न्यूयोर्क । कोरोनाभाइरस महामारीले अमेरिकाको न्यूूयोर्क सहर सबैभन्दा धेरै प्रभावित छ । अमेरिकामा सबैभन्दा धेरै मृत्युु यहीँ भएको छ। अब डाक्टर भन्छन्–‘कोरोना बिरामीका लागि भेन्टिलेटरमा राख्दा मृत्युुको मामला बढिरहेको छ ।’ 

विशेषज्ञले भनेका छन् कि श्वास लिन अप्ठ्यारा भएका ४० देखि ५० प्रतिशत बिरामीको मृत्युु भेन्टिलेटरमै भएको छ ।

यद्यपि न्यूूयोर्कमा भेन्टिलेटरमा ८० प्रतिशत वा सोभन्दा बढी मानिसको मृत्युु भइरहेको छ । कतिपय डाक्टर भन्छन्–‘हुुनसक्छ भेन्टिलेटरका समयमा बिरामीलाई नोक्सान पुगिरहेको छ किनकि बिरामीको फोक्सोमा सानो स्थानमा उच्च दबाबले अक्सिजन हालिन्छ । यस्तोमा बिरामीलाई भेन्टिलेटरमा राख्नबाट बञ्चित छन् किनकि उनीहरुलाई लाग्छ यसले बिरामीलाई हानी पुर्याउनसक्छ ।’

गम्भीर बिरामीको मृत्युु अधिक संख्यामा
भेन्टिलेटरमा फोक्सोले काम गर्न बन्द भएका बिरामीलाई राखिने गरेको डाक्टरहरु बताउँछन् । यस्तो अवस्थामा बिरामीको गलामा एक ट्युुब हालिएको हुुन्छ र सो ट्युुबको मद्धतले अक्सिजन पुर्याइन्छ । गम्भीर स्थिति भएका बिरामीको ठूूूलो संख्यामा मृत्युु भइरहेको छ । यस्तो अवस्थामा , डाक्टरहरुले भेन्टिलेटरमा राख्नुुका सट्टा अन्य उपायहरुलाई प्राथमिकता दिइरहेका छन् ।

अमेरिकन लंग एशोसिएसनका प्रमुुख चिकित्सा अधिकारी डाक्टर अलबर्ट रिजोका अनुुुसार अमेरिकामा सामान्यदेखि अधिक मृत्युुदरको देखिइरहेको छ । टोरेण्टो जनरल अस्पतालमा श्वास मामलाका विशेषज्ञ डाक्टर ऐडी फान भन्छन्–‘भेन्टिलेटर फोक्सोलाई चोट र क्षति गर्न सक्छ ।’ 

यसबीच अमेरिकामा कोरोना भाइरसले मर्नेको संख्या २२ हजार ११५ पुुगिसकेको छ भने बितेको २४ घण्टामा अमेरिकामा १ हजार ५१४ जनाको मृत्युु भएको छ ।
एजेन्सी