काठमाण्डौ । भारतले २१ दिन लामो लकडाउनलाई अझै २ साता लम्ब्याउने भएको छ ।
भारतीय मिडियाहरुले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी निकटका स्रोतहरुलाई हवाला दिंदै यस्तो समाचार प्रकाशित गरेका हुन् ।
नरेन्द्र मोदीले यसअघि घोषणा गरेका २१ दिन लामो लकडाउन अप्रील १४ को मध्यराति सकिँदैछ । त्यसपछि पनि लकडाउन लम्बिने विषयमा मोदीले अप्रील १२ वा १३ मा देशबासीलाई सम्बोधन गरी घोषणा गर्नेछन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आज नेपालका प्रधानमन्त्रीले झै त्यहाँका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गरेका थिए । यो क्रममा अधिकांश मुख्यमन्त्रीहरुले लकडाउनको अवधि बढाउने सुझाव दिएका बताइएको छ । यसपछि मोदीले लकडाउनलाई पुनः २ हप्ता बढाउने संकेत दिएका समाचारमा उल्लेख छ ।
लकडाउन बढाएसँगै सरकारले देशका किसानहरुका लागि राहात प्याकेज ल्याउने समेत तयारी गरिरहेको समाचारमा बताइएको छ ।
भारतले २१ दिन लामो लकडाउन घोषणा गरे पनि त्यहाँ कोरोना संक्रमितको संख्या घट्नको साटो बढिरहेको छ । भारतमा शनिवार मात्रै १ हजार बढी नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या बढेर साढे ७ हजार पुगिसकेको छ । हालसम्म त्यहाँ २३९ संक्रमितको ज्यान गइसकेको छ ।
नेपालसँग खुल्ला सीमाना भएका कारण भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकाले नेपाल उच्च जोखिममा छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago