काठमाण्डौ । अमेरिकी सरकारले विश्व महामारी कोरोनाभाइरससम्बन्धी राहात प्याकेजका कारण बजेट निकै बढेका कारण दोस्रो त्रैमासमा ३० खर्ब डलर कर्जा लिनुपर्ने अवस्था जनाएको छ। योसँगै अमेरिकी सरकारको ऋण रकम २५० खर्ब पुगेको छ।

दोस्रो त्रैमासमा लिन लागिएको कर्जा रकम यसअघि कुनै पनि त्रैमासमा लिइएको कर्जा रकमभन्दा पाँचगुणा बढी रहेको छ। यसअघि अमेरिका सरकारले सन् २००८ मा आएको वित्तीय संकटका क्रममा सबैभन्दा धेरै कर्जा लिएको थियो। 

सन् २०१९ मा अमेरिकाले १२.८ खर्ब डलर कर्जा लिइसकेको छ।

स्वास्थ्य सेवा तथा राहात गतिविधिका लागि अमेरिका सरकारले ३० खर्ब डलरको राहात प्याकेज मन्जुरी दिइसकेको छ। यो राहात प्याकजे देशको अर्थव्यवस्थाको १४ प्रतिशतसम्म रहेको अनुमान गरिएको छ। 

अमेरिका सरकारले कोरोना महामारीका क्रममा ट्याक्स भुक्तानको अवधि गत अप्रिल १५ बाट थपेको छ। जसका कारण पनि सरकारमाथि अतिरिक्त बोझ थपिएको विश्लेषकहरु बताउँछन्। 

अमेरिकालाई यो संकटसँग लड्नका लागि अब अनुमानअनुसार ३० खर्ब डलर आवश्यक पर्छ। जुन सरकारको पछिल्लो अनुमानको तुलनामा निकै धेरै हो। 

त्यसो त केही रिपब्लिकन पार्टीका नेताहरुले अतिरिक्त खर्चलाई ध्यानमा राखेर अमेरिकाको कुल ऋण पर्ने बोझप्रति चिन्ता जाहेर गरेका छन्। सरकारी बोन्ड बेचेर अमेरिका यो कर्जा उठाउने उठाउने तयारीमा छ। 

कोरोना संकटकै कारण अमेरिकामा यसअघि नै कर्जाको दर निकै बढेको छ। केही अर्थशास्त्रीहरुले कर्जाको दर बढ्दै जानु भविष्यमा विकासका लागि बाधक बन्न सक्ने भन्दै चिन्ता जनाएका छन्। उनीहरुले आजभन्दा खर्च बढी भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। 

अमेरिकी संसदको बजेट कार्यालयले पछिल्लो महिनो अनुमान लगाएको कि राज्यकोषको घाटा यो वर्ष ३७ खर्बसम्म पुग्नेछ। 

अमेरिकाको केन्द्रीय बैंकका अध्यक्ष जेरोमे पावेलले अर्थव्यवस्था सम्हाल्नका लागि यतिबेला खर्च गर्न आवश्यक रहेको बताए। ‘किनकि लकडाउनका कारण ३ करोड मानिसको जागिर खोसिएको छ’, उनले भने, ‘अर्थव्यवस्था सम्हाल्नेर ट्रयाकमा ल्याउन सरकारकातर्फबाट अधिक मद्दत आवश्यक पर्छ।’

अमेरिकाले प्राप्त गर्ने कर्जामा बाहिरी देशका लगानीको हिस्सा पनि रहेको छ। जसमा चीन र ब्रिटेन सबैभन्दा अगाडि छन्। 

अमेरिका र चीनबीच बढ्दो तनावले हालका केही वर्षमा अ‍ेमरिकाको कर्जा लिने स्थिति प्रभावित भइरहेको छ। 

वासिङ्टन पोस्टका अनुसार गत साता ट्रम्प प्रशासनका अधिकारीहरुले चीनबाट प्राप्त हुने कर्जा रद्द गर्ने बताएका छन्। राष्ट्रपति ट्रम्प भने यसमा सहमत छैनन्। उनले भनेका छन्, ‘तपाइँ यसको सुरुआत त गर्नुहुन्छ तर समस्या धेरै छन्।’

प्रिन्सटन युनिभर्सिटीका अर्थशास्त्र प्रोफेसर एलन ब्लाइन्डरका अनुसार लगातार कम ब्याजदर हुनुका कारणले लगानीकर्ताहरु अमेरिकालाई कर्जा दिन इच्छुक देखिएका छन्। ‘सबै कुरा ठिक थियो भने अमेरिका कति कर्जा लिन सक्थ्यो, लगानीकर्ता पनि अमेरिकालाई कर्जा दिने विषयमा कुनै जोखिम महसुस गर्दैन थे’, उनले भने, ‘तर अहिले परिस्थिति निकै फरक छ।’ – बीबीसीबाट भावानुवादित