरा सही ढंगले चलिरहेको छ र त्यहाँ कुुनै आशंकाहरु छैनन् । जर्मनीका स्वास्थ्य अधिकारीका अनुुसार अब आउने दिनहरु जर्मनीका लागि चुुनौतिपूर्ण हुुनेछन् । 

टेस्टिङ
जानकारका अनुुसार जर्मनीले जनवरीको सुुरुवातदेखि नै जाँच गर्न सुुरु गरिसकेको थियो र टेस्ट किट पनि विकास गरिसकेको थियो । 

जर्मनीमा कोरोनाको पहिलो घटना फेब्रुअरीमा देखिएको थियो । तर त्यसभन्दा अघि नै जर्मनीले पूरै देशमा टेस्ट किटको व्यवस्था गरिसकेको थियो ।

यसको परिणाम यो भयो कि दक्षिण कोरिया जस्तै धेरै जाँच मात्रै गरिएन कि त्यस हिसाबले संक्रमितलाई अस्पतालमा भर्ना पनि गरियो।

जर्मनीको तुुलनामा इटलीमा कोरोना संक्रमण दुुई साता अघि फैलिएको थियो । तर कोरोनाबाट भएको मृत्युुको मामिलामा इटली जर्मनीभन्दा कसरी यति धेरै अगाडि पुग्यो ? वास्तवमा इटलीमा खास गरेर उत्तरी इटलीको टेक्सटाइल इन्डस्ट्रीमा चीनको ठूलो आर्थिक हिस्सेदारी रहेको छ । यहीकारण त्यहाँ संक्रमण तीव्र गतिमा फैलियो । जर्मनीमा यस्तो स्थिति थिएन । 

जानकारका अनुसार जर्मनीमा सुुरुवाती संक्रमण अष्ट्रिया र इटलीको स्की रिसोर्टबाट जर्मनीमा फैलिएको थियो । जसका कारण सुुरुवातमा कम उमेर भएका मानिस मात्रै यसबाट प्रभावित भए । तर यी सबैका बाबजुुद पनि जर्मनीले सुुरुवातदेखि नै जाँचलाई प्राथमिकतामा राख्यो।

जर्मनीका कयौं सहरमा टेस्टिङ ट्याक्सीहरु पनि चलाइयो जसले लकडाउनमा घर घरमा गएर मानिसको जाँच गर्ने काम गर्दथ्यो । जसका कारण समयमै संक्रमितको उपचार गर्न सजिलो भयो । जुुन कार्य गर्न युुरोपका अन्य देशहरु असफल भए । 

जर्मनीका स्वास्थ्य अधिकारीले मानिसहरुलाई कोरोना संक्रमणको आशंका लागे अस्पताल आउन नपर्ने र यसको लागि फोनबाट सूचना दिन र जाँचका लागि स्वास्थ्यकर्मी घरमै आउने बताए । जर्मनीले यसरी एक सातामा एक लाखभन्दा धेरै मानिसको जाँच गर्यो । समयमै जाँच गर्नुुको फाइदा यो भयो कि संक्रमितको समयमै उपचार हुुन पायो । 

संक्रमितलाई समयमै आइसोलेसनमा राखियो र यसको प्रभावकारी नतिजा देखियो । रार्बट कोंच इन्स्टिच्यूटका प्रेसिडेन्टले भने, “जर्मनीले धेरै समय पहिलेदेखि नै जाँच गर्न सुुरु गरिसकेको थियो । हामीले सामान्य लक्षण भएकालाई पनि पत्ता लगायौ जो पछि गएर अझ धेरै बिरामी हुुन सक्थे ।” 

उनले यो पनि स्पष्ट पारे कि जर्मनीमा धेरै उमेर भएका मानिस पनि संक्रमित त भए, तर धेरै कम मात्रै । इटलीमा कोरोना संक्रमितको औसत आयुु ६३ वर्ष रहेकोमा जर्मनीमा ४७ वर्ष छ । 

ट्रेसिङ र ट्रयाकिङ 
जर्मनीले जाँचका साथसाथै संक्रमित पत्ता लगाउने कार्यलाई उत्तिकै प्राथमिकता दिएको थियो । युुरोपका अन्य देशहरु र अमेरिका यस मामिलामा चुुके । तर, जर्मनीले दक्षिण कोरियाबाट संक्रमित पत्ता लगाउनेबारे पाठ सिक्यो । जानकारहरु मान्दछन् कि जाँचका साथसाथै संक्रमित पत्ता लगाउने कार्यलाई सरकारहरुले उत्तिकै प्राथमिकता दिनुुपर्दछ । 

सुुरुवातमा जर्मनीले पनि यो विषयलाई कम प्राथमिकता दिएको थियो । जसका कारण त्यहाँ संक्रमण तीव्र गतिमा फैलिएको थियो । तर जब जर्मनीले यो कुुरामा ध्यान दिन थाल्यो, उनीहरुले संक्रमित मानिसहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिचान गर्नुुका साथै उनीहरुको उपचारमा समेत कुुनै ढिलाई गरेनन् । 

जर्मनीले यही ट्रयाकिङको कारण स्कुुलहरुलाई पहिल्यैदेखि बन्द गर्यो र ठूलो संख्यामा मानिसहरुलाई आइसोलेसनमा राख्यो । 

स्वास्थ्य सेवा प्रणाली 
जर्मनीको सबल र प्रभावशाली स्वास्थ्य प्रणालीको पनि यस मामिलामा तारिफ भएको छ । जर्मनीले समय बाँकी छदै आइसियुुको संख्या बढायो र बेडको संख्या बढाउने कुरामा पनि ध्यान दियो । 

जर्मनीका एक डाक्टर सुजैन हेराल्ड बताए कि जर्मनीले आफ्नो क्षमता यति बढाइसकेको छ कि अब उ इटली, फ्रान्स र स्पेनबाट आउने संक्रमितको उपचार पनि गरिरहेको छ । 

जनवरीमा जर्मनीसंग भेन्टीलेटरयुुक्त आसियुुको संख्या २८ हजार थियो । तर अहिले यो संख्या बढेर ४० हजार पुुगिसकेको छ । 

जर्मनीको स्वास्थ्य प्रणालीको यसकारण पनि तारिफ गरिदै छ कि यहाँ यस्तो गम्भीर रोगका लागि १ हजार मानिस मध्ये ६ जनाका लागि आइसियुु बेड उपलब्ध छ । 

फ्रान्समा यो औसत ३.१ छ भने स्पेनमा २.६ र बेलायतमा २.१ बेड मात्रै छ । जर्मनीमा स्वास्थ्य सेवा पूर्ण रुपमा निशुुल्क छ । जसले गर्दा त्यहाँका मानिसलाई अझ धेरै सजिलो भयो र उनीहरुले खुुलेर अगाडि आएर संक्रमणको जानकारी दिए । 

सरकारलाई प्राप्त भयो भरपुुर समर्थन 
यि सबैका अलावा जर्मनीले समयमै कडा कदम पनि उठायो । चाहे त्यो सीमा बन्द गर्ने निर्णय होस् या त सामाजिक दुुरी कायम राख्ने विषय । 

मार्च महिनाको अन्तिममा चान्सलर एन्जेला मर्केलले सार्वजनिक स्थानमा तीनजनाभन्दा धेरै मानिस भेला हुुन नपाउने घोषणा गरेकी थिइन् । 

सामाजिक दुुरी कायम र अन्य प्रतिबन्धलाई पालना गर्न जर्मनीका जनताले मर्केललाई भरपुुर साथ र सहयोग गरे । जर्मनीका जनतामा जागरुकताको स्तर पनि धेरै नै देखियो । जसका कारण देशमा पूर्ण लकडाउन नहुँुदा पनि जनताले प्रतिबन्धहरुको राम्रोसँग पालना गरे । जर्मनीमा कम मानिसको मृत्युु हुुनुुको यो पनि एउटा कारण हो । 

आउने समयमा चुुनौति 
यी तमाम सकारात्मक कुुराका बाबजुुद पनि जर्मनीका स्वास्थ्य अधिकारीहरुलाई केही चिन्ताले सताइरहेको छ । कयौं जानकारका अनुुसार जर्मनीमा अझै खराब दिन आउन बाँकी नै छ । 

कोरोना संक्रमणबाट मृत्युु हुुनेको संख्या कम भए पनि जर्मनीमा संक्रमितको संख्यामा भने कमी छैन । द बर्लिन स्पेक्टेटरमा प्रकाशित रिपोर्टका अनुुसार जर्मनी आफूलाई मुुश्किल समयका लागि तयार पारिरहेको छ । 

जर्मनीका मन्त्रि हेल्गे ब्राउनका अनुुसार जर्मनीलाई यतिबेला संक्रमितको संख्याले सताइरहेको छ । 

(बीबीसीबाट भावानुदित)