काठमाण्डौ । यतिबेला कोरोनाभाइरसले गर्दा विश्वको आर्थिक गतिविधिहरु लगभग शून्यप्राय बनेको छ । विश्वको अर्थतन्त्रमा तीव्र संकुुचन आइरहेको छ । आर्थिक स्थिरताका लागि स्वास्थ्य संकटलाई तत्कालै सम्बोधन गर्न आवश्यक रहेको छ । तर, विशेषज्ञहरुले यो कुुराको पनि आँकलन गर्न शुुरु गरिसकेका छन् कि भाइरसलाई नियन्त्रण गरिसकेपछि अर्थतन्त्र कसरी उकासिन्छ र यसमा कुुन देश अगाडि रहने छ । यसलाई राम्रोसँग बीबीसीले सन् २०१९ को रेजिलियन्स इन्डेक्स हेरेको थियो । 

यो सुुचकांकलाई बिमा कम्पनी एफएम ग्लोबले बनाएको हो । यसमा राजनीतिक स्थिरता, कर्पाेरेट गर्भनेन्स, सप्लाई चेन, लजिस्टिक र पारदर्शिताको आधारमा १३० देशमा कारोबार र व्यापार व्यवसायको लचिलोपनलाई हेरिएको छ । यसका लागि बीबीसीले भाइरस रोक्न थालिएका सरुवाती प्रयासहरुलाई यो र्याङ्किङसँग मिलाएर हेरेको थियो । 

यसपछि ती देशहरुको पहिचान गरेको थियो, जुुन यो संकटमा टिकिरहन्छन् र जसको पुुनः लयमा फर्कने सम्भावना धेरै छ । यसका साथै बीबीसीले ती देशका विशेषज्ञहरुसँग पनि कुुराकानी गरेको थियो र उनीहरुसँग अहिले त्यहाँ कस्तो समन्वय बनिरहेको र भविष्यमा कस्तो अवस्था बन्दैछ भनेर जानेको थियो । 

डेनमार्क
डेनमार्क सप्लाई चेन ट्रयाकिङ र न्यूनतम भ्रष्टाचारका कारण सूचकांकको दोस्रो स्थानमा रहेको छ । डेनमार्कले समाजिक दूरीलाई कोरोना देखिएको सुुरुवाती चरणमै लागू गरेको थियो । डेनमार्कले ११ मार्चदेखि नै स्कूल र कम आवश्यक व्यवसायहरु बन्द गरेको थियो र १४ मार्चदेखि विदेशीलाई आउन रोक लगाएको थियो । 

त्यतिबेला यहाँ कोरोना संक्रमण नगन्य संख्यामा थियो । डेनमार्कले चालेको कदम प्रभावकारी बन्यो । सामान्य फ्लू पनि गत वर्षभन्दा ७० प्रतिशत कम भएको छ । 

कोपनहेगनका पिसअप टुुर्सका म्यानेजिङ पार्टनर रैस्सम आरुपलाई पहिले सरकारको कदमप्रति शंका लागेको थियो तर अहिले उनलाई सरकारले सही काम गरिरहेको जस्तो लाग्दैछ । 

यतिबेला डेनमार्कमा मिडिया र सामाजिक सञ्जालमा सामफन्डसिन शब्दको अत्यधिक प्रयोग र चर्चा भइरहेको छ । जसको अर्थ हुुन्छ सिभिक सेन्स अर्थात सिभिक ड्युुटि । 

डेनमार्कमा अधिकांश मानिसहरु सार्वजनिक स्वास्थ्यका लागि निजी हितलाई पछाडि राख्नुुलाई नैतिक जिम्मेवारी ठान्ने गर्दछन् । त्यहाँका जनताहरु सरकारले १४ मार्चमा घोषणा गरेको आर्थिक प्याकेजको प्रशंसा गरिरहेका छन् । यसमा कर्मचारीहरुको केही हिस्सालाई पनि समेटिएको छ । 

तर, अहिले पनि नियमहरु पूर्ण रुपमा निर्धारण गरिएका छैनन् । यसले अनिश्चितता बढेको छ र रोजगारीहरु पनि गुुमिरहेको छ । तर, पनि दैनिक ज्यालादारी गर्ने मजदुरहरुको ९० प्रतिशत हिस्सा व्यहोर्ने र जागिर पेसा गर्नेको ७५ प्रतिशत तलब दिने जस्ता उपायहरु अन्य देशका लागि अनुुकरणीय हुुनसक्छ । 

यी उपायहरु सस्तो छैनन् । यसको लागत डेनमार्कको जिडिपिको १३ प्रतिशत रहेको छ । डेनमार्कका जनता विश्वसंकट र डेनमार्कको आर्थिक भविष्य विश्वले कसरी खुुल्ला व्यापारलाई निरन्तरता दिन्छन्, त्यसमा निर्भर हुुने मान्दछन् । आरुप भन्छन्, “केही गम्भीर नतिजाबाट बचेर त्यसको फाइदा उठाउन डेनमार्क सफल हुुनसक्छ । यो बेला डेनमार्कको विकसित औषधि क्षेत्रले फाइदा उठाउन सक्छ । तर अन्य देश संकटमा रहेको बेला यसो गर्नुुपर्दा गौरव गर्ने कुुनै कारण बाँकी रहदैन ।” 

सिंगापुर

बलियो अर्थव्यवस्था, सबल पूर्वाधार, न्यूनतम राजनीतिक जोखिम, कम भ्रष्टाचारका कारण सिंगापुुर सूचिमा अगाडि रहेको छ । 

रेजिलियन्स र्याङकिङमा सिंगापुुरको स्थान २१ औंमा छ । 

भाइरस रोक्न सिंगापुुरले तीव्र गतिमा काम गरेको थियो र संक्रमणको दरलाई धेरै माथि जान दिएको थिएन । डेटा एनालिसिस प्लेटफर्म कोनिग्लेका लागि काम गर्ने कन्स्टेन्स टान भन्छन्, “हामीलाई सरकारप्रति भरोसा छ । सरकारले भाइरस रोकथाम गर्न चालेका सबै कदमहरु पारदर्शी छन् । सरकारले यसका लागि केही लागूु गर्न चाहन्छ भने हामी त्यसलाई मान्न तयार छौं ।” 

च्यानल न्यूज एशियाको रिपोर्टका अनुसार नियम मिच्नेको पासपोर्ट र वर्क पास जफत गरिँदैछ । एउटा सानो देशको रुपमा पुुनः लयमा फर्कन सिंगापुुर बाँकी विश्वको प्रतिक्षा गरिरहेको छ । तर, पनि यहाँका जनता आफ्नो भविष्यको ताकतमा विश्वास गरिरहेका छन् । 

संयुक्त राज्य अमेरिका

अमेरिकाको ठूलो भुुभागको आधारमा सूचकांकमा उसलाई पश्चिम, मध्य र पूर्वी क्षेत्रमा विभाजित गरिएको छ । यी क्षेत्र ९ औं, ११ औं र २२ औं स्थानमा रहेका छन् । 

समग्रमा अमेरिकाको र्याङकिङ राम्रो छ, किनकि अमेरिकामा व्यवसायमा जोखिम कम छ र आपूर्ति प्रणाली पनि बलियो छ । न्यूयोर्क जस्तो ठूलो शहरमा कोरोना संक्रमणलाई नियन्त्रणमा राख्नुु चुुनौतिको विषय हुुन सक्छ । 

आधाभन्दा धेरै प्रान्तमा प्रतिबन्धका कारण बेरोजगारी दर पहिले नै ऐतिहासिक रुपमा बढिरहेको छ । तर अर्थतन्त्रलाई स्थिर राख्न अमेरिकी सरकारले प्रोत्साहनका उपायहरु घोषणा गर्न ढिलाई गरेन । सामाजिक दुुरीको व्यवस्था पनि लागू गरियो, जसका कारण सकारात्मक नतिजाहरु आउन थालेका छन् । 

गोल्डम्यान स्याक्स र मोर्गन स्टेन्ली जस्ता वित्तीय संस्थाहरु भि सेप रिकभरीको भविष्यवाणी गरिरहेका छन् । सल्लाहकार फर्म म्याकिन्सेको भरोसा पनि आशावादी रहेको छ । उसको अनुुमान सार्वजनिक स्वास्थ्य उपाय र २ ट्रिलिएन डलरको प्रोत्साहन प्याकेजको सफल कार्यान्वयनमा निर्भर हुुने छ । 

अमेरिका विश्वभरको अर्थतन्त्रका लागि महत्वपूर्ण छ । विश्व अर्थतन्त्रको जीडीपीको एक चौथाई हिस्सा अमेरिकाको रहेको छ । विश्व अर्थतन्त्रले कसरी पुुनः लय समात्छ, यो सबै अमेरिकामा निर्भर रहनेछ । 

नोट्रे डेम युुनिर्भसिटीका अर्थशास्त्रका प्राध्यापक एरिक सिम्स भन्छन्,“अर्थतन्त्रमा लागेको ठूलो झट्का र सम्भावित दिर्घकालीन बदलावबाट उम्कन अमेरिका सक्षम छ । श्रम बजारमा रहेको प्रतिबन्धहरु हल्का छन् । अमेरिकी फेडरल रिर्जभ र बैंक अफ इंग्लाण्ड लगायत अन्य केन्द्रीय बैंकको तुुलनामा मौद्रिक समायोजन गर्नको लागि राम्रो स्थितिमा छन् । ट्रम्प प्रशासनले अमेरिकी अर्थतन्त्रलाई लयमा फर्काउन भाइरसबाट कम प्रभावित क्षेत्रमा आर्थिक गतिविधिलाई जारी राख्ने प्रस्ताव गरेको छ ।

रुवान्डा
कर्पोरेट गर्भनेन्समा हालै भएको सुुधारका कारण रुवान्डाले सूचकाङ्कमा लामो छलाङ मारेको छ । ३५ स्थानको छलाङ मार्दे रुवान्डा ७७ स्थानमा पुुगेको छ । अफ्रिकी देशमा रुवान्डा चौथो स्थानमा रहेको छ । 

सबैभन्दा महत्वपूर्ण कुुरा सन् २०१९ मा छिमेकी देश कंगोमा फैलिएको इबोलालाई सफलतापूर्वक नियन्त्रण गर्न रुवान्डा सफल भएको थियो । उसलाई यस्तो अवस्थाबाट कसरी बाहिर निस्कने भनेर राम्रोसँग थाहा छ । 

केन्द्रीय स्वास्थ्य सेवा, औषधिहरु आपूर्ति गर्ने ड्रोन र सिमामा थर्मामिटर जाँच सुुरु गरेर रुवान्डा यो संकटबाट बाहिर निस्किने मामिलामा अन्य छिमेकी देशभन्दा अगाडि देखिएको छ । रुवान्डा उप सहारा अफ्रिकामा लकडाउन गर्ने पहिलो देश हो । 

रुवान्डामा आर्थक अवस्था कमजोर भएकालाई घरघरमा खाना पुुर्याइँदैछ । अन्तर्राष्ट्रिय सभा सम्मेलन र प्रदर्शनीका लागि रुवान्डा लोकप्रिय गन्तव्य हो । त्यसैले कोरोनाले यहाँको पर्यटनमा व्यापक असर पारेको अनुुमान लगाउन सकिन्छ । तर, यहाँका मानिसहरु कोरोनाबाट यहाँ कमको मृत्युु हुुने र देशको अर्थतन्त्र पनि चाँडै लयमा फर्कनेमा आशावादी रहेका छन् । 

न्यूजिल्याण्ड
मोस्ट रिजिलिएन्ट इन्डेक्समा न्यूजिल्याण्ड १२ औं स्थानमा रहेको छ । कर्पाेरेट गभर्नेन्स र आपूर्ति प्रणालीमा पनि न्यूजिल्याण्डलाई राम्रो अंक दिइएको छ । भाइरसलाई रोक्न र नियन्त्रण गर्न न्यूजिल्याडले तीव्र गतिमा कदम उठाएको थियो । उसले १९ मार्चदेखि आफ्ना सबै सीमा बन्द गरेको थियो र २५ मार्चदेखि अतिआवश्यक नमानिएका व्यापार व्यवसायमाथि लकडाउन गरेको थियो । 

न्यूजिल्याण्ड एक द्विप भएकाले सीमा बन्द गर्न सहज हुुने भएकाले त्यहाँ संक्रमण भित्रिन सक्ने सम्भावना एकदमै न्यून रहेको छ । त्यसैले कोरोना संक्रमण रोकथामका लागि यहाँका कदम र उपायहरु प्रभावकारी देखिदैछन् । 

विशेषज्ञका अनुुसार अब आउने केही सातासम्म यी उपायहरु जारी रहे न्यूजिल्याण्ड अवस्था सामान्य  हुुने देशहरुको सूचिमा पर्न सक्छ । 
(बीबीसीबाट भावनुवाद)