काठमाण्डौ । आँकडाहरुका अनुुसार बेलायतमा कोरोना संक्रमणको परीक्षणको दर विश्वकै कममध्येमा परेको छ । 

विश्वका अत्यधिक कोरोना संक्रमण देखिएका १७ वटा देशहरुसँग तुुलना गर्दा बेलायत परीक्षण गर्ने सूचिमा १५ औं स्थानमा रहेको छ । बेलायत पेरु र भारतभन्दा मात्रै अघि देखिएको छ । 

बेलायतमा प्रति हजारजनामा ५.५४ जनाको मात्रै परीक्षण गरिदै आइएको छ, जुुन दर बेलायतको जस्तै अवस्था रहेका इटली, जर्मनी र स्पेनभन्दा कयौं गुुणा कम हो । 

अक्सफोर्डले गरेको अनुुसन्धानका अनुुसार यी देशहरुले प्रतिहजार जनामा २० जना भन्दाको परीक्षण गरिरहेको छ । यो सूचिमा आइसल्याण्ड शीर्ष स्थानमा रहेको छ । जहाँ प्रति हजार जनामा १२४.४७ जनाको परीक्षण भइरहेको छ । यो संख्या आइसल्याण्डको प्रत्येक ८ जनामा १ जना हुुन आउँछ । 

विश्व स्वास्थ्य संगठनका अनुुसार यो महामारीलाई नियन्त्रणमा राख्न कोभिड १९ को परीक्षण र पोजेटिभ देखिएका र सम्पर्कमा आएका अन्यलाई आइसोलेसनमा राख्ने कुुरा एकदमै महत्वपूर्ण हुुने गर्दछन् । 

बेलायत सरकारले यतिबेला मेडिकल कामदार र अस्पतालमा भएका मानिसहरुको मात्रै गरिरहेको छ । बेलयातले मे महिनाको १ गतेदेखि प्रतिदिन १ लाख परीक्षण गर्ने लक्ष्य लिएको छ । आँकडाका अनुुसार १२५००० संक्रमित रहेका बेलायतमा प्रतिहजार जनामा ५.५४ जनाको परीक्षण भइरहेको छ, जुुन कुुल जनसंख्याको तुलनामा ०.५ प्रतिशत हो । 

२८ हजार संक्रमित रहेको अर्काे युरोपेली देश स्वीट्जरल्याण्डमा प्रतिहजार जनामा २५.५२ जनाको परीक्षण भइरहेको छ, जुुन कुुल जनसंख्याको २.५ प्रतिशत हो । 

कोरोनाको संक्रमण सबैभन्दा धेरै देखिएका र डाटा उपलब्ध भएका देशहरुमा अमेरिका, स्पेन, इटली, जर्मनी, बेलायत, फ्रान्स, टर्की, रुस, बेल्जियम, क्यानडा, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, पोर्चुुगल, भारत, पेरु, आयरल्याण्ड र स्वीडेन रहेका छन् । 

सूचिको सबैभन्दा पुुछारमा रहेको भारतमा प्रति हजार जनामा जम्मा ०.१७ जनाको परीक्षण भइरहेको छ । जुुन प्रत्येक ६ हजार जनामा १ जना मात्र हुुन आउँछ ।