काठमाण्डौ । नेपालसँग खुल्ला सीमाना जोडिएको भारतमा कोरोना संक्रमण दैनिकजसो बढ्न थालेपछि अवस्था जटिल बन्दै गएको छ ।
भारतले जारी गरेको २१ दिने लकडाउनको अवधि १४ अप्रीलमा सकिँदैछ । तर, लकडाउन अवधिमै भारतमा कोरोना संक्रमण भूसको आगो झै सल्किरहेको देखिएको छ ।
भारत सरकारले २१ दिने लकडाउनलाई अझै २ साता लम्ब्याउने रणनीति लिएको छ, जसको घोषणा आज(सोमबार) हुने संभावना छ ।
देशमा लकडाउन जारी राखिए पनि कोरोना संक्रमितको संख्यामा सुधार हुनको साटो उल्टो बढ्न थालेपछि भारतका अगाडि लकडाउन बाहेक अर्को विकल्प देखिन्न ।
पछिल्लो केही दिनमा भारतमा कोरोना संक्रमणको रफ्तार अपत्यारिलो ढंगले बढिरहेको छ । यो तीव्रता आइतबार समेत जारी रह्यो ।
आइतबार पनि भारतमा एकैदिन ४३ संक्रमितको मृत्यु भयो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा भारतमा ३३१ पुगेको छ ।
आइतबार पनि भारतमा झण्डै १ हजार नयाँ संक्रमित थपिए । योसँगै भारतमा कोरोनाबाट कुल संक्रमित हुनेको संख्या साढे ९ हजार आसपास पुगेको छ ।
शनिवार पनि भारतमा एकैदिन ३९ संक्रमितको ज्यान गएको थियो । त्यो दिन पनि भारतमा १ हजार नयाँ संक्रमित फेला परेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago