काठमाण्डौ । कोरोना महामारीले विश्वका श्रमिकहरुलाई आउँदा दिन पनि दैनिक गुजाराका लागि निकै समस्या हुने भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठनले कोभिड १९ महामारीका कारण विश्वभरिमा करिब आधा कामदारहरुको रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ। आईएलओले भन्यो, ‘विश्वभरिमा असंठित क्षेत्रका १.६ अर्ब श्रमिकका सामुु रोजगारी गुुमाउने संकट खडा भएको छ। यो संख्या विश्वमा रहेका कुल श्रमिकमध्ये आधा हो।’
आईएलओले कोरोनाले ४३ करोडभन्दा धेरै उद्यम नराम्रोसँग प्रभावित छ। जसमा खुुद्रा र उत्पादनशील क्षेत्र पनि सामेल भएको दाबी गरेको छ।
हिजो बुुधबार प्रकाशित आईएलओ मनिटरको तेस्रो संस्करण ‘कोभिड १९ र कामको दुनियाँ’ मा भनिएको छ कि विश्वस्तरमा करिब ३.३ अर्ब श्रमिक छन्। करिब दुुई अर्ब नोकरी असंगठित अर्थव्यवस्था क्षेत्रमा छ र यो नोकरी जाने सबैभन्दा धेरै खतरा छ।
आइएलओका महानिर्देशक गाय रेडरले महामारी र नोकरी संकटका कारण यी श्रमिकहरुको आजीविका सुुरक्षित गर्न जरुरी भइसकेको बताएका छन्। ‘लाखौं श्रमिकका लागि कमाई नहुुनुुको अर्थ भोजनको बाटो बन्द हुुुुनुु हो र उनीहरुको भविष्य डुुब्नेछ’, उनले भने।
न्युज एजेन्सी पीटीआईका अनुुसार आईएलओले कोभिड १९ महामारीका कारण आर्थिक गिरावट भई असंगठित क्षेत्रमा १.६ अर्ब मानिस आजीविकाको संकट खडा भएको जनाएको छ। महत्वपूूर्ण कुरा कोरोना महामारीका कारण विश्वका करिब एक तिहाइ देशहरुमा लकडाउन छ र धेरै देशमा अर्थतन्त्र ठप्पप्रायः छ।
आईएलओका अनुुसार बन्द र धेरै प्रभावित क्षेत्रमा काम गर्ने यस्ता श्रमिकहरुको आम्दानी बन्दको पहिलो महिनामा विश्वव्यापी स्तर ६० प्रतिशत गिरावट भइसकेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago