काठमाण्डौ। यतिबेला विश्वभरका मानिसहरु सामान्य जीवनमा फर्किनका लागि कोरोना महामारीको अन्त्य भएको घोषणाको प्रतीक्षा गरिरहेका छन्। तर कोरोना महामारीको उद्गमथलो चीनको वुुहानलाई हेर्दा यस्तो लाग्छ कि सामान्य जीवनमा पुुनः फर्किन धेरै समय लाग्नेछ। 

गत अप्रिल ८ मा वुुहानका अधिकारीहरुले ७६ दिनको लामो लकडाउन अन्त्य गर्दै यातायातमा रहेको प्रतिबन्ध फुुकुुवा गर्ने निर्णय गरे। तर त्यहाँका बासिन्दा र स्थानीय व्यापारीले सहरलाई पुुनः सुुचारु गर्ने काम वास्तवमै सुुस्त हुुने अनुभव गरेका छन्। 

वुुहानमा लागू गरिएका कडा लकडाउनको नियमहरुलाई फुुकुुवा गरिए पनि अधिकांश स्टोर र रेस्टुुराँ अझै बन्द छन्। मानिसहरु घरबाहिर निस्किँदा अझै पनि सुुरक्षाका उपकरणहरु प्रयोग गरिरहेका छन्। एक–अर्काको सम्पर्कमा आउनबाट बचिरहेका छन्। 

सरकारी अधिकारीहरुले जारी गरेको विज्ञप्तिभन्दा वुहानको धरातलीय अवस्था बिल्कुुलै फरक छ। अप्रिल ८ को प्रेस सम्मेलनमा महामारी नियन्त्रक अधिकारी लुुओ पिङले सहरका केही क्षेत्रहरु सतप्रतिशत पुुनः सुुचारु भइसकेको दाबी गरे। अप्रिल २५ मा भएको छलफलका क्रममा वुुहान सरकारले महामारी र आर्थिक वृद्धि दुुवैमा दोहोरो विजय हासिल प्राप्त गर्ने प्रतिबद्धता जाहेर गरेको थियो। तर चिनियाँ सरकारबाट नियन्त्रित मिडियाका अनुुसार सहरलाई सतप्रतिशत रुपमा पहिल्यैका अवस्थामा फर्काउने योजनाहरु धेरै नै आशावादी हुुन सक्ने बताएका छन्। 

सीएनएनले वुुहानमा भर्खरै गरेको भ्रमणका क्रममा त्यहाँका व्यापारीहरुले आफूहरु शून्य मुुनाफा र महँगो भाडासँग जुुधिरहेको बताएका थिए। विज्ञहरुले पनि सहरको आर्थिक अवस्थामा सुुधार आउन अझै महिनौँ लाग्न सक्ने बताएका छन्। ‘छोटो अवधिका पक्कै पनि सुुधार हुुनेछ। सर्वप्रथम उत्पादन सुुचारु हुुनेछ र त्यसपछि उपभोग किनकि अझै पनि अधिकांश मानिसहरु खुुलेर बाहिर निस्कन सकिरहेका छैनन्। तर दीर्घकालीन दृष्टिकोणबाट अर्थात तीन वर्ष अवधिलाई लिएर हेर्दा भाइरसले वुुहानको अर्थतन्त्रलाई लामो समयसम्म पिरोलिरहने छ’ म्याकुुरेन क्यापिटल लिमिटेडमा अर्थशास्त्रीका रुपमा कार्यरत ल्यारी हुुले भने। 

पुुनः उत्थानका लागि संघर्ष

वुुहान १ करोड १० लाख जनसंख्या भएको महानगर हो। यो सहर अमेरिकाको अधिकांस सहरहरुभन्दा ठूलो छ। तर अझै पनि यो सहरलाई चिनियाँ भूमिमा दोस्रोस्तरको सहरका रुपमा लिइन्छ। 

हुुवेई प्रान्तको राजधानीका रुपमा रहेको यो सहर देशभरकै उत्पादन र यातायातको हबका रुपमा रहेको छ। वुुहानमा सर्वप्रथम वास्तविक प्रकोप गत वर्ष मध्य डिसेम्बरमा देखिएको थियो। प्रकोपले उग्ररुप लिन थालेपछि संक्रमणको फैलावट रोक्न गत जनवरी २३ देखि बाँकी चीनसँग जोडिने सहरका सबै नाकाहरु बन्द गरिएका थिए। 

यसरी रातारात लाखौँ जीवन रोकिएको थियो। सहरका केही भागहरुमा मानिसलाई घरमै सीमित पारिएको थियो। जसका कारण उनीहरु घरबाहिर निस्कन असर्मथ भए र आधारभूत आवश्यकताहरुका लागि डेलिभरी सेवाहरुमा निर्भर भएका थिए। 

लकडाउन खुुलेसँगै स्थानीय सरकार चाँडोभन्दा चाँडो व्यापार व्यवसायलाई सामान्य बनाउन आतुुर रहेको छ। यसका लागि केन्द्र सरकारले प्रान्त सरकारहरुलाई अर्थतन्त्र उकास्न सहयोग गर्न दबाब दिइरहेको छ। तर आशावादी प्रयासहरुका बाबजुुद पनि हुुवेई प्रान्तको अर्थतन्त्रलाई रिकभर हुुन अझै लामो समय लाग्न सक्ने संकेतहरु देखिएका छन्। 

एस एन्ड पी ग्लोबल रेटिङका प्रमुुख अर्थशास्त्री सान रोचेका अनुुसार वुुहानको द्रुतगति बाँकी विश्वका लागि पाठ हो। उनले सुुरुआती कदमहरु खर्चिला भए पनि त्यसले पुुन सुुचारु हुुने मामिलामा भने तीव्रता प्रदान गर्ने बताए। “तर साना र मध्यम व्यापारव्यवासायलाई भने लकडाउनले समान प्रभाव पार्ने गर्दैन। यी व्यवसायहरुको कर्जामा पहँुुच एकदमै कम हुुने भएकाले यिनीहरुलाई पुुनः सञ्चालन हुुन र आवश्यकता परिपूर्ति गर्न संघर्ष गर्नुुपर्ने हुुन सक्छ”, उनले भने। 

सरकारी न्युुज एनेन्सी सिन्ह्वाका अनुुसार यो वर्ष हुुवेई प्रान्तको जीडीपीमा पहिलो त्रैमासमा ४० प्रतिशतको संकुुचन आएको छ। त्यस्तै मार्च महिनामा मात्रै खुुद्रा व्यापारमा १५ प्रतिशतभन्दा धेरै गिरावट आएको छ। – एजेन्सी