काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले अमेरिकाले युरोपेली देशहरुबाट आफ्नो देशमा यात्रामा प्रतिबन्ध लगाएको छ।
राष्ट्रका नाममा बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशबाट अमेरिकाको यात्रामा एकमहिने प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्। ट्रम्पले आफ्नो देशमा नयाँ संक्रमण भित्रिन नदिन युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन्।
अमेरिकाको प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुनेछ।
कोरोनाबाट अमेरिकामा हालसम्म ३८ जनाको ज्यान गइसकेको छ भने ११ जनाभन्दा बढीमा संक्रमण देखिएको छ।
आफ्नो सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाबाट प्रभावित साना व्यवसायलाई सहयोग गर्ने घोषणा पनि गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19