काठमाण्डौ । अमेरिकामा यतिबेला कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । यो महामारीको बीचमा पनि अमेरिकी जनताले पछिल्लो महिना रेकर्डतोड हतियार खरीद गरेका छन् । अमेरिकी जनताले पछिल्लो महिना खरीद गरेको यो हतियार बितेको २० वर्षकै सबैभन्दा धेरै हो । संकटको बेला जनताले हतियार खरीद गर्नुुको आखिर कारण के हो ? 

प्रत्येक दिन मृत्युुको आँकडा बढिरहँदा देशमा कुुनै न कुुनै रुपमा लकडाउन हुुनुुका बाबजुुद पनि कयौ अमेरिकी जनता हतियार खरीदलाई महामारीसँगको लडाइमा अहम मानिरहेका छन् । विशेषज्ञकाअनुुसार यस्तो केवल सामाजिक अव्यवस्थाबाट पैदा भएको त्रासका कारण मात्रै भइरहेको छैन । 

यि आँकडाबाट के थाहा पाउन सकिन्छ ?
अमेरिकामा घरेलुु अपराधको जाँच गर्ने एजेन्सी एफबिआईले(फेडेरल ब्युुरो अफ इन्भेस्टीगेसन) मार्च २०२० मा ३७ लाख ब्याकग्राउण्ड चेक गरेको थियो । यो सन् १९९८ पछिकै सबैभन्दा ठूलो ब्याकग्राउण्ड चेक हो । 

एफबिआइले सन् १९९८ मा नै इन्स्टेन्ट ब्याकग्राउण्ड चेक प्रोग्रामको थालनी गरेको थियो । यी आँकडाका अनुुसार सन् २०१९ मार्चको तुुलनामा सन् २०२० मार्चमा यसमा ११ लाखको बढोत्तरी भएको छ । २१ मार्चमा मात्रै २ लाख १० हजार ब्याकग्राउण्ड चेक गरिएको थियो । 

यो एक दिनको सबैभन्दा ठूलो आँकडा हो । अमेरिकी मिडियाका अनुुसार एफबिआइको आँकडाबाट यो वर्षको मार्चमा मात्रै २० लाखभन्दा धेरै हतियार(गन, फायरआम्र्स) खरीद गरिएका छन् । 

भागदौड जस्तै माहौल 
हतियार खरीद गर्ने मामिलामा इलिनोइस् प्रान्त सबैभन्दा अगाडि रहेको छ । यो प्रान्तमा मार्च महिनामा ५ लाख हतियार बिक्री भएको थियो । इलिनोइस् पछि हतियार खरीद गर्नेमा टेक्सस, केन्टुुकि, फ्लोरिडा र क्यालिफोर्निया अगाडि रहेका छन् । 

पुुरै अमेरिकामा रहेका हतियार बिक्री गर्ने कम्पनीहरुले मानिसहरु हतियार खरीद गर्न मरिहत्ते र भागदौड गरिरहेकाले आफ्नोमा स्टक सिद्धिएको बताइरहेका छन् । मार्च महिनामा बिक्री भएको हतियारको आँकडाले पहिले ३३ लाख बिक्री भएको पुुरानो रेकर्डलाई उछिनेको छ । जुुन रेकर्ड सन् २०१५ डिसेम्बरमा कायम भएको थियो । 

त्यसबेला ओबामा प्रशासनले असल्ट राइफलको बिक्री माथि प्रतिबन्ध लगाउनसक्ने सम्भावनातर्फ इशारा गरेका थिए । क्यालिफोर्नियाको बर्नाडिनोमा भएको मास सुुटिङको घटनालाई मध्यनजर गर्दै ओबामा प्रशासनले हतियार बिक्रीमाथि प्रतिबन्ध लगाउने कदम चाल्न लागेका थिए । 

हतियारको बिक्रीले किन आकाश छुुइरहेको छ ?
जर्जिया युुनिर्भसिटी ल स्कुुलका प्राध्यापक टिमोथि लिट्टन अमेरिकी हतियार उद्योगका विशेषज्ञ मानिन्छन् । लिट्टनका अनुुसार कोरोना महामारीको यो घडीमा पनि हतियारको बिक्री बढ्नुुको पछाडि दुुई कारण रहेको बताउँछन् । पहिलो कारण: जनतामा सिभिल सोसाइटी(जसमा प्रहरी प्रशासन, अग्निनियन्त्रक र स्वास्थ्य सेवा पर्दछन)को अवस्था कुुनै दिन नराम्ररी बिग्रनसक्ने त्रास रहेको छ । जसका कारण नियम कानुुनको अवस्था कमजोर हुुनसक्छ । 

टिमोथिका अनुुसार यस्तो अवस्थामा आफुुलाई बचाइरहनका लागि हतियार नै मुुख्य ढाल हुुन सक्छ । दोस्रो कारणः सरकारले जनताको निजी मामिलामा हस्तक्षेप गर्दे हतियार राख्न पाउने अधिकारमाथि नियन्त्र गर्न सक्ने भएकाले अमेरिकी जनताहरु ठूलो मात्रामा हतियार किनिरहेका छन् । 

हतियार राख्न पाउने हक
अमेरिकी संविधानमा जनतालाई हतियार राख्न पाउने अधिकार दिइएको छ । लिट्टन भन्छन्,“सार्वजनिक स्वास्थ्यमा उठाइएका कयौं कदम, घरमै बस्न दिइएका निर्देशन, आवतजावतमा लगाइएको प्रतिबन्ध र जनतालाई मन परेको वस्तुु खरीद गर्न लगाइएको रोक जस्ता उपायहरुले जनतालाई उनीहरुको स्वतन्त्रता खोसिने आभास भएको छ । ”

टिमोथिले बिबिसीलाई केही हदसम्म यी दुुवै कारण एक अर्कासँग भिन्न भएको बताए । उनले भने, “केही जनतालाई लागिरहेको छ कि सरकार कमजोर बनिरहेको छ र उसले जनताको सुुरक्षा गर्न सक्ने छैन । अर्काेतर्फ केही जनतालाई लागिरहेको छ कि सरकार थप मजबुत बनिरहेको छ र जनताको स्वतन्त्रतामाथि अंकुुश लगाउन सक्छ ।” 

मैले आफ्नो लागि पहिलो हतियार किन खरीद गरे ?
हालै गन खरीद गरेका एक व्यक्तिले बिबिसीलाई आफूले १२ मार्चमा हतियार खरीद गरेको बताए । 

एनबिएको सबै खेल रद्ध गर्ने घोषणा गरेको अघिल्लो दिन उनले हतियार खरीद गरेका थिए । आफ्नो नाम गोप्य राख्ने सर्तमा उनले आपतकालीन अधिकारीहरुले जारी गरेको निर्देशन देखेर आफूले हतियार खरीद गरेको बताए । आपतकालिन अधिकारीहरुले अमेरिकी जनतालाई आपूर्तिमा समस्या भइरहेकाले केही दिनका लागि खाने पिउने चिजको बन्दोबस्त गर्न आह्वान गरेका थिए । 

क्यालिर्फोनियाको बर्कलेमा बसोवास गर्ने र अहिले क्यालिर्फोनियामा सरेका यि व्यक्तिले भने,“मलाई लाग्छ कि यो सानो घटना भए पनि म एउटा अस्थायी नागरिक अव्यवस्थित हुुनसक्ने सम्भावनालाई नकार्न सक्दैन र त्यस बेला म पूर्ण रुपमा प्रहरी प्रशासनमाथि विश्वास गर्न सक्दिँन ।” उनले भने “यस्तो अवस्थामा गन एउटा सस्तो इन्स्योरेन्स हुुनसक्छ ।”

खाने पिउने चिजको भण्डारण गर्नुु राम्रा हो, तर यदि यसलाई जोगाउन सकिएन भने त्यो अर्थहीन हुुनेछ । उनले आफ्नो तर्क प्रस्तुुत गरे । 

कस्तो छ प्रतिक्रिया?
केही राज्यले हतियार बिक्री गर्ने पसलहरु एक आवश्यक कारोबारको रुपमा चालुु राख्ने अनुुमति दिएको छ । तर जारी लकडाउनका कारण ९० प्रतिशत भन्दा अमेरिका बन्द रहेको छ । न्युुयोर्क, मैसाचुुसेट्स र न्युु मेक्सिकोका पसलहरु बन्द गरिएका छन् तर यिनीहरुलाई अनलाइन विक्री गर्न अनुुमति दिइएको छ । 

अमेरिकी सरकारले पसलहरु बन्द गर्न आदेश दिएको छ । तर यी पसलहरु यसका बाबजुुद पनि खुुला नै रहेका छन् । हतियार नियन्त्रणको वकालत गर्नेहरुले हतियार पसलहरु बन्द गर्ने निर्णय सही भएको बताएका छन् । 

हतियारको बिक्रीले कसलाई असर पर्छ ?
अमेरिकी घरेलुु राजनीतिको हतियार बिक्रीमा प्रभाव पर्ने गर्दछ । डेमोक्रेटिक उम्मेद्वारलाई हतियार राख्ने अधिकार माथि अंकुुश लगाउनेको रुपमा हेर्ने गरिछ । 

अर्काेतर्फ राष्ट्रपति ट्रम्प लगायत रिपब्लीकन पाटीका मानिसलाई हतियार राख्ने अधिकारको सर्मथकका रुपमा हेर्ने गरिन्छ । राष्ट्रपति बाराक ओबामाको दुुई पटकको जीत पछि हतियारको बिक्रीमा तीव्रता आएको थियो । 

यो विक्री सन् २०१६ मा शिखरमा पुुगेको थियो । त्यति बेला हिलारी क्लिन्टन राष्ट्रपति चुुनावमा अगाडि देखिएकी थिइन् । यस्तो लागिरहेको थियो कि ओबामा चुुनाव हार्ने छन् । 

ट्रम्पको जितपछि हतियारको बिक्रीमा गिरावट आयो । मास सुुटिङको घटनापछि हतियार समर्थकहरुलाई सरकारले हतियार नियन्त्रणको निर्णय गर्नसक्छ भन्ने त्रासले सतायो । यहीकारण हतियारको बिक्रीमा बढोत्तरी भएको छ । लिट्टनले भने,“मानिसहरुको त्रास र चिन्ताको स्तरमा हुुने उतारचढावसँगै हतियारको खरीदबिक्रीमा पनि घटबढ भइरहन्छ ।” 

(बीबीसीबाट भावानुदित)