काठमाण्डौ । भारतका लागि अन्तर्राष्ट्रिय मुुद्धा कोष(आइएमएफका)का मिसन चिस फर इन्डियाले यदि भारतले कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा राख्न सके उसको आर्थिक वृद्धिदरमा फेरि उछाल आउने र सन् २०२१ मा ७ प्रतिशतभन्दा बढि वृद्धि हुुने प्रक्षेपण गरेको छ ।
आइएमएफको भर्चुअल मिटिङको क्रममा सन् २०२१ मार्च ३१ मा समाप्त हुुने आर्थिक वर्षमा भारतको वृद्धिदर १.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । जसले कोरोनाको महामारीका बीचमा पनि चीनसहित भारतलाई विश्वका प्रमुुख अर्थतन्त्र भएका देशको सूचिमा समावेश गर्नेछ ।
आइएमएफले अघिल्लो आर्थिक वर्षमा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले वृद्धि हुुनसक्ने प्रक्षेपण गरेको छ । रानिल साल्गाडोका अनुुसार यो प्रक्ष्पण भारतले चाल्नु पर्ने विभिन्न कदमहरुलाई आधार बनाएर प्रस्तुुत गरिएको हो । यसमा ठूला अनिश्चितता पनि समावेश गरिएको छ ।
“यो सबै महामारीको नियन्त्रण, लकडाउनको अन्त्य र अर्थतन्त्रलाई गति प्रदान गर्न चालिने कदमहरु जस्तै मौद्रिक तथा वित्तीय नीतिमा भर पर्नेछ । यसका साथै भारतले तेलको मूल्यमा आएको गिरावटको पनि फाइदा उठाउन सक्छ ।’’ भारतमा यतिबेला सरकारको मार्च महिनादेखिको विभिन्न प्रयासका बाबजुुद पनि कोरोनाको संक्रमण बढेको बढ्यै छ ।
भारतको स्वास्थ्य मन्त्रालयको आँकडा अनुुसार देशमा संक्रमतिको संख्या १७२६५ भन्दा धेरै पुुगिसकेको छ भने ५४३ भन्दा धरैको मृत्युु भएको छ । त्यस्तै २५४६ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइरसकेका छन् ।
भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता अतिआवश्यक नमानिने व्यापार व्यवसाय र सेवाहरु बन्द रहने गरी मे महिनाको ३ गते सममका लागि लकडाउन जारी रहने घोषणा गरेका थिए ।
भारत सरकारले यसअघि दैनिक ज्यालामा निर्भर रहने र निम्न आय हुने कामदारका लागि २२.५ बिलियन डलरको आर्थिक प्याकेजको घोषणा गरिसकेको छ । साल्गाडोका अनुुसार भारत धेरै नै लचिलो अवस्थामा रहेको छ र उसँग ठूलो मात्रामा बाह्य “बर्फस्” र रिजर्भ भएकाले देशको वित्तीय खर्च गर्ने क्षमतालाई बढाउने सम्भावना रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago