काठमाण्डौ । तपाईले उनको नाम केही साताअघिसम्म नसुुनेको पनि हुुनसक्छ, या त अहिलेसम्म पनि नसुुनेको हुुन सक्छ । लकडाउनको बेला उनको माध्यमबाट तपाइले आफ्ना मित्रजनहरुसँग पनि कुुराकानी गरेको हुुनसक्छ ।
भिडियो कन्फरेन्सिङ एप जुुमका फाउन्डर एरिक युुआन आफ्नो जिन्दगीमा पहिलोपटक फोब्र्स म्यागेजिनको अरबपतिको सूचिमा समावेश भएका छन् । फोब्स म्यागेजिनले उनको सम्पति ७.८ अर्ब डलर भएको जनाएको छ ।
माइनिङ इञ्जिनियरिङका छोरा एरिक युुआनको जन्म चीनको शानडोङ प्रान्तमा भएको थियो । उनको यो सफलताको यात्रा भने त्यति सजिलो रहेको छैन । एरिक पहिल्यैदेखि बिल गेट्सबाट प्रभावित भएका थिए । उनी विश्वको सबैभन्दा धनी देशमा पुुग्न चाहन्थे । नब्बेको दशकमा उनी क्यालिफोर्नियामा फस्टाइरहेको टेक्नोलोजी कम्पनीहरुको लहरमा समावेश हुुन चाहन्थे । अमेरिकामा बस्ने र काम गर्ने अनुुमति प्राप्त गर्नुु भन्दा पहिले उनको भिसा आठपटक रद्ध भएको थियो । तर तमाम चुुनौतिका बाबजुुद पनि उनी सन् १९९७ मा २७ वर्षको उमेरमा नयाँ जिन्दगी सुुरु गर्न सिलीकन भ्याली पुुगेका थिए । उनको अंग्रेजी अवश्य पनि कमजोर थियो, तर आफ्नो प्रतिभालाई उजागर गर्नका लागि उपयुुक्त ठाउँको खोजीका लागि उनलाई धेरै समय पर्खनुु परेन ।
टेक्नोलोजी कम्पनी वेकएक्समा एक प्रोग्रामरको रुपमा उनको यात्रा सुुरु भएको थियो । एक दशकपछि वेकएक्सलाई अर्काे ठूलो कम्पनी सिस्को सिस्टमले किनेको थियो । यो नयाँ कम्पनीमा एरिक इञ्जिनियरिङ विभागको प्रमुुख भएका थिए । सन् पनि २०११ मा उनले सिस्को सिस्टमका अधिकारीहरुलाई एउटा यस्तो भिडियो कन्फेरेन्सीङ एप विकास गर्ने आइडिया दिए जसलाई डेक्सटप र ट्याब्लेटमा मात्रै होइन कि मोबाइल फोनमा पनिमा एक्सेस गर्न सकिन्थ्यो । सिस्कोमा यो आइडियालाई खारेज गरिएको थियो । तर, एरिक रोकिएनन् ।
उनले आफ्नो व्यापार “जुुम” सुुरु गर्नका लागि कम्पनीबाट राजीनामा दिएका थिए । अनलाइन पब्लिसिङ प्लेटफर्म “मिडियम”लाई अन्तर्वार्ता दिंदै एरिकले भने, “जब मैलै पहिलोपटक जुुम एपको बारेमा सोचेको थिएँ, म त्यतिबेला चीनको युुनिर्भसिटीमा विद्यार्थी थिएँ । मलाई आफ्नी गर्लफ्रेन्डसँग भेट्न अक्सर दश घण्टाको ट्रेनको यात्रा गर्नुुपथ्र्यो । अहिले उनी जीवनसंगिनी छिन् । मलाई त्यसरी यात्रा गर्न विल्कुुलै मन पर्दैनथ्यो । म कुुनै यात्राबिना नै गर्लफ्रेन्डलाई कसरी भेट्न सकिन्छ भनेर सोचिरहने गर्दथे । यी तिनै सपनाहरु थिए जसमा जुुमको जग गाडिएको छ ।”
तर उनलाई आफ्नो प्रोजेक्टका लागि रकम जुुटाउने काम त्यति सजिलो भने थिएन । सिस्को परित्याग गरेपछि उनी त्यस्तो लगानीकर्ता खोज्न थाले, जसलाई उनको प्रोजेक्टप्रति विश्वास होस्, जुुन एकदमै चुुनौतिले भरिएको थियो । उनलाई लगानीकर्ताहरुले यस्तो कन्सेप्ट पुुरानो भइसकेको र यो क्षेत्रमा नयाँ खेलाडीको आवश्यकता नरहेको भन्दै नकारेका थिए ।
फाइनान्सियल टाइम्सका अनुुसार उनले आफ्नो प्रोजेक्टका लागि आफ्ना साथीसंगी र परिवारका सदस्यहरुबाट ऋण लिएका थिए । एरिकले फाइनान्सिङ टाइम्सलाइ भने, “यदि तपाई कुुनै व्यापार गर्दै हुुन्छ भने टाइमिङ एकदमै महत्वपूर्ण हुुने गर्दछ । स्मार्टफोन र क्लाउड स्टोरेज कम्पनीहरुको विस्तारले जुुम जस्ता प्रोडक्टहरुलाई अनुुकुुल परिस्थितिहरुको सिर्जना गरिदिएका थिए । फोब्स म्यागेजिन संगको अन्तवार्तामा एरिकले भने,“मेरो प्रोजेक्टलाई लिएर मेरी पत्नी पनि सिवश्वस्त थिइनन मेलै उनलाई उनमा आत्मविश्वास बढाउन यो लामो र कठिनाइले भरिएको क्षण हुुन सक्ने बताएको थिए । मलाई यसको अन्दाजा छ । तर यदि मैले प्रयास गरेन भने मलाई यसको पछुुतो रहनेछ ।”
यसरी आफ्नी प्रेमिकालाई भेट्न गरिएको लामो यात्राले यस्तो प्लेटफर्म तयार गर्ने बाटो बनाइदियो, जहाँ अहिले लामो दुुरीको बिजनेस मिटीङलाई मोबाइल र कम्प्युुटरको स्क्रिनबाट सञ्चालन गरिदैछ ।
गत वर्ष नास्डेकमा सूचिबद्ध हुुनुभन्दा पहिलेसम्म जुुमको कारोबार बढिरहेको थियो । नास्डेकमा जुुमको लिस्टिङ सफल भइरहेको थियो । क्लाउड सफ्टवेयर श्रेणीमा जुुम सबैभन्दा राम्रो प्रदर्शन गर्ने कम्पनीमध्ये एक भएको थियो । सेप्टेम्बर महिनामा जब यो क्षेत्र संर्घष गरिरहेको थियो त्यति बेला पनि जुुमको अवस्था राम्रै थियो । डिसेम्बर महिनासम्म सबै कुुरा राम्रै चलिरहेको थियो । त्सपछि सबै कुुरा अप्रत्यासित रुपमा बदलिन थाल्यो । विश्वमा कोरोनाभाइरसको महामारीले उग्र रुप लिन थाल्यो । जब विश्वभरका वित्तिय बजार ओरालो यात्रा गरिरहेका थिए त्यतिबेला जुुमको सेयरमूल्य उकालो लागिरहेको थियो । डिसेम्बरसम्म जुुममा दैनिक रुपमा एककरोड प्रयोगकर्ता आउने गर्दथे । मार्च महिनामा यो संख्या बढेर २० करोड पुुगेको थियो । कम्पनीको आँकडा अनुुसार अप्रिल महिनासम्म आइपुुग्दा यो संख्या बढेर ३० करोड पुुगेको छ ।
पछिल्लो तीन महिनाको अवधिमा एरिक युुआनको सम्पत्ति चार अर्ब डलर बढेको अनुुमान लगाइएको छ । विश्वभर लकडाउन जारी रहेकाले मानिसहरु एक अर्कासँग कुुराकानी गर्न यो प्लेटफर्मको प्रयोग गरिरहेका छन् ।
लकडाउनको बेला विजनेस मिटिङ र अन्य उद्देश्यका लागि एक अर्कासंग कुराकानी गर्न माइक्रोसफ्ट स्काइप र अन्य गुुगल ह्यांग अकाउन्ट जस्ता दिग्गज खेलाडीहरु पहिलेदेखि नै बजारमा उपस्थित थिए । तर यि सबै हुँुदा पनि जुुमले एकदमै राम्रो प्रदर्शन गरेको छ । टेक्नोलोजी क्षेत्रका जानकारका अनुुसार जुुमले यो सफलता हासिल गर्नुुको पछाडि यो एप प्रयोग गर्न हुुने सहजता नै हो । यसमा प्रयोगकर्तालाई रजिस्टर गर्न आवश्यक पर्दैन । एउटा कल कन्फ्रेन्समा ४० मिनेटसम्म १०० जना मानिसहरु एकसाथ जोडिन सक्छन् , यो सबै निशुुल्क हुुने गर्दछ । तर यसको प्रयोग गर्ने सहजताले डेटाको सुुरक्षा र गोपनीयतामाथि संकट पैदा गरेको छ ।
(बीबीसीबाट भावनुवाद)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago