काठमाण्डौ । विश्वको विकसित र तीव्रगतिमा अगाडि बढिरहेको अर्थव्यवस्थाहरुको समूह जी–२० ले अन्तर्राष्ट्रियस्तरमा कोरोनाभाइरससँग लड्नका लागि स्वास्थ्य सुविधाहरुको आवश्यकता पूरा गर्नका लागि अपिल गरेको छ।
न्युज एजेन्सी रोयटर्सका अनुसार जी–२० को अध्यक्ष राष्ट्र साउदी अरबका वित्तमन्त्री मोहम्मद अल जदानले जी–२० समूह अहिले पनि कोरोनाभाइरस महामारीसँग लड्नका लागि अनुमानित ८ अर्ब डलरको फन्डिङ ग्याप पूरा गर्ने कोसिसमा रहेको बताएका छन्। वित्तमन्त्री जदानले ‘एक्सेस टु कोभिड–१९ टुल्स एक्सिलेरेटर’ पहलका क्रममा एउटा वक्तव्य जारी गर्दै भनेका छन्, ‘जी–२० सबै मोर्चामा वैदेशिक सहयोगलाई मजबुत गर्न कोसिस गर्नेछ र सबभन्दा महत्वपूर्ण कुरा कोभिड–१९ को रोकथाममा धनको कमी पूरा गर्न प्रयास जारी राख्नेछ।’
वित्तमन्त्री जदानले अन्तर्राष्ट्रिय समुदाय अहिले पनि यो स्वास्थ्य संकटको गहिराइ र यो कहिलेसम्म रहन्छ भन्ने अनिश्चित रहेको बताए।
यो महिनाको सुरुआतमा साउदी अबरले कोरोनासँग लड्नका लागि गरिएको वैदेशिक प्रयासहरुका लागि ५० करोड डलर सहायता राशि दिने वचन दिएको बताए। उनले साउदी अबरले सबै देश र गैसरकारी संगठन, दातृ निकाय र निजी क्षेत्रको आर्थिक मद्दतबाट यो आर्थिक अन्तरको पूरा गर्न सहयोगको अपिल गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19